कर्मचारीको सिंहदरबार मोह

https://www.annapurnapost.com/story/467928/
 

कर्मचारीको सिंहदरबार मोह

कर्मचारीको सिंहदरबार मोह
सुन्नुहोस्
116Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं बाहिर गएर काम गर्ने कर्मचारीहरू कि उनीहरूको पहुँच कमजोर भएकाले काठमाडौं आउन सकेका छैनन कि त उनीहरूको घरपायकमै छन्। हाम्रो कमजोर प्रणाली भएको कारणले काठमाडौं– तराई– हिमाल पहाडमा सरुवा रोटेसन हुन सकेको छैन।

सिंहदरबार, देशको प्रमुख प्रशासनिक केन्द्र । जहाँ सबैजसो संघीय मन्त्रालय तथा विभागलगायतका कार्यालय छन् । विकासका गुरुयोजना, नीति निर्माण सिंहदरबारभित्र नै हुने गर्छन् । प्रदेश वा स्थानीय तहबाट आएका योजना आवश्यक अध्ययन गरी छनोट गर्ने, बजेटमा समावेश गर्ने, नागरिक हितका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक निर्देशन वा यस्ता धेरै काम हुन्छन् ।

देशको प्रमुख प्रशासनिक केन्द्र भएकोले पनि सिंहदरबारमा कर्मचारीको मोह नहुने कुरै भएन । सिंहदरबारमा रहने कर्मचारी पहुँच राजनीतिक नेतृत्वदेखि उच्च प्रशासनिक नेतृत्वसँग हुन्छ । वृत्ति विकासदेखि हरेक अवसरमा उनीहरूकै पहुँच हुन्छ । कतिपयले वैकल्पिक पेसा व्यवसाय पनि अपनाएको पाइन्छ । सिंहदरबारमा कार्यरत धेरै कर्मचारीहरू सेयरको कारोबार गर्छन् । यही भएर हालै सरकारले कार्यालय समयमा कर्मचारीले सेयर कारोबार गर्न प्रतिबन्ध लगाएको छ । तर अहिले पनि यो प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयनमा छैन । थोरै तलब भएका कारण जीवन यापनका लागि बाध्यता सेयर कारोबार गर्नु परेको कतिपय कर्मचारीको गुनासो गर्छन् । तर त्यो तर्कमा खासै दम छैन ।

अर्कोतिर सिंहदरबारमा बस्दा काम कम हुने भएका कारण कतिपय लोकसेवा तयारी गर्न सजिलो हुन्छ । उच्च शिक्षा हासिल गर्न सहज हुन्छ । सिंहदरबारभित्र काम गर्ने धेरै कर्मचारी लोकसेवाकै तयारीमा व्यस्त देखिन्छ । वृत्ति विकासका लागि लोकसेवा आयोगको तयारी कक्षाहरू काठमाडौं बाहेक अन्यत्र सञ्चालन भएको कमै पाइन्छ । लोकसेवा आयोगको तयारीका लागि सिंहदरबारको वातावरण मलिलो छ । पढ्नेमात्रै होइन लोकसेवा पढाउन कर्मचारी पनि सिंहदरबारमा त्यतिकै छन् । 

कतिपयले लोकसेवाको तयारी कक्षा नै सञ्चालन गर्छन् । सिंहदरबारबाट भच्र्युअल रूपमा पनि तयारी कक्षाहरू चलाउँछन् । कतिपय सचिवहरू अनलाइनबाट तयारी कक्षाहरूमा पढाउँछन् ।लोकसेवाका तयारी कक्षामा पढाउन जाने शाखा अधिकृतदेखि सहसचिवसम्मका छन् । कतिपय व्यापार व्यवसाय गर्छन् । अर्कोतिर काठमाडौं बाहिर जाँदा दुःख हुन्छ । दबाबमा काम गर्नुपर्ने हुन सक्छ । अख्तियारको फन्दामा कतिखेर परिन्छ भन्ने टुंगो हुँदैन । त्यही भएर सिंहदरबार नै बस्न मन पराउँछन् । 

काठमाडौं बाहिर गएर काम गर्ने कर्मचारीहरू कि उनीहरूको पहुँच कमजोर भएकाले काठमाडौं आउन सकेका छैनन कि त उनीहरूको घरपायकमै छन् । हाम्रो कमजोर प्रणाली भएको कारणले काठमाडौं– तराई– हिमाल पहाडमा सरुवा रोटेसन हुन सकेको छैन । पहुँचका आधारमा दुर्गम स्थानमा पदस्थापन वा सरुवा गर्दा पनि जान्न भन्न पाइने अवस्था रहेको छ । कतिपय कर्मचारी वर्षौंवर्षसम्म सिंहदरबारमा नै छन् । शक्ति केन्द्रहरूको पहुँच हुँदा कोही कर्मचारी सिंहदरबारभित्रैका निकायमै पनि एक वर्षमा ३।४ पटक सरुवा भएको देख्न सकिन्छ । कर्मचारीहरूको पारि श्रमिक कम रहेको हुँदा कर्मचारीहरू आफ्नो परिवारसँगै बस्न चाहन्छन् । तसर्थ काठमाडौं केन्द्रित भई बसेकाका लागि बाहिरको जागिर त्यति रुचिकर रहँदैन । सिंहदरवारमा मोहभन्दा पछि तर सुरक्षा रहेको कर्मचारीको बताउँछन् । संघीयताको जति नै गफ गरे पनि शिक्षा, स्वास्थ्य, वृत्ति विकासदेखि हरेक अवसरमा काठमाडौंमा केन्द्रित छ । संघीयताको पूर्ण कार्यान्वयन नहुँदा पनि कर्मचारीको सिंहदरबार मोह बढेको हो । 

सिंहदरबारमा बस्न खोज्नाका कारण : सिंहदरबारमा रहेका मन्त्रालय वा निकायमा जागिर खाँदा त्यहाँ हस्ताक्षर गरेको विषयले जागिर जाने सम्भावना न्यून हुन्छ । जोखिम युक्त काम गर्नु पर्दैन । सबै अवसर र पहुँच पनि हुन्छ । सीमित काम गरेर पनि जागिर खान पाइन्छ । दुर्गममा गई काम गर्नेहरूका लागि थप प्रोत्साहन नहुँदा किन बाहिर जाने भन्ने आम कर्मचारीहरूको प्रश्न गर्छन् । विगत वर्षसम्म शाखा अधिकृतबाट उपसचिवमा र उपसचिवबाट सहसचिवमा १०।११ वर्षमै भौगोलिक क्षेत्रमा काम गरेबापतको १६ नं प्राप्त गरेपछि बढुवा हुने अवस्था रहेको थियो । तर अब बढुवा ढिला हुन थाल्यो अब १३।१४ वर्ष नभई बढुवा हुँदैन । यदि कुनै कर्मचारी १२ वर्ष ८ महिना काठमाडौंमै बसेर नोकरी गर्छ भने पनि उसको १६ नं प्याक हुन्छ । अब भूगोलको नं लिन किन दुर्गम स्थानमा जाने ? त्यही भएर कर्मचारीको सिंहदरबार मोह बढी छ । 

छोराछोरीको गुणस्तरीय शिक्षाको लागि पनि धेरै कर्मचारीहरू काठमाडौंमै बस्न चाहन्छन् । स्वास्थ्य उपचारको व्यवस्था पनि काठमाडौं जत्तिको राम्रो अन्य स्थानमा छैन । स्वास्थ्य शिक्षाको कारणले सिंहदरबामा कर्मचारीको आकर्षण रहेको देखिन्छ । सिंहदरबारमा जागिर खाँदा विभिन्न तहका कर्मचारीहरूको राम्रो नेटवर्क बन्दछ । राजनीतिमा आस्थावान् कर्मचारीहरू त सिंहदरबारबाहेक अन्यत्र जानै चाहदैनन् । अध्ययन, तालिम, गोष्ठी, सेमिनारको लागि विदेश जान पनि सिंहदरबार रहँदा जति अन्य स्थानमा हुँदैन । 

सिंहदरबार मोह हटाउनको कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । सचिवबाहेकका कर्मचारी सिंहदरबारमा दुई वर्षभन्दा बढी राख्नु हँुदैन । त्यसको मतलव सरुवा गरेको गरै पनि गर्ने होइन । कर्मचारीको अनिवार्र्य रूपमा दुई वर्षमा सरुवा गर्ने व्यवस्था गर्नुपर्छ । वृत्ति विकासको हकमा समानुपातिक वितरण हुनुपर्छ । सिंहदरबार वा काठमाडौंलगायतका सुगम स्थानमा रहेका कर्मचारीलाई मात्रै अवसर प्रदान गर्ने काम रोकिनु पर्छ । बरु दुर्गम र विकट क्षेत्रमा खटिने कर्मचारीलाई वृत्ति विकासमा प्राथमिकता दिनु पर्छ । अध्ययन, तालिमदेखि बढुवासम्ममा दुर्गम र विकटमा खटिने कर्मचारीलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । 

सिंहदरबारमा कर्मचारीको अनावश्यक दरबन्दी छ । अधिकांश कर्मचारी कामविहीन जस्तै छन् । अनावश्यक दरबन्दी कटौती गरेर आवश्यक ठाउँमा कर्मचारी खटाउनु पर्छ । सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरू कर्मचारीको अभाव छ । त्यस्ता कार्यालय दरबन्दी थपेर सिंहदरबारलगायतका अनावश्यक ठाउँका दरबन्दी घटाउनुको विकल्प छैन । लोकसेवा तयारी कक्षा पढाउन, व्यापारदेखि सेयर कारोबार गर्न कर्मचारीलाई कार्यालय समय पूर्णरूपमा प्रतिबन्ध लगाउनु पर्छ । भ्रष्टाचार, अनियमितता गर्ने कडाभन्दा कडा कारवाही गर्नुपर्छ । कर्मचारी तलबमान र बढुवामा अंक पनि दुर्गमबाट सुगम हुँदै काठमाडौं, सिंहदरबारको खटिनेहरूको क्रमशः घटाउँदै लैजानुपर्छ । अख्तियारको धङधङ्गी देखाएर पनि कर्मचारी सिंहदरबारमा बस्न चाहन्छन् । त्यो धङधङ्गीबाट कर्मचारी मुक्त गराउनु पर्छ ।

Post a Comment

0 Comments