बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा


युथ सेलिब्रेसनको सन्देश : सरकार होइन, मिसन २०८४

युथ सेलिब्रेसनको सन्देश : सरकार होइन, मिसन २०८४
लोकतन्त्र दिवसका अवसरमा नेकपा एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी नेता तथा कार्यकर्ता। तस्बिर : अशोक दुलाल।
296Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले लोकतन्त्र दिवसका अवसरमा युथ सेलिब्रेसन गरेको छ। लोकतन्त्र आएको १९ वर्ष भएको छ। एमाले लोकतन्त्रको दिवसलाई उत्सवका रूपमा मनाएको छ। पछिल्लो समय पुनर्उत्थानवादीहरू सलबलाउन थालेपछि लोकतन्त्रको रक्षाका लागि एमाले युवाहरू सडकमा उतारेर उत्सव मनाएको हो। उसले युथ सेलिब्रेसनमार्फत सरकार बचाउनतिर नभई मिसन २०८४ मा ध्यान केन्द्रित गर्ने सन्देश दिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाऊ, सरकार बचाऊ भन्दै नहिँडेको बताए। उनले नेता–कार्यकर्ताले मिसन २०८४ मा ध्यान केन्द्रित गर्न निर्देशन गरे।

एमाले अध्यक्ष ओलीले नेता कार्यकर्तालाई सरकारको बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताए। ‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ। त्यसैकारण एमाले सरकार बनाउ, सरकार बचाउ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ। हामीले २०७० को चुनाव भन्यौ, २०७४ को चुनाव भन्यौ, २०७९ को चुनाव भन्यौ र २०८४ को चुनाव भनिराखेका छौं, मिसन ०८४ भनेका छौं।’ उनले अरूतिर ध्यान केन्द्रित नगरी मिसन ८४ मा लाग्न पनि निर्देशन गरे। ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन, ०८४ मा लाग्नुस्। सरकार चलाउने, सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने, जे गर्नुपर्छ यहाँ, अहिले संसदको बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउन सकेसम्मका प्रयासहरू एमालेले गर्ने छ। त्यसकारण यस कुरामा चिन्ता नगर्नुस्। मिसन, ०८४ मा ध्यान दिनुस्।’ उनले भने, ‘मिसन, ०८४ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने मिसन हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्वहरू एमालेविरूद्ध लागको बताए। उनले भने, ‘यतिकै होइन, हाम्रो राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो संघर्षका कारणले। अर्को जनपक्षीयताको कारणले लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले। विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभित भएका छन्। दिनैपिच्छे अनेक प्रकार भ्रम फिजाउन खोजिरहेका छन्।’ 

उनले लोकतन्त्रमा सरकारको आयुको विषय ठूलो नभएको बताए। ‘हरेक कुरामा, हरेक दिन सरकार जान्छ, सरकार जान्छ... भनेर भन्न थालेका छन्। लोकतन्त्रमा लामो सरकार पाँच वर्षका लागि बन्छ।’ उनले भने, ‘अनि यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि ५० वर्षका लागि कसैको वंशको शासन हुन्छ, सय वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेको जस्तो स्थिरता हामीले भनेको स्थिरता लोकतान्त्रिक स्थिरता हो, गतिशीलताको स्थिरता हो, जनताको अभिमतसहितको स्थिरता हो।’

उनले वर्तमान सरकार एमाले र कांग्रेसको एउटा संकल्पसहित बनेको बताए। ‘यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो। यसले त्यही स्थिरता र स्थायित्व दिन्छ र त्यही दिएर अगाडि बढिरहेको छ।’ उनले भने।

अध्यक्ष ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरूले संकल्प र तागत देखाउनुपर्ने बताए। उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने संकल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए। ‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्। महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन्। ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ,’ उनले भने, ‘वैैशाख ११ गते निरंकुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो। यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ। निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको थियो। हामीले अनेक कठिनाइ झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको हो। सामन्ती व्यवस्थालाई पुनः फर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने जस्ता जंगली र राक्षसी प्रकृति गलत हो। यस्ता कार्य सह्य हुँदैन।’

उनले अघिल्लो ३० वर्ष र पछिल्लो ३० वर्षको विकासको तुलनात्मक गर्न पनि आग्रह गरे। उनले लोकतन्त्रमा देशको विकास भएको बताए।

‘लोकतन्त्रमा मात्रै देश समृद्धितर्फ अगाडि बढ्न सक्छ भन्ने कुरा विगत ३० वर्षको इतिहासले नै देखाएको छ, ३० वर्ष अगाडि कस्तो अवस्थामा थियो भनेर। ३० वर्षयता विकासले देशव्यापी रूपमा कुन गति लिएको छ, उनले भने, ‘पूर्वाधारका क्षेत्र होऊन् कि अरू क्षेत्र होउन्, स्वास्थ्य अथवा सामाजिक क्षेत्रमा जनतालाई माया गर्ने प्रणाली कुन रहेछ भन्ने कुरा, कसले गर्दो रहेछ भन्ने कुरा, हामीले ज्येष्ठ नागरिक भत्तादेखि सडकका बालबालिकाको व्यवस्था गर्नेदेखि, सडक मानवको व्यवस्था गर्नेदेखि भीखमंगाहरू रहन नपाउने, भीखमंगा कोही हुनु पर्दैन, कसैले रहरले गलत ढंगले भीखमंगा हुन खोज्छ भने त्यस्ता कुराहरूलाई अस्वीकार गर्ने ती कामहरू हामीले गरेका छौं।’

प्रधानमन्त्री ओली युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै यसमा सचेत हुनुपर्ने बताए। ‘देश बन्छ, त्यसबाट समृद्धितर्फ देश जान्छ, त्यसबाट राष्ट्रिय एकता बन्छ। त्यसकारण हामी अनेक प्रकारका विविधताहरूको एकता खोज्छौं र समानतामा एकता खोज्छौं, उनले भने, ‘यहाँ अनेक प्रकारका प्रयासहरू भइराखेका छन्, अनेक ढंगले साम्प्रदायिक विद्धेषहरू भड्काउने, नेपालीलाई फुटाउने र विभाजित गर्ने प्रयास भइराखेका छन्। जातका नाममा, धर्मका नाममा, भाषाका नाममा, संस्कृति, भूूगोल र अनेक नाममा फुटाउने प्रयासहरू भइराखेका छन्। यस्ता कुप्रयास र कुचेष्टाहरूबाट हामी स्पष्ट हुनुपर्छ।’ उनले युवाले भ्रमलाई चिर्दै अघि बढ्न पनि आह्वान गरे। 

‘युवा पंक्तिलाई अल्मल्याउन खोज्ने प्रयास भइरहेका छन्। युवा आफ्नो साथमा छ भनेर धाक लगाउने र भ्रम छर्ने त्यस प्रकारका प्रयासहरू भइराखेका छन्। केही मानिसहरूलाई विभिन्न सामाजिक सञ्जालमा खटाएर, पेड मान्छेहरूबाट, केही मान्छेहरूबाट देश भरि भ्रम फिँजाउने प्रयास भइराखेको छ।’ उनले भने, ‘त्यसकारण हामी यस्ता कुराहरूमा सचेत र सजग हुन आवश्यक छ, जरूरी छ। म हाम्रा युवाहरूलाई आग्रह गर्न चाहन्छु, अबको समय भनेको हामी आफैंँ सचेत भएर, के कुरालाई अस्वीकार गर्ने, के कुरालाई स्वीकार गर्ने र अगाडि बढाउने छुट्याउन सक्नु पर्छ।’ उनले युवाहरूका लागि हामीले शिक्षाको प्रबन्ध, आम्दानीको प्रबन्ध अथवा उद्यमशीलता र रोजगारीको व्यवस्थाको बाटोबाट अगाडि बढ्नुपर्ने बताए। ‘हामीले पहिले पनि भनेका थियौं, अबको समय भनेको देशमा युवाहरूको समय हो र युवाहरूका लागि हामीले शिक्षाको प्रबन्ध, आम्दानीको प्रबन्ध अथवा उद्यमशीलता र रोजगारीको व्यवस्थाको बाटोबाट अगाडि बढ्नु पर्छ। युवाहरूलाई शारीरिक र मानिसक रूपबाट स्वस्थ राख्नुपर्छ। अर्थात्, हामीले भनेका थियौं, शिक्षा, ज्ञान, सिकाइ एउटै कुरा हो। सिकाइ, कमाइ र दबाइ अर्थात् शिक्षा, उद्यमशीलता र स्वास्थ्य यी कुराहरूलाई अगाडि बढाउने। यसका लागि हामी हरेकले सचेत हुनुपर्छ। आज युवाहरूलाई अनेक प्रकारले गलत चिजमा फसाउन खोज्ने, नसामा फसाउन खोज्ने, ड्रग्समा फसाउन खोज्ने यस्ता प्रयासहरू भइराखेका छन्। यसलाई हामीले अस्वीकार गर्न सक्नुपर्छ र हामी नसामा होइन, देश बनाउने एउटा सचेत संकल्पका साथ अगाडि बढ्नुपर्छ। यसका निम्ति युुवा समुदाय अत्यन्त सजगताकासाथ अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु।’ 

काठमार्डौं महानगरकी उपमेयर डंगोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताइन्। उनले भनिन्, ‘जब–जब युवा एकजुट हुन्छन् तब–तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन।’

नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्वसामु प्रस्तुत गरेको दाबी गरिन्। युवाले सही र गलत छुट्ट्याउनु पर्ने उनको भनाइ छ। युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन्।

सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ। मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताइन्।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने आग्रह गरिन्। ‘एमालेले युवालाई दश नंग्र्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’ नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको बताइन्।

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न

बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा


काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवं सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापालाई थप अर्को मुद्दा लागेको छ। उनीविरुद्ध डेढ अर्ब बिगोसहित कायम गरी सर्लाही  जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। वन तथा वातावरण मन्त्रालयले थापाविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ बिगो कायम गरेर मुद्दा दायर गरेको हो। थापासहित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल,  तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल, जिल्ला समन्वय समिति  सर्लाहीका तत्कालीन प्रमुख मथुर चौधरीलाई पनि प्रतिवादी बनाइएको छ। 

सरकारको स्वीकृति बिना सर्लाहीको बागमती नगरपालिका ४ र १२ स्थित सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मूर्तिया सेक्टरअन्तर्गत कमैया क्षेत्रको वन क्षेत्रमा गैरकानुनी रूपमा करिब १७३.०० हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण गरी बागमती माछा पोखरी (भरत ताल)  निर्माण भएको थियो। 

उनीहरूको मिलोमतो ताल वरिपरि बाटो र अन्य संरचना निर्माणको क्रममा ठूलो परिमाणमा वन पैदावार (ढुंगा, गिट्टी, बालुवा, माटोलगायतका नदीजन्य पदार्थ) अवैध रूपमा उत्खनन गरी निकासी गरेको आरोपपत्रमा उल्लेख छ। आरोपपत्रका  अनुसार मूर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वन क्षेत्रभित्र करिब ८१५.२० हेक्टर वन क्षेत्र कृषि क्षेत्र, बस्ती क्षेत्र आदीको रूपमा समेत वन अतिक्रमण भएको पाइएको छ।

 उनीहरूविरुद्ध पाँच वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्मा जरिवाना वा दुवै सजायको मागदाबी गरिएको छ। राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाइएको घर वा छाप्रो र प्रयोग भएका मेसिनरी औचार साधनसमेत  जफतको माग गरिएको छ।  मिलोमतोमा माछा पोखरीबाट ४७००२८५. १६६ घनमिटर वन पैदावार (ढुंगा, गिट्टी, बालुवा, माटोलगायतका नदीजन्य पदार्थ) कानुनविपरीत उत्खनन गरी अन्यत्र बिक्री वितरण र अन्य संरचनामा प्रयोग गरेको अभियोग पनि उनीहरूमाथि लगाइएको छ। 

मापदण्डभन्दा बढी औसतमा प्रतिदिन करिब ३ सय ४५ घनमिटर उत्खनन भएको देखिन्छ। तत्काल प्रचलित वातावरण संरक्षण नियमावली, २०५ अनुसार खानी क्षेत्रअन्तर्गत दैनिक तीन सय घनमिटरसम्म निर्माणमुखी खनिज, ग्राभेल, गिटी, बालुवाको उत्खनन गर्ने प्रस्तावमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने व्यवस्था छ। सोही नियमावलीअनुसार नदीनाला सतहबाट दैनिक २ सय ५० घनमिटरभन्दा बढी बालुवा, ग्राभेल, गिर्खा, माटो निकाल्ने प्रस्तावका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ।  कानुनविपरीत प्रारम्भिक वातावरणीय परीक्षकण प्रतिवेदन सवीकृत गरिएको देखिएको छ।

अभियोगपत्रमा  ४७००२८५. १६६ घनमिटर वन पैदावार (ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका नदीजन्य पदार्थ) वन घनफिट  ९ रुपैयाँका दरले  बिक्री वितरण गरेको उल्लेख छ। 

उनीहरूमाथि १  अर्ब ४९  करोड ३९   लाख ४३  हजार ३३७.४५ जफत हुनुको साथै पाँच लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद वा बिगोको दोब्बर जरिवाना वा दुवै जनही हुनुपर्ने गरी मागदाबी गरिएको छ। प्रतिवादीहरू राष्ट्रसेवकसमेत भएको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५९ वमोजिम अनुसन्धान भई कारबाही हुनुपर्ने देखिँदा अख्तियारसमक्ष लेखी पठाउने, प्रतिवादीहरूबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्कबापतको रकम राहत कोषमा जम्मा हुने गरी कारबाहीका लागि मागदाबी गरिएको छ। 

अभियोग पत्रमा प्रतिवादीहरू  निलम्बित मेयर थापा, विमलकुमार पोखरेल, विश्वराज पोखरेल, लीला कुमारी मुक्तान र मेथुर चौधरीलाई जिम्मा जमानीमा लिने व्यक्तिहरूसँग पटक–पटक सम्पर्क गर्दा उपस्थित गराउन नसकेको उल्लेख छ। अनुपस्थित प्रतिवादी इन्जिनियर पौडेलको हकमा अदालतबाट म्याद जारी भई नियमानुसार गरि पाउन यो अभियोग पत्रमा  पेस गरेको पनि उल्लेख छ। 

बागमती माछा  पोखरी(भरत ताल)  वरपर रहेको करिब ८१५.२०  हेक्टर वनक्षेत्र धेरै पुरानो वन अतिक्रमण  रहेको तथा अतिक्रमण गर्ने व्यक्ति धेरै रहेका पनि अभियोग पत्रमा उल्लेख छ। यो वन अतिक्रमण गर्नेहरूको गरी  पूरक अभियोग पत्रमार्फत मुद्दा दायर गर्ने जनाइएको छ।  

यो मुद्दा दर्ता गर्नबाट रोक्न उनले ठूलो चलखेलको प्रयास समेत गरेका थिए। अख्तियारबाट मुद्दा खेपिरहेका सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर थापाले किर्ते भर्पाइ बनाएर करोडौंको लेनदेन गरेको समेत पाइएको थियो। भ्रष्टाचारको मुद्दाबाट बच्न करोडौंको लेनदेनको नक्कली भर्पाइ र कपाली तमसुक बनाएको तथ्य भेटिएको छ। यो सबै नियोजित रूपमा मुद्दा प्रभाव पार्न खोजेका थिए।  

निलम्बित मेयर थापामाथि मुद्दैमुद्दा छन्। अख्तियारले थापाविरुद्ध योभन्दा पहिले दुई मुद्दा दायर गरेको छ। २०८० चैत २८ गते उनीविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ  अकुत सम्पत्ति  आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले थापाकी    श्रीमती रेश्मीकुमारी घिमिरे (थापा), भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतलाईसमेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ। 

थापाले सार्वजनिक पदमा आएपछि गैरकानुनी सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। २०८१ जेठ २९  गते मेयर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले मेयर थापासहित ६ जनाले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँको भ्रष्टाचार मुद्दा विशेषमा  दायर गरेको छ। तीन मुद्दा विशेष  अदालतमा विचराधीन छ। 

२०७४ मा  मेयर भएपछि थापाले २०७५/७६ मा वागमति माछा पोखरीको निर्माण सुरुवात गरेका हुन्।  उनले  माछापोखरीको  नामलाई नै आफ्नो नाम राखेर भरत ताल नाम दिए। 

युथ सेलिब्रेसनमा एमाले महासंचिव शंकर पोखरेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, डा. आनन्द सिंह, पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति विष्णु पोखरेल, शिवराज नगरपालिका कपिलवस्तुकी उपमेयर शिवकुमारी थारूलगायतले बोलेका थिए। सांगीतिक कार्यक्रम पनि गरिएको थियो। 


 

Post a Comment

0 Comments