https://www.annapurnapost.com/story/483604/
कभर स्टोरी
हाइपर फन्डको फन्डा, प्रलोभनमा पारेर करोडौं ठगी


काठमाडौं : विश्वलाई कोभिडले आक्रान्त पारेका बेला सन् २०१९ मा बन्द कोठाबाट हाइपर फन्डको धन्दा सुरु भएको थियो । यसमा लगानी गरेको रकम २० महिनामा तीन गुणा हुन्छ भनेर मानिसलाई प्रलोभनमा पारियो । स्वदेश र विदेशमा रहेका धेरै नेपाली लोभिए । ‘२० महिनामा ३ गुना हुन्छ, सुदूरभविष्यमा आईपीओ पनि निस्किँदै छ भने । ठूलाठूला सपना देखाए र उनीहरूले लगानी गर्न उक्साए । सुरुवातमा आफैंले पनि केही रकम हालिदिए’, एक पीडितले भने, ‘अनि नेपालीले धमाधमा लागनी गर्न थाले ।’ केहीले त सुरुवाती चरणमा कमाए पनि ।


सन् २०२१ मा यसमा जोडिएका एक पीडितले भने, ‘अरूले लगानी गरेर कमाएको सुनेर हामी पनि लोभियौं र त्यसमा जाडियौं । हामी जोडिएको एक वर्षमा त्यो बन्द पो भयो । ठूलो सपना देखेर छिरेका हामी डुब्यौं ।’ तर, सन् २०२१ नोभेम्बरदेखि हाइपर भर्सले क्रमशः लगानी फिर्ता दिन रोक्दै अन्ततः आफ्नो कार्य सञ्चालन नै बन्द गर्यो । सन् २०२२ मार्चमा संस्था नै बन्द भयो ।

‘हामीलाई झुक्याइयो’

न साँवा न रिवार्ड
२० महिनामा तीन गुण हुन्छ भन्दै सुरुवातमा ३ सय डलर लगानी गर्न लगाइएको देखिन्छ । सुरुवातमा धेरैजसोको लगानी पनि ठगीमा संलग्नहरूले नै गरिदिएका थिए । त्यो लगानी यथावत् राखी थप लगानी गर्दै गएमा २० गुणासम्म प्रतिफल पाइने भन्दै फसाइएको देखिएको छ । झुटो आश्वासन र सुनियोजित ढंगले नेपालीलाई फसाइएको भनाइ पीडितको छ ।
हाइपर फन्डको जुम मिटिङमार्फत १०० मिलियन अमेरिकी डलर रिजर्भ रहेको, कुनै संकट आएमा पनि हाइपर भर्स सञ्चालन हुने ग्यारेन्टी गरिएको भन्दै पनि आश्वस्त पारियो । ठगीमा संग्लन आरोपीले हाइपरफन्डमा ५ स्टार गरेको फोटाहरू, विभिन्न बैंकहरूबाट प्राप्त खाता कारोबार विवरण र विभिन्न कार्यालयबाट प्राप्त कागजातहरू देखाएर फसाएको त्यो नेटवर्किङ धन्दामा पीडितले बताए ।
हाइपर भर्स (हाइपर फन्ड) नामक ब्लक चेन टेक्नोलोजी कम्पनीमा लगानी गर्दा १००० डलरको ३००० डलर भनियो । एक्पर्ट, प्रो, १,२,३,४ हुँदै ५ स्टार लेबल हुन्छ भनेर प्रलोभनमा परियो ।
हाइपर भर्सको लिंक र जुम मिटिङको आईडी र पासवर्ड दिएपछि सो साइटमा प्रवेश गरी जुम मिटिङमा समावेश भएपछि हाइपर भर्स (हाईपरफन्ड) नाम ब्लक चेन टेक्नोलोजी देखाइएको थियो । एक्पर्ट लेभल भएमा ५० हजार डलर हँदै ५ स्टार हुँदा ५ मिलियन (५० लाख डलर) रिवार्ड पाउने चेन नै देखाएर ठगी गरिएको देखिएको छ । प्रोमा १ लाख २५ हजार डलर, १ स्टार हुँदा २ लाख ५० हजार, २ स्टार हुँदा ५ लाख,३ स्टार हुँदा १०, ४ स्टार हुँदा ३० लाख र ५ स्टार हुँदा ६० लाख रिवार्ड पाउने भनेर प्रलोभन पारिएको देखिएको छ । उनीहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसम्मका फोटा राखेर पनि झुक्याइएको पीडितको गुनासो छ ।
- २० महिनामा रकम तीन गुणा हुने भनेर प्रलोभन दिइयो।
- स्वदेश र विदेशमा रहेका नेपालीलाई आईपीओ निस्कने, ठूलो कमाइ हुने, स्टार लेभल पाउँदा लाखौं डलर रिवार्ड पाइने जस्ता सपना देखाएर लगानी गराइयो।
- सुरुवाती चरणमा केहीले नाफा कमाए पनि पछि २०२१ नोभेम्बरदेखि रकम फिर्ता दिन बन्द, २०२२ मार्चमा कम्पनी नै बन्द भयो।
- प्रभु, सेन्चुरी, लक्ष्मी सनराइज, सिद्धार्थ, एनएमबी, सिटिजन, एनआईसी एसिया, नबिललगायत बैंक खातामा प्रत्यक्ष रकम जम्मा गर्न लगाइयो।
- कम्तीमा ३०० डलरबाट सुरुवात गरी थप लगानी गर्दै गएमा २० गुणा प्रतिफल हुने झुटो आश्वासन।
- ललितपुर जिल्ला अदालतमा दुई चरणमा ७६ जनाविरुद्घ संगठित अपराध र ठगी मुद्दा दायर, हालसम्म ३ जना मात्र उपस्थित, बाँकी फरार।
- अनुसन्धानमा करिब ५० करोड रुपैयाँ ठगी भएको देखिएको, तर वास्तविक रकम अझ बढी हुन सक्ने अनुमान।
- नेपालमा गैरकानुनी नेटवर्किङ व्यवसाय रोक लगाइए पनि विदेशमा बसेका नेपालीले हाइपर फन्डका नाममा ठगी धन्दा चलाए।
- एक व्यत्तिाmको मात्रै १ करोड ४० लाखसम्म रकम डुबेको, धेरैको लाखौं–करोडौं रुपैयाँ हरायो।
- ठगीमा संलग्नहरूले पीडितलाई ‘नेपालका सबै निकाय किनिदिन सक्छौं’ भन्दै धम्की दिने, रिकभरीको नाममा फेरि रकम असुल्ने।
- ठगीमा संलग्नहरूविरुद्घ सम्पत्तिा शुद्घीकरण ऐनअनुसार पनि अनुसन्धान र क्षतिपूर्ति दिलाउनुपर्ने सीआईबीको सुझाव।
७६ जनाविरुद्ध मुद्दा
७६ जनालाई प्रतिवादी नै बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा हालिएको छ । पहिलो चरणमा ६३ र दोस्रो चरणमा १३ जनालाई गरी दुईपटक मुद्दा हालिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई महिना लामो अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा मुद्दा हालिसकेको छ । अहिले यो मुद्दा विचराधीन अवस्थामा छ । उसले मुद्दा दायर गर्दाको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । एकजना भने पछि अदालतमा हाजिर भएका थिए । हालसम्म ३ जना मात्रै अदालतमा उपस्थित भएका छन् भने अरू सबै फरार छन् ।
पहिलो चरणमा पक्राउ परेका दुई, अदालतमा हाजिर भएका र अन्य ६० जनालाई फरार प्रतिवादी बनाई सात करोड ७१ लाख रुपैयाँ ठगीको अभियोगसहित २०८१ वैशाख २० मा जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन तयार गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ललितपुरमा मुद्दा दर्ता गरेको थियो ।
करोडौं ठगी भए पनि ७६ जनाको मात्र जाहेरी परेकाले उनीहरूकै जाहेरीका आधारमा बिगो कायम गरी मुद्दा दायर गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । पक्राउ गरी मुद्दा दायर गरिएकाहरू ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलकी ५१ वर्षीया काजल भनिने नानु घिमिरे र लमजुङको बेंसीसहर नगरपालिका–११ का ३७ वर्षीय कृष्णकान्त भण्डारी छन् ।
सीआईबीले दुई महिना अनुसन्धान गरी संगठित अपराध र ठगी मुद्दा दायर गरेको थियो । नानु घिमिरे ४० लाख धरौटीमा छुटेकी छन् भने भण्डारी १ लाख धरौटीमा छुटे । आरोपी योगेन्द्र मिलन छन्त्याल अदालतमा हाजिर भएका थिए । छन्त्याल ७० लाख धरौटी राखेर बाहिर नै बसेका छन् । अन्य सबै फरार छन् ।
यो प्रकरणमा करिब ५० करोडभन्दा बढी रुपैयाँ ठगी गरेकोे अनुसन्धानमा देखिएको छ । धेरै पीडित र पीडक दुवै विदेशमा रहेकाले उजुरी कम आएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । मुद्दा दायर भएका ७६ जनामध्ये अधिकांश देशबाहिरै रहेकाले पक्राउ गर्न नसकिएको सीआईबीका एसपी तथा प्रवक्ता युवराज खड्काले बताए ।
हाइपर फन्डका नाममा विदेशमा बसेका नेपालीले चलाएको अवैध धन्दाले १४ करोडभन्दा बढी ठगिएको अनुसन्धानबाट देखिएको सीआईबीको प्रतिवेदनमा छ । तर, यो रकम अझ बढी हुन सक्ने र ठगीको सञ्जालमा गैरआवासीय नेपाली नै संलग्न रहेको आशंका प्रहरीको छ ।
पोर्चुगल र बेलायतमा बस्ने नेपालीको समेत यसमा लगानी रहेको प्रहरीको दाबी छ । यो समूहले हाइपर फन्डका नाममा ठूलो रकम असुलेको हुन सक्ने देखिएको छ । थोरै पैसा लगानी गरेर धेरै कमाउने प्रलोभनमा खाडी मुलुकमा रहेका सयौं नेपाली फसेका छन् ।
तीन गुणा कमाइ हुने आश्वासन दिएर सर्वसाधारणलाई हाइपर भर्समा रकम हाल्न लगाएर पिरामिड शैलीमा ठगी गरिएको थियो । प्रहरीका अनुसार हाइपर भर्सको लिंक र जुम मिटिङको आईडी र पासवर्ड दिएपछि साइटमा प्रवेश गरेर मिटिङमा समावेश गराइन्छ । त्यसपछि हाइपर भर्स नामक ‘ब्लक चेन टेक्नोलोजी’ कम्पनीका मुख्य सञ्चालक काजल भन्ने नानु घिमिरे, रोशन भन्ने देवीप्रसाद पोखरेल, ललितकुमार न्यौपाने, कुमार गुरुङ, मोदनाथ बेल्वासे, योगेन्द्र मिलन छन्त्याल, चन्द्रकुमार लिम्बु तुम्बाहाम्फे, रेनु माया तामाङ, कृष्णकान्त भण्डारी, देवेन्द्र गौतमलगायतका व्यक्तिले जुम मिटिङमार्फत हाइपर भर्समा लगानी गर्न उत्प्रेरित गर्ने गरेका थिए । हाइपर भर्समा लगानी गर्दा १ हजार डलरको ३ हजार डलर बराबर अर्थात् तेब्बर आम्दानी हुने भन्दै विश्वास दिलाएर नेपाल तथा विदेशमा रहेका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई संगठित रूपमा ठगी गरेको पाइएको छ ।
प्रतिवादी पक्राउ
१.नानु घिमिरे, महालक्ष्मी–३ इमाडोल, ललितपुर
२.कृष्णकान्त भण्डारी, बेंसीनगर ११, लमजुङ
फरार
३. निर्मलप्रसाद घिमिरे, हाल महालक्ष्मी–३ इमाडोल, ललितपुर
४. योगेन्द्र मिलन छन्त्याल भन्ने योगेन्द्र छन्त्याल, सूर्यविनायक–२, बालकोट, भक्तपुर
५. कुमार गुरुङ, पोखरा महानगरपालिका–१४, कास्की
६. चन्द्रकुमार लिम्बु (तुम्बाहाम्फे), छपरजोरपार्टी गाउँपालिका–५, धनकुटा
७. अमृत पण्डित, हाल तारकेश्वर– ८ मनमैजु, काठमाडौं
८. मनिता अधिकारी, हाल तारकेश्वर– ८ मनमैजु, काठमाडौं
९. पर्शुराम गौतम,हाल सैनामैना– ८, रुपन्देही
१०. दीपक बस्नेत, हाल न्युजिल्यान्ड (त्रियुगा–११, उदयपुर)
११. देवीप्रसाद गौतम, हाल सैनामैना–६, रुपन्देही
१२. आस्का कार्की, काठमाडौं–१६, वनस्थली
१३. मनोहरी थापा, त्रियुगा–४, उदयपुर
१४. सबु भन्ने सावित्रा भट्टराई ,दमक नगरपालिका–९, चियाबगान
१५. गोविन्द सेडाई, हाल बेलायत (बेंसीसर–११ चिती)
१६. यमुना छन्त्याल, हाल सूर्यविनायक–२, बालकोट, भक्तपुर
१७. हिमालबहादुर सिंह, खप्तडछान्ना गाउँपालिका–५, बझाङ
१८. जसमान लिम्बु, केराबारी गाउँपालिका–१०, मोरङ
१९. कृष्णप्रसाद बगाले, कालिका नगरपालिका–६, जमुनापुर, चितवन
२०. सुदीप भट्टराई, दमक नगरपालिका–४, झापा
२१. यमन छन्त्याल, तमानखोला गाउँपालिका–२, बाग्लुङ
२२. विजय राई, चौदण्डीगढी नगरपालिका–९, उदयपुर
२३. सुरजमान गुरुङ, पोखरा महानगरपालिका–६, कास्की
२४. चित्रकुमारी पुन थापा, पोखरा महानगरपालिका–२, कास्की
२५. राजकुमार गुरु, पोखरा महानगरपालिका–१५, कास्की
२६. सुवर्णविक्रम हमाल, मोदी गाउँपालिका–५, पर्वत
२७. केरबहादुर छन्त्याल, तमानखोला गाउँपालिका–२, बागलुङ
२८. मोतीबहादुर बुढाथोकी, बिर्तामोड–१ झापा
२९. भवानी पौडेल,पाँचखाल नगरपालिका–९, काभ्रे
३०. शिवमाया लिम्बु, अठराई त्रिवेणी गाउँपालिका–५, ताप्लेजुङ
३१. यमलाल पोखरेल, दुधराक्ष गाउँपालिका–५, रुपन्देही
३२. सीता सापकोटा, ललितपुर महानगरपालिका–१२, ललितपुर
३३. कल्पनाकुमारी सिंह, छविसपाथिभरा गाउँपालिका–३ बझाङ
३४. कमला गुरुङ, पोखरा महानगरपालिका–१४, कास्की
३५. दीपककुमार घिमिरे, कर्जन्हा नगरपालिका–५, सिरहा
३६. राजमान राई, दमक नगरपालिका–५, झापा
३७. डोल्मा गुरुङ, गंगाजमुना गाउँपालिका–६, धादिङ
३८. सुनील गौतम, पोखरा महानगरपालिका–३, पालिकाचोक कास्की
३९. अन्जु गुरुङ, पोखरा महानगरपालिका–१०, बुद्धचोक कास्की
४०. काशीनाथ भण्डारी, ढोरपाटन कटेज एन्ड रेस्टुरेन्टका सञ्चालक
(सैनामैना–१०, रुपन्देही)
४१. रेमप्रसाद रन्तिजा, हाल पोखरा महानगरपालिका–२७, कास्की
४२. सरोज बस्नेत, इटहरी–२ सुनसरी
४३. निस्मा जिमी, मादी नगरपालिका–४, संखुवासभा
४४. राजेश बाताकाछी, भक्तपुर नगरपालिका–१०
४५. विमल वली, माडी गाउँपालिका–४, रोल्पा
४६. विकास रोका, तुलसीपुर उपमहानगरपालिका–१४, दाङ
(जेनिसा मोबाइल एन्ड सेन्टरका सञ्चालक)
४७. कृष्णप्रसाद श्रेष्ठ, छत्रदेव नगरपालिका–५, अर्घाखाची
४८. सुनीता आङदाम्बे, चुलाचुली–१, इलाम
४९. कुलप्रसाद ढकाल, मण्डनदेउपुर–५ दामपोखरी, काभ्रे
५०. सुरज बोगटी,गोर्खाा नगरपालिका–३, गोरखा
५१. रामबहादुर कुँवर, त्रिवेणी–७, नवलपुर
५२. मदन घिमिरे, बिर्तामोड–१, झापा
५३. सन्तबहादुर मास्कीमगर, व्यास–९, तनहुँ
५४. कमलप्रसाद पाण्डे, छत्रदेव–७, अर्घाखाँची
५५. खिमप्रसाद घर्तिमगर,रोल्पा नगरपालिका ९ रोल्पा
५६. निरुता थापा, त्रिभुवन नगरपालिका–१०, दाङ
५७. थमबहादुर छन्त्याल,धवलागिरी गाँउपालिका–५, म्याग्दी
५८. दीपक राई, महालक्ष्मी–८, सानोगाउँ ललितपुर
५९. सन्तोष सिल्चाल क्षेत्री, सूर्यविनायक–९, दघिकोट
६०. विपना खड्का, महालक्ष्मी–९, इमाडोल
६१. तुलप्रसाद वली, पुत्लाचौर गाउँपालिका–५, रोल्पा
६२. निश्चल पाण्डे, साविक पिस्कर–८, सिन्धुपाल्चोक
६३. रोमी गुरुङ, पोखरा महानगरपालिका–१६, कास्की
गैरकानुनी धन्दा
नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्नु गैरकानुनी काम हो तर यो गैरकानुनी ढंगमा यति ठूलो कारोबार गरिएको देखिएको छ । विगतमा युनिटी लाइफ, हर्बोजस्ता कम्पनीबाट सर्वसाधारणको अर्बौं रकम ठगिएपछि सरकारले त्यस्ता व्यवसाय सञ्चालनमा रोक लगाएको थियो । तर, कोरोना महामारीका बेला हाइपर फन्ड हुँदै हाइपर भर्सका नाममा विदेशमा बस्ने नेपालीले नै नेटवर्किङ व्यवसाय सञ्चालन गरेर सयौं नेपाली ठगिए । हाइपर भर्स कम्पनीले धेरैलाई सदस्य बनाउने तथा लगानी गर्ने व्यक्तिलाई एक्सपर्ट लेभलमा राख्छ । उनीहरूलाई अन्य सदस्यको भन्दा बढी आम्दानी हुने आश्वासन दिइएको हुन्छ । हाइपर भर्स क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो । यसमा लगानी गर्न सुरुमा एप डाउनलोड गरेर एकाउन्ट खोलिन्छ । एकाउन्ट खोलेपछि कम्तीमा ३ सय अमेरिकी डलरबाट लगानी सुरु हुन्छ ।
यो ठगी प्रकरणका मुख्य व्यक्ति पोर्चुगल र बेलायतमा रहेको सीआईबी स्रोत बताउँछ । ठगिनेहरूमा बेलायत र पोर्चुगलमा बसेका नेपाली धेरै छन् । बेलायत बसेर कृष्ण बगाले, ललितकुमार न्यौपाने, कुमार गुरुङले हाइपर भर्सको ठगीमा मुख्य भूमिका निभाएको सीआईबीको अनुसन्धानले देखाएको छ । पोर्चुगलमा चिन्तामणि छन्त्याल, रोशन पोखरेललगायतले हाइपर फन्डको नाममा नेपालीमाथि ठगी गरेको अनुसन्धानमा पाइएको छ । त्यसैगरी, अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबईमा रहेका नेपाली पनि ठगी धन्दामा संलग्न छन् भने पीडितसमेत विदेशमा छन् । काजल(नानु) घिमिरेले यसअघि इजरायलमा बसेर हाइपर भर्सको नाममा ठगी गरेकोमा पछिल्लो समय भने नेपालको प्रमुख भएर आएपछि प्रहरीले उनलाई पक्राउ
गरेको थियो ।
पीडितलाई धक्की
पीडितले जताजतै गुहारेका गुहारै छन् । हाइपर भर्स इकोसिस्टममा लगानी फिर्ता गर्न नेपाली समुदायले आग्रह गरिरहेका छन् तर फिर्ता हुने त कुरै छैन । उल्टै उनीहरूले धक्की खानुपर्ने अवस्था आएको छ । रिकभरी गर्छौैं भनेर ४ लाख ४८ हजार डलर उठाएर खाएको आरोप पनि पीडितको छ ।
यो प्रलोभनमा परेका पीडितमा आर्थिक र मानसिक क्षति मात्रै होइन, भौतिक रूपमा धाकधक्की आउने गरेको छ । पछिल्लो समयमा ठगीमा संलग्नहरूले पीडितलाई धक्याउने गरेका छन् । ‘नेपालका सबै निकाय किनिदिन सक्छौं, तिमीहरूले के नाप्न सक्छौं भन्दै धाकाधक्की दिइरहेका छन्’, आफूलाई आएको धम्की एक पीडितले सुनाए ।
यो प्रलोभनमा परेका पीडितमा आर्थिक र मानसिक क्षति मात्रै होइन भौतिक रूपमा धाकधक्की आउने गरेको छ । पछिल्लो समयमा ठगीमा संलग्नहरूले पीडितलाई धक्याउने गरेका छन् । ‘नेपालका सबै निकाय किनिदिन सक्छौं, तिमीहरूले के नाप्न सक्छौं भन्दै धक्की दिइरहेका छन्’, आफूलाई आएको धम्की एक पीडितले सुनाए ।
कसको कति रकम डुब्यो ?
एउटै नेपालीको १ करोड ४० लाखसम्म रकम डुबेको छ । पेमाछेकी शेर्पाको १ करोड ३८ लाख २४ हजार रुपैयाँ फसेको छ । त्यस्तै शारदा पौडेल अधिकारीको ३७ लाख ५० हजार, टोपबहादर खत्रीको ३१ लाख ७० हजार, राधिका न्यौपानेको २९ लाख ३८ हजार, पार्वता गुरुङको २५ लाख ७ हजार १७०, सुलोचनादेवी दाहालको २५ लाख, कृष्णकला श्रेष्ठको २३ लाख ९४ हजार ७३५, निरञ्जन खनालको २२ लाख ९८ हजार १ सय, कान्ती गिरीको २२ लाख २८ हजार ५ सय रकम डुबेको छ । यसरी ४६ हजारदेखि १ करोड ४० सम्म एउटै व्यक्तिको रकम ठगी गरेको देखिएको छ ।
यसरी प्रलोभनमा पारी सामूहिक रूपमा ठगी गरेकाले उनीहरूविरुद्ध संगठित अपराध र ठगी दुवै अभियोगमा मुद्दा चलिरहेको छ । नानु घिमिरे, निर्मलप्रसाद घिमिरे, योगेन्द्र छन्त्याल, यमुना छन्त्याल, यमन छन्त्याल, कुमार गुरुङ, कमला गुरुङ, कृष्णप्रसाद बगालेविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनबमोजिम अनुसन्धान हुनुपर्ने सीआईबीको ठहर छ । सीआईबीले पीडितलाई क्षतिपूर्ति भराउनु पनि भनेको छ ।
को–को छन् सञ्चालक ?
हाइपर फन्ड नामक कम्पनीको मुख्य सञ्चालक स्याम्ली रहेका छन् । २०१९ मा खोलिएको यो संस्था अस्ट्रेलियामा दर्ता भएको थियो । जसको सञ्चालकमा नेपाली पनि थिए । काजल भन्ने नानु घिमिरे, रोशन भन्ने देवीप्रसाद पोखरेललगायत रहेको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सुरुवातमा यसको कार्यालय हङकङलगायत स्थानमा पनि भएको प्रचार गरिएको थियो । हाइपर फन्डको नाम केही समयमा हाइपर भर्स राखियो र हाइपर कम्युनिटी भनिएको देखिएको छ ।
३ सय डलर तिरेर सदस्य बन्न सकिने त्यो नेटवर्किङ व्यवसायका रूपमा विकास गरिएको देखिएको छ । हाइपर फन्डमा सदस्य बनेकाले थप सदस्य बनाउँदै गए कमिसन बढ्दै जाने र तीन गुणासम्म हुने बताएपछि एकै जनाले ४० लाख रुपैयाँसम्म लगानी गरेको पाइएको छ । सो कम्पनी २०२५ सम्म ग्यारेन्टी चल्छ, भोलिका दिनमा यो कम्पनी केही भएका कम्पनीले लिक्विडिटी असेट्स १० बिलियन डलर राखेको छ भनियो । त्यसको १०० मिलियन डलर बेचेर भए पनि सबै लगानीकर्ताको रकम फिर्ता गर्छौं । त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् भनी विश्वास दिलाई प्रलोभनमा पारियो ।
यसरी लगानी गर्दा फाइदा हुने विश्वासमा पारी लगानी गरेपछि हाइपर फन्डको वेबसाइट एक्सेस पनि दिइएको थियो । वेबसाइटमा लग इन गरेर हेर्दा अमेरिकी डलर जम्मा भएको देखिन्थ्यो । पीडितले यो रकम नझिकी ब्याज पनि साँवासँग जोडिने भएकाले थप २० प्रतिशतभन्दा बढी नाफा हुन्छ भनी जुम मिटिङमा भन्ने गरेको तर झिक्न नमिलेको बताए । तर, केही समयपछि सञ्चालक भनिएकाहरूको आईडी लग इन गरी हेर्दा खाता नचलेको पाइयो । टेलिग्राम जुम मिटिङमा के–कति कारणले लग इन नभएको हो भनी सोद्धा हाइपर फन्ड कम्पनी अस्ट्रेलियाबाट दुबईमा सिफ्ट हुन लागेको छ । केही दिन नचलेको हो भनी झुटा खबर दिइयो । केही समयपछि त उक्त वेबसाइट नै नचल्ने भयो ।
ठगीमा संग्लनहरूले नेपालीलाई अझै बढी लगानी गर्न प्रेरित गरेका थिए । तर, वास्तविकता ठीक उल्टो देखिएको छ । हाइपर भर्सको अवस्था कमजोर हुँदै गएको र अन्ततः त्यसले करोडौं डलर हिनामिना गरेको छ । त्यसपछि पीडितहरूले साँवा मात्रै भए पनि फिर्ता गर्न पटक–पटक अनुरोध गरे । सुरुवातमा उनीहरूले मौखिक अनुरोध गरे । त्यसपछि पत्र लेखेर डुबेको रकम फिर्ता गराउन आग्रह गरे । पीडितले लेखेको पत्रमा भनिएको छ, ‘तपाईंहरू नै जिम्मेवार हुनुहुन्छ । तपाईंहरूले कम्पनीको भित्री जानकारी लुकाएर हजारौं नेपालीलाई झुक्याउनुभयो, आफूचाहिँ बोनस र बिटयाइन पाउँदै विदेशी सम्पत्ति किनेर यैस आराम गरिरहनुभएको छ ।’
केही नलागेपछि पीडितले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी हाले । उनीहरूले जाहेरी दरखास्तका साथ मिसिल संलग्न हुन आएको रकम पाइएको भौचर, बैंक स्टेटमेन्ट, कनेक्ट आईपीएसबाट पठाएको स्क्रिन सट तथा आरापीहरूले हाइपर भर्समा लगानी गर्न आह्वान गरेका म्यासेजहरूको स्क्रिन सटसमेत सीआईबीमा निवेदन सहित सम्लग्न गरेका थिए ।
0 Comments