उत्साह, असन्तुष्टि र सम्झौतासहितको रास्वपा महाभेला


उत्साह, असन्तुष्टि र सम्झौतासहितको रास्वपा महाभेला

उत्साह, असन्तुष्टि र सम्झौतासहितको रास्वपा महाभेला
140Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं/चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनले पार्टीलाई राजनीतिक र सांगठनिक रूपमा संस्थागत गर्दै नयाँ नेतृत्व चयन गरेको छ। 

उत्साहका साथ सुरु भएको महाधिवेशन अन्त्यसम्म पुग्दा केही व्यवस्थापकीय अव्यवस्थाको उदाहरण बने पनि यसले पार्टीभित्रको सांगठनिक प्रणाली र लोकतान्त्रिक जगलाई मजबुत रूपमा स्थापित गराएको छ। 

प्रतिनिधिहरूको असन्तुष्टि, गुनासा र व्यवस्थापनप्रतिको व्यापक आलोचनाबीच संस्थागत स्वरूप ग्रहण गर्दै सम्पन्न महाधिवेशनले सभापति रवि लामिछानेले चाहेकै नयाँ कार्यसमिति बनाएको छ। आगामी कार्यकाल लामिछानेकै कमाण्डमा पार्टी अघि बढ्ने भएको छ। रास्वपामा लामिछाने निर्विकल्प नेताको रूपमा स्थापित भएका छन्। संस्थापक सभापति लामिछानेलाई टक्कर दिने नेता कोही पनि देखिएनन्। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा वालेन्द्र शाह भएका छन्। रास्वपाको विधानमा नै वरिष्ठ नेता निर्वाचनबिना नै हुने व्यवस्था गरिएको छ।

गत फागुन २१ को निर्वाचनलाई केन्द्रित गरेर प्रधानमन्त्री बालेन रास्वपामा समाहित भएका हुन्। उपसभापतिमा रवि लामिछानेले चाहेका स्वर्णिम वाग्ले र सोबिता गौतम आएका छन्। तर पनि उनले महामन्त्री सर्वसम्मत गरेर आफूलाई सहमतिको नेता बनाउन चाहे पनि त्यो भने सम्भव भएन। निर्वाचनबाट उनले चाहेकै विपिनकुमार आचार्य महामन्त्री निर्वाचित भए तर सर्वसम्मतको नाममा केही आफूलाई सहयोग गर्दै आएका नेताको मन पनि दुखेको छ।null

१९ सदस्यीय पदाधिकारीमा सभापतिसहित ७ जना निर्वाचित भएका छन् भने वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ स्वत :  भएपछि १२ जना सभापतिले मनोनयन गर्नेछन्। ६ दिनसम्म चलेको महाधिवेशनबाट १५८ केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन्। ५१ जना सभापतिले नै मनोनयन गर्नेछन्। सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ।

उपसभापतिमा वाग्ले र गौतम
पदाधिकारीका ७ पदमा निर्वाचन हुने व्यवस्था छ। जसका लागि बुधबार रातभर प्रयत्न गरिए पनि सम्भव नभएपछि प्रतिस्पर्धाको लागि खुला गरियो। जसमा निर्वाचित हुने एक उपसभापति निर्विरोध नै भए। निवर्तमान उपसभापति स्वर्णिम वाग्ले सर्वसम्मत भए। उपसभापतिमा विराजभक्त श्रेष्ठले दाबी गरे पनि अन्तत :  उनले वाग्लेलाई समर्थन गरे। वर्तमान अर्थमन्त्री वाग्ले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा भएको उपनिर्वाचनको बेला रास्वपामा गएका थिए। उनले त्यो उपनिर्वाचनमा विजय हासिल पनि गरे। २०८२ फागुन २१ को निर्वाचनमा पनि तनहुँ क्षेत्र नम्बर १ बाट पुन :  निर्वाचित भए।

अर्को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले तोसिमा कार्कीलाई हराउँदै उपसभापतिमा निर्वाचित भएकी हुन्। उपसभापतिमा गौतमले ७८९ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कार्कीले ५७२ मत पाएकी छन्। उनी गत फागुन २१ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद पनि हुन्। गौतमले तत्कालीन भरतपुर महानगरपालिका मेयर एवं नेकपा संयोजक रेनु दाहाललाई हराएर थप प्रभावशाली भएकी हुन्।

२०७९ को निर्वाचनमा भने गौतम काठमाडौंको क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। रास्वपाको नयाँ विधानअनुसार तीन उपसभापतिको व्यवस्था छ। जसमा दुई निर्वाचित र एक जना मनोनीत गर्ने व्यवस्था छ। अब एक उपसभापति सभापतिले मनोनयन गर्ने छन्।

सभापतिकै विश्वासपात्र महामन्त्री
महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आचार्य यसअघिका सहमहामन्त्री हुन्। उनी रास्वपाका संस्थापकमध्येका एक नेता पनि हुन्। गत फागुन २१ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई हराएर प्रतिनिधिसभा सदस्य बनेका हुन्। आचार्य सभापति लामिछानेका विश्वासपात्रका रूपमा पनि चिनिन्छन्। आचार्य अन्य चार जना उम्मेदवारलाई पछि पार्दै निर्वाचित भए।

वर्तमान प्रवक्ता मनिष झा, सागर ढकाल, गणेश कार्कीले आचार्यसँग प्रतिस्पर्धा गरेका थिए। आचार्य ६७३ मत ल्याएर विजयी भएका छन् भनेका उनका निकटतम प्रतिद्वन्द्वी मनिष झाले ३४६ मत ल्याए। गणेश कार्कीले १६९, सागर ढकालले १३९ पाएका छन् भने उम्मेदवारी फिर्ता लिएकी रञ्जु दर्शनाले ३४ मत पाइन्। प्रतिस्पर्धी मनिष झाले महामन्त्रीमा निर्वाचित आचार्यलाई बधाई दिँदै रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर आफूले उम्मेदवारी दिएको बताएका छन्।

महामन्त्रीमा सर्वसम्मत गर्न सभापति लामिछाने नै सक्रिय भए तर त्यो सम्भव भएन। महामन्त्रीमा ११ जनाले मनोनयन दर्ता गराएका थिए। जसमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा, शिशिर खनाल, गणेश पराजुली, प्रमोद न्यौपाने, रञ्जु दर्शना, सागर ढकाल, गणेश कार्की, जगदीश खरेल (ललितपुर) र राजुनाथ पाण्डेको उम्मेदवारी परेको थियो। कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, शिशिर खनाल, जगदीश खरेल र रञ्जु दर्शनाले पत्रकार सम्मेलन नै गरेर फिर्ता लिएको घोषणा गरेका थिए।

शिशिर खनालबाहेक सबैले विपिन आचार्यलाई समर्थन गर्दै फिर्ता लिएका थिए। उम्मेदवारी फिर्ता लिए पनि पत्रकार सम्मेलनमा खनाल सहभागी भएका थिएनन्। सभापति लामिछानेकै पहलमा उनीहरूलाई फिर्ता गराइएको बताइएको छ। नेतृत्वको चाहना विपिन आचार्य नै महामन्त्री रहोस् भन्ने थियो तर निवर्तमान प्रवक्ता मनिष झाले नमान्दा त्यो सम्भव भएन। सभापति लामिछानेले ठूलो कसरत गरेको देखिएको थियो तर मनिषले मानेनन्।

२०७९ सालकै समानुपातिक निर्वाचनमा सभापति लामिछानेले भेदभाव गरेको आरोप लगाउँदै आएका महामन्त्रीका उम्मेदवार गणेश कार्कीले पनि उम्मेदवारी फिर्ता लिएनन्। उनले रवि लामिछाने वचनमा पक्का नभएको टिप्पणी गरेका छन्। ‘यही अधिवेशनमा सभापतिले उद्घाटन गर्दै भन्नुभएको थियो, अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य होइन। सभापतिको भनाइ सेलाउन नपाउँदै उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ, त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ,’ उनले भनेका छन्, ‘यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ। यो गलत भयो। यसो नगरौं।’ 

सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी निर्वाचित
सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। त्यस्तै महिलातर्फ निशा डाँगी निर्वाचित भएकी छन्। सहमहामन्त्रीमा ठूलो संख्यामा उम्मेदवारी परेको थियो। खुलामा ११ जनाको उम्मेदवारी परेको थियो भने महिलामा ५ जनाको उम्मेदवारी परेको थियो। खुलामा ढकाल, शाहसँगै महिलामा डाँगी निर्वाचित भएकी हुन। निर्वाचित ढकालले ४०४ मत ल्याएका छन् भने शाहले ४७१ मत ल्याएर विजयी भए।

त्यस्तै पुकार बमले ३३४, यज्ञमणि न्यौपानेले ३००, सुलभ खरेलले २९१, रमेश प्रसार्ईंले २०७, अशोककुमार चौधरीले १७९, मिलन लिम्बूले १५१, राजीव खत्रीले १४८, विजय जैरुले ११४ र हिमेश पन्तले ५३ मत पाएका छन्। सहमहामन्त्रीमा महिलातर्फ निशा डाँगी निर्वाचित भएकी छन्। उनले ७३७ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रिमा विश्वकर्माले २८२, कामिनीकुमारी चौधरीले १४६, जमुना शर्मा (विदुषी) ले ८२, जुली यादवले ७८ मत ल्याएका छन्।

रास्वपाको नयाँ विधान अनुसार १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता एक र ३ सहप्रवक्ता सभापतिले नै मनोनयन गर्नेछन्। पदाधिकारीमा निर्वाचित सहमहामन्त्री असिम शाहबाहेक सबै रवि समूहकै हुन्। शाह बालेन समूहका हुन्। हाल शाह संविधान संशोधन बहसपत्र कार्यदलका संयोजक छन्।
महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यमा सात प्रदेशबाट ५÷५ जना, खुलाबाट ३२ र समावेशी क्लस्टरबाट पनि ३२ जना नै निर्वाचित भएका छन्। समावेशी क्लस्टरमा खस आर्य १० जना, जनजाति आदिवासी ९, मधेशी ५ जना, दलित ४ जना, थारू २ र मुस्लिम २ जना निर्वाचित भएका छन्। null

२३ वर्षकी केन्द्रीय सदस्य पोखरेल
रास्वपाको प्रथम महाधिवेशनबाट चितवनकी २३ वर्षीया आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनी सबैभन्दा कान्छी निर्वाचित केन्द्रीय सदस्य हुन्।

केही समय पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छन्। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

पदाधिकारीमा ३३ प्रतिशतले मात्रै गरे मतदान
रास्वपामा प्रवासमा १७० सहित कुल महाधिवेशन प्रतिनिधि ४ हजार १९ थिए। तर पदाधिकारीका लागि भएको चुनावमा १ हजार ३ सय ४१ ले मात्र मतदान गरे। पदाधिकारीको निर्वाचनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहलगायत ठूलो संख्या मतदानमा सहभागी भएनन्।

अधिकांश प्रतिनिधि गइसकेकाले यति थोरै मतदान भएको हो। जसमा पहिलो चरणको निर्वाचनमा मतदान गर्ने प्रतिनिधि २,९५९ थिए। पदाधिकारी निर्वाचनमा त ३३ प्रतिशत मात्रै मतदानमा सहभागी भए। पदाधिकारीतर्फ प्रवासबाट ५३ र विद्युतीय मतदानबाट १,२८८ जनाले मात्र मतदान गरेका थिए।

मन्त्री यादवले हारे चुनाव
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव केन्द्रीय सदस्यमा पराजित भए। खुला (राष्ट्रिय) बाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका मन्त्री यादवले कुल खसेको २,९५९ मतमध्ये ८६९ मतमात्रै पाएका थिए।

६४ जना खुला (राष्ट्रिय) केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा थिए। वालेन्द्र शाह नेतृत्वको सरकारका १७ मध्ये ९ जना मन्त्रीले केन्द्रीय सदस्यको लागि मनोनयन गरेका थिए। जसमा ८ जना मन्त्री निर्वाचित छन्। 

रास्वपा परिपक्व  :  लामिछाने
सभापति रवि लामिछानेको नेतृत्वमा पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने भएको छ। पहिलो महाधिवेशनबाट शपथग्रहणपछिको सम्बोधनमा उनले भने, ‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झन्डै दोस्रो तिहाइको सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व भएर अघि बढ्नेछ।’

चार वर्षमा केही कमजोरी भएको स्वीकार गर्दै उनले भने, ‘जे भयो आज हामी त्यहीँ छौँ। जुन किसिमका कमी–कमजोरी हामीले यो चार वर्षमा छुटायौं, त्यो चिज हाम्रा कार्यक्रममा देखिन थालेका छन्। तर, यो सधैँ देखिनु हुँदैन।’

लामिछानेले महाधिवेशनका समयमा आमन्त्रण गरिएका विभिन्न राजनीतिक दलका अतिथिहरू माथि भएको कमजोरीप्रति क्षमा मागेका छन्। उनले केही कमजोरीका कारण आमन्त्रित अतिथिहरूले चित्त दुखाएको विषय आएकाले त्यसमा क्षमा माग्दै पहिलो पटक गरिएको महाधिवेशन र नयाँ भएकाले भएका कमजोरी नियतवश नभएको बुझ्न आग्रह गरे। तीन दिनमा सक्ने भनेर ७ गते सुरु भएको पहिलो महाधिवेशन ६ दिनपछि मात्रै सकिएको छ।

नवनिर्वाचित पदाधिकारीहरू

सभापति  :  रवि लामिछाने
वरिष्ठ नेता  :  वालेन्द्र शाह
उपसभापति  : 
स्वर्णिम वाग्ले
सोबिता गौतम
(मनोनीत)
महामन्त्री  : 
विपिनकुमार आचार्य
(मनोनीत)
सहमहामन्त्री  : 
हरि ढकाल
असिम शाह
निशा डाँगी
(मनोनीत)
(मनोनीत)
कोषाध्यक्ष  :  
(मनोनीत)
सहकोषाध्यक्ष  : 
(मनोनीत)
(मनोनीत)
प्रवक्ता  :  
(मनोनीत)
सहप्रवक्ता  : 
(मनोनीत)
(मनोनीत)
(मनोनीत)

केन्द्रीय सदस्य
राष्ट्रिय खुला (३२)
डा. स्वर्णिम वाग्ले
सोविता गौतम
शिशिर खनाल
सागर ढकाल
डा. तोसिमा कार्की
रञ्जु दर्शना
मनीष झा
हरि ढकाल
कविन्द्र बुर्लाकोटी
विपिनकुमार आचार्य
रमेश प्रसाईं
विराजभक्त श्रेष्ठ
निशा डाँगी
इन्दिरा रानामगर
गणेश पराजुली
पुकार बम
जगदीश खरेल (ललितपुर)
सुलभ खरेल
यज्ञमणि न्यौपाने
प्रमोद न्यौपाने
सरिस्मा पोखरेल
रिमा विश्वकर्मा
राजुनाथ पाण्डे
राजीव खत्री
समीक्षा बाँस्कोटा
गणेश कार्की
खगेन्द्र सुनार
असिम शाह
हिमेश पन्त
जगदीश खरेल (दोलखा)
गीता चौधरी
लिमा अधिकारी आचार्य

खस÷आर्य समूह (१०)
सुषान्त वैदिक
सुदीप ढकाल
हेमराज भट्ट
प्रदीप विष्ट
डिल्लीश्वर कार्की (रोहन)
प्रकृति ढकाल
टीका संग्रौला (ज्वाला)
क्रान्तिशिखा धिताल
जमुना शर्मा
सुशीला कार्की पोखरेल

आदिवासी/जनजाति समूह (९)
मिलन लिम्बू
शंकर श्रेष्ठ
मिङ्माडण्डु शेर्पा
महेश लामा
कृष्णमान श्रेष्ठ
आशिका तामाङ
अनुष्का श्रेष्ठ
निशा श्रेष्ठ
कुसुम महर्जन
थारू समूह (२)
करिश्मा कठरिया
अशोककुमार चौधरी

मधेशी समूह (५)
बब्लु गुप्ता
अरविन्द साह
दीपककुमार साह
जुली यादव
कामनीकुमारी चौधरी

दलित समूह (४)
विजय जैरु
शिव नेपाली
सविना वि.क.
खिमा वि.क.

मुस्लिम समूह (२)
समिना मियाँ
रहबर अन्सारी
प्रदेश – कोशी (५)
निशा मेहता
विश्वराज पोखरेल
शोभा कार्की
कल्पना थापा
सुजाता तामाङ

प्रदेश – मधेश (५)
सुष्मा बस्नेत
सुनिताकुमारी चौधरी
नमिता यादव
मञ्जु सिंह
अंकितकुमार यादव

प्रदेश – बागमती (५)
प्रभा ढकाल
विदुषी राणा
आकांक्षा पोखरेल
अनिता श्रेष्ठ
पार्वती थापा

प्रदेश – गण्डकी (५)
पवित्रा थापा
मनिष खनाल
सागर भुसाल
सोम शर्मा
विष्णुकुमारी गुरुङ (एकता)

प्रदेश – लुम्बिनी (५)
कल्पना पाण्डे
संगी ढकाल
ज्ञानु पौड्याल
देवराज पाठक
शर्मिला खनाल

प्रदेश – कर्णाली (५)
सीता बादी
विनिता कठायत
टासी ल्हाङ्जोम
मेनुका शाही
प्रकाश न्यौपाने

प्रदेश – सुदूरपश्चिम (५)
हेमराज थापा
के.पी. खनाल
दीपकराज बोहरा
जानकी जोशी
चन्द्रा ऐन
जम्मा निर्वाचित सदस्य  :  ९९




 

Post a Comment

0 Comments