'Economy is only good in statistics'

‘अर्थतन्त्र तथ्यांकमा मात्रै राम्रो छ’

‘अर्थतन्त्र तथ्यांकमा मात्रै राम्रो छ’

‘अर्थतन्त्र तथ्यांकमा मात्रै राम्रो छ’
78Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

प्रधानमन्त्री आफैं भन्छन्, ‘मुलुकको अर्थतन्त्र तथ्यांक राम्रै देखिन्छ तर व्यवहारमा सटर बन्द छ, व्यवसाय चलिरहेको छैन। यथार्थमा चलायमान छैन। इतिहासमा सबभन्दा बढी रेमिट्यान्स आएको छ। तर, अर्थतन्त्रको अवस्था खराब छ। ब्रेन र पैसा दुवै ड्रेन छ।’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तथ्यांकमा मात्रै राम्रो देखिएको स्वीकार गरेका छन्। सम्पादकहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा बोल्दै उनले यो विषयलाई सुधार्न धेरैपटक छलफल र बैठक भएको बताए। भने, ‘एकीकृत समाधानको प्रयास भइरहेको छ तर अर्थतन्त्र चलायमान हुन सकेको छैन।’ उनले अर्थतन्त्र तथ्यांकमा राम्रै देखिए पनि यथार्थ यस्तो नरहेको स्वीकार गरेका हुन्।

प्रधानमन्त्री आफैं भन्छन्, ‘मुलुकको अर्थतन्त्र तथ्यांक राम्रै देखिन्छ तर व्यवहारमा सटर बन्द छ, व्यवसाय चलिरहेको छैन। यथार्थमा चलायमान छैन। इतिहासमा सबभन्दा बढी रेमिट्यान्स आएको छ। तर, अर्थतन्त्रको अवस्था खराब छ। ब्रेन र पैसा दुवै ड्रेन छ।’ 

उनले इतिहासमा नभएको काम पनि भएको दाबी गरेका छन्। नेपाल आयल निगम ५०औं वर्षमा ऋण मुक्त हुनु र कर्णालीमा समयमै पुस्तक पुग्नुलाई उनले ऐतिहासिक माने। उनले मुलुकको आर्थिक स्थितिमा देखिएको असहजता अन्त्यका लागि पनि आफूले संयुक्त पहल गरेको बताए।

‘अर्थतन्त्रलाई एक धक्का दिन पाइयो र सुधार हुन सक्यो भने मुलुकले गति लिनेछ भन्ने लाग्छ। व्यवसायी र आमजनताले महसुस गर्ने वातावरण बनोस। मेरो कोसिस लगातार त्यही छ,’ उनले भने। उनले अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढाउने विषयमा राम्रो काम भएको उनको दाबी छ। भारत, इटली, अमेरिका, चीन र कोपको भ्रमणमा जाँदा कूटनीतिक सन्तुलनमा राख्ने काम गरेको बताए। ‘मैले मेरो ठाउँबाट सकेको हस्तक्षेप गरेँ,’ उनको भने,‘अन्तर्राष्ट्रियतहमा नेपाल देखिएको छ, सुनिएको छ।’

सरकार सुशासनको मार्गमा नै छ

प्रधानमन्त्री दाहालले सुशासनको विषयमा सरकारले राम्रो काम गरेको दाबीसमेत गरेका छन्। एक वर्षको अवधिमा नागरिकता समस्या, भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा सरकारले चालेका कदमलाई सरकारको उपलब्धिका रूपमा लिँदै उनले भने, ‘सरकारले यो अवधिमा जे गर्‍यो त्यो सम्झन लायक गर्‍यो, मुलुक र मुलुक बाहिर चर्चा हुने गरी गर्‍यो।’ सम्पादकहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उनले गर्वका साथ ती विषयलाई सरकारको उपलब्धिका रूपमा सुनाए। 

सरकार सुशासनको मार्गमा दौडिएको उल्लेख गर्दै उनले ठूला घटना र प्रकरणलाई कानुनी प्रक्रियामा ल्याउन सफल भएको उल्लेख गरे। ‘भ्रष्टाचार र अनियमिततामा संलग्न कोही अदालत गए, कोही प्रक्रिया छन्, कोही छलफल छन्। केही अनुसन्धान भइरहेका छन्,’ उनले भने। सामाजिक न्यायका विषयमा समेत सरकारले गम्भीर रूपमा काम गरेको बताउने उनले सामाजिक सुरक्षा कोष र बिमालाई एकीकृत गर्ने सरकारको योजना सुनाए। ‘७०/८० अर्ब जम्मा भए यो सबैभन्दा ठूलो कोष हुँदो रहेछ, बिमा र सामाजिक सुरक्षा कोषलाई युनिफाइट गर्ने, त्यसलाई उत्पादनमा लगाउने सोच छ,’ उनले भने। 

संविधान र व्यवस्था प्रतिवादमा एकजुट 

प्रधानमन्त्री प्रचण्डले संविधान, लोकतान्त्रिक र गणतन्त्रको पक्षमा सत्ता गठबन्धन र प्रतिपक्ष एकजुट रहेको बताए। सत्ता पक्ष र प्रतिपक्ष दुवै संविधान र लोकतान्त्रिक गणतन्त्रको विरुद्ध उठेका विषयमा प्रतिवाद गर्न सहमत रहेको उनको भनाइ छ। 

उनले पूर्वराजा लोकतन्त्र र संविधानका विरुद्ध सलबलाउन थालेको बताउँदै भने, ‘पूर्वराजा अलि बढी हुन खोजेका छन् यो विषयमा छलफल गरिरहेका छौं। संविधानभन्दा बाहिर आएर बोल्न कसैले पाइँदैन।’

लोकतन्त्र, संविधान र व्यवस्थाप्रति नै ठूलै होहल्ला गर्ने काम गरिएको उनले बताए। ‘सरकारका लागि चुनौती छ। दमन गर्‍यो भने असन्तुष्टि अझ बढ्छ। केही नगर्दा पनि जनधनको क्षति हुने हो कि खतरा छ। बल प्रयोग हाम्रोतर्पm पहिला नगर्ने, डेफेन्सका लागि मात्रै गर्ने गरियो। पुलिस र सेना हाई अलर्टमा राखियो।  यो सबै तरिका अप्नाइएको थियो र छ,’ उनले भने, ‘अब विस्तारै यो घट्दैछ।’

गठबन्धन एकजुट 

दाहालले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको दाबी गरे। उनले आफू संसद्मा ३२ सिट रहेको तेस्रो दलको नेता भए पनि सरकार संकटमा नरहेको बताए। ‘मलाई थाहा छ मेरो ससंद्मा ३२ सिट छ र म शक्तिशाली पनि छैन। तर, पनि म लक्की छु, किनभने यो गठबन्धन तत्काल टुट्नेवाला छैन’, उनले भने, ‘गठबन्धन एकजुट छ, एकजुट नै रहन्छ।’

उनले गठबन्धनभित्र कतिपय मामिलामा असहमति देखिए पनि तिनले सरकारको भविष्यमाथि कुनै प्रभाव नपार्ने बताए। भने, ‘तपाईंहरूले गठबन्धनभित्र पनि कतिपय अन्तरविरोधहरू देख्नु, सुन्नु भएको होला, तर ती सरकारको भविष्यलाई प्रभाव पार्ने स्तरमा छैनन्।’

एनसेललाई त्यतिकै छोडिन्न 

प्रधानमन्त्री दाहालले एनसेल सेयर बिक्री प्रकरणमा अध्ययन गर्ने बताए। १३० अर्बको एनसेल ७ अर्बमा बिक्री गर्न नमिल्ने उनको भनाइ छ।

‘म नभएको बेला, क्रेता/बिक्रेता मिलेर बिक्री गर्ने काम भएको रहेछ, मैले आउनेबित्तिकै बुझें। बिक्रेता र क्रेताले मनलाग्दी गर्न पाउँदैनन्। बेच्दैमा सरकारले मान्नुपर्छ भन्ने छैन’, प्रधानमन्त्रीले भने, ‘अध्ययन नगरी अघि नबढ्न भनेको छु, सञ्चारमन्त्री बाहिर हुनुहुँदो रहेछ, आएपछि अध्ययनको काम थालिन्छ। रोक भन्ने शब्दचाहिँ प्रयोग गर्दैनौं, त्यसलाई त्यतिकै छोडिन्छ भन्ने होइन।’   


 

Post a Comment

0 Comments