Sankalp Yatra for Prosperity: An Alternative to the Republic Advanced Republic / Migration and Youth Migration are the Main Problems of Madhyapahar

समृद्धिका लागि संकल्प यात्रा’ : गणतन्त्रको विकल्प उन्नत गणतन्त्र /बसाइँसराइ र युवा पलायन मध्यपहाडको मुख्य समस्या

समृद्धिका लागि संकल्प यात्रा’

‘गणतन्त्रको विकल्प उन्नत गणतन्त्र’

बसाइँसराइ र युवा पलायन मध्यपहाडको मुख्य समस्या

‘गणतन्त्रको विकल्प उन्नत गणतन्त्र’
मध्यपहाडी संकल्पयात्राको निष्कर्षबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली।
25Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै रहेको निष्कर्ष निकालेको छ। मध्यपहाडी पुष्पलाल लोकमार्गमा १८ दिनसम्म सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा सुनेका नागरिकका विचार र भावनाको निश्कर्ष नै यो रहेको एमालेले जनाएको छ। 

यात्राका विषयमा जानकारी दिन आइतबार केन्द्रीय मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष केपी शर्मा ओलीले जनता वर्तमान व्यवस्थाकै पक्षमा रहेको दाबीसमेत गरे। भने, ‘नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा छन्। हामी स्पष्ट छौं, लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्छ’, उनले भने।

एमालेले यात्राको समीक्षात्मक प्रतिवेदनमा पनि उक्त कुरा उल्लेख गरेको छ। यो अभियानले धेरै भ्रम र अन्यौलतालाई चिर्ने काम गरेको अध्यक्ष ओलीले दाबी गरे। उनले राजतन्त्र फर्कन्छ भन्ने गलत भाष्यलाई निरर्थक गरिदिएको उल्लेख गरे। उनले संकल्प यात्राले लोकतान्त्रिक गणतन्त्रप्रतिको जनसमर्थनलाई थप सुदृढ र मजबुत बनाएको बताए। ‘लोकतन्त्रप्रति जनता विश्वस्त छन्, आश्वस्त छन्,’ उनले भने, ‘लोकतन्त्रका लागि उनीहरू जे पनि गर्न तयार छन्।’ 

विधिसममत, कानुनबमोजिम र लोकतान्त्रिक ढंगले प्रस्तुत हुने जुनसकै विषयमा छलफल गर्न र लोकतान्त्रिक विधिबाट समाधान खोज्न एमाले सधैं तयार रहेको उनको भनाइ छ। तर, हुलहुज्जत, अराजकता र हिंसाकोे बाटो अस्वीकार्य रहेको उनले बताए। उनले नेपालको संवैधानिक व्यवस्था भनेको खुला प्रतिस्पर्धात्मक व्यवस्थामार्फत समाजवादतिर यात्रा भएको बताउँदै भने, ‘विचारमा बहुल्यता स्विकार्ने तर भिन्न मत भएमा दल वा समूहको उपस्थितिलाई समेत प्रतिबन्ध लगाउँछौं भन्ने खालको तानाशाही सोच र व्यवहारलाई हामी स्वीकार गर्दैनौं।’

सांस्कृतिक एकता 

मध्यपहाडी क्षेत्रमा विविध जातजाति, भाषाभाषी, संस्कृति र धर्मालम्बी बीचको एकता रहेको एमालेको दाबी छ। ‘बैतडीदेखि पाँचथरसम्म पुग्दा नेपाली समाजको सांस्कृतिक, मौलिकता, विविधता र अद्धभुत वैभव अनुभव गर्‍यौ,’ अध्यक्ष ओलीले भने, ‘स्वस्फुर्त ढंगलले पोखिएको सांस्कृतिक विविधताभित्र नेपालको पहिचान छ, नेपालको सामार्थ अन्तरनिहित छ, नेपालको भविष्य आधारित छ। यस विविधितालाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नु हामीले दायित्व ठानेका छौं।’ 

जातीय तथा साम्प्रदायिक अतिवादलाई निष्फल 

केही सीमित तत्वद्वारा स्वार्थका लागि चर्काउन खोजेको जातीय तथा साम्प्रदायिक अतिवाद, अराजकता र हिंसालाई निष्फल बनाएको अध्यक्ष ओलीले बताए। ‘हाम्रो संकल्प यात्रा लक्षित बन्द र हडतालको घोषणा, सडक अवरोध र हिंसाका प्रयासहरू विफल भएका छन्,’ उनले भने, ‘लाखौंको संख्यामा सडकमा आएका जनताले आफूहरूबीचको सद्भाव कसैले चुँडाउन नसक्ने सन्देश दिएको छन्।’ 

अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रभित्र लोकतान्त्रिक संरचना र संयन्त्र कार्यान्वयन हुनुपर्ने बताए। लोकतन्त्र व्यापक प्रणाली र संघीयता त्यसको एउटा पक्ष भएको बताउँदै यात्राको क्रममा जनताले लोकतन्त्रको पक्षमा दृढता राखेको पाइएको ओलीको भनाइ छ। राज्यलाई कमजोर बनाउने विभिन्न काम भइरहेको अवस्थामा कसलाई कति शक्ति दिने र शक्तिको बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल गरेर टुंगोमा पुग्नुपर्नेमा ओलीको जोड थियो। शक्ति र स्रोतको बाँडफाँटको सबन्धमा सम्हाल्नै नसक्ने गरी अधिकार दिन नहुने उनको सुझाव छ।

सत्ता केन्द्रित भएर भू–राजनीतिक सम्बन्ध 
ओलीले सत्ता स्वार्थका लागि भू–राजनीतिक सम्बन्ध बिगार्नु नहुने बताए। भू–राजनीतिक सम्बन्ध कुनै व्यक्ति वा सत्ता केन्द्रित नभएर देश र जनताको हितमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेती जलविद्युत् आयोजना चीनलाई दिँदा भारत रिसाएर बिजुली किन्दैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीले यस्ता अभिव्यक्ति नेपालको असंलग्न राष्ट्र नीतिको विपरीत रहेको बताए। 

नेपालको राजनीति र विकास कतैबाट पनि प्रभावित हुनु नहुने ओलीको भनाइ छ। नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्नु नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन नहुने उनको धारणा छ। ‘नेपाल र नेपालीको हित हुने खालको सहयोग जसले बढी दिन्छ त्यसबाट लिनुपर्छ,’ उनले भने, ‘हाम्रो विकास हामीले निर्बाध ढंगले गर्न पाउनुपर्छ। बिरालो कालो होस् कि, सेतो होस्, मुसा मार्ने हुनुपर्छ।’

भ्रष्टाचार र कुशासनको दुश्चक्रमा देश 

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुश्चक्रमा फसेको आरोप लगाए। भ्रष्टाचार, कमिसन र अनियमितताको कारण विकास र समृद्धिको काम ठप्प भएको पाइएको उनले बताए। ‘यही कुशासनको दुश्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन’, उनले भने।

null

सुखी नेपाली समृद्धि नेपाल नेकपा एमालेले आफ्नो आकांक्षाका रूपमा लिएकाले यसलाई पूरा गरेरै छाड्ने दाबी गरे। पछिल्लो समयमा उद्यमी व्यवसायी निराश र हत्तोत्साहित अवस्थामा देखिएको उनले बताए। एमाले अध्यक्ष ओलीले दुई चार जान सत्तापक्षका लगानीकर्ताबाहेक अरू भागभागको अवस्थामा रहेको बताए। 

सरकारी दमन व्यापक 

अहिले पनि स्थानीयस्तरमा सरकारी दमन व्यापक रूपमा पाएको एमालेले जनाएको छ। विपक्षी पार्टीलाई सरकारी पक्षले गर्ने व्यवहार हेपाए किसिमको रहेको ओलीले बताए। ‘सत्तापक्षले गरेको अपराध अपराध नै नहुने तर विपक्षीलाई साना कुरामा दमन गर्ने गरेको पाइयो,’ अध्यक्ष ओलीले भने। 

आर्थिक विकासको प्रशस्त सम्भावना

मध्यपहाडका गाउँबस्तीमा पछिल्लो समय ठूलो परिवर्तन भएको अनुभूति एमालेको संकल्प अभियानमा गरिएको छ। प्रायः सबै पालिका र वडामा कच्ची भए पनि सडकको पहुँच पुगेको छ। ५÷६ दिनसम्म लगाएर मात्रै पुगिने गाउँ र बस्तीहरू आज सडक पूर्वाधारका कारण केही घण्टाकै पहुँचभित्र आएको उनले बताए। 

अध्यक्ष ओलीले भने, ‘प्रायः सबै ठाउँमा खानेपानी, बिजुली र टेलिफोन सुविधा पुगेको छ। शिक्षा र स्वास्थ्यका पूर्वधार विगतको तुलनामा धेरैै राम्रो भएका छन्। सडक, बिजुली, फोनको पहुँचले आमजनताको चेतनास्तर पनि आश्चर्यजनक रूपमा वृद्धि भएको छ।’ कृषि, फलफूल, पशुपालनको दृष्टिकोणले मध्यपहाड अत्यन्त उर्बर संभावना युक्त क्षेत्र रहेको अध्यक्ष ओलीले बताए। जलस्रोेत, पर्यटन, खानी, दूध व्यवसाय, बेमौसमी तरकारी फलफूल खेतीको उत्तिकै सम्भवाना छ। 

पलायन र बसाइँसराइ ठूलो समस्या 

पहाडी गाउँबस्तीको सबैभन्दा ठूलो समस्या र चुनौती भनेको नै युवा पलायन र बसाइँसराइ रहेको एमालेको निश्कर्ष छ। संकल्प यात्राका क्रममा ३० जिल्लामा यो समस्या देखिएको छ। तीव्र बसाइँसराइ मुख्य समस्या बनेको छ। एकातिर विकासका योजना पहड चढ्दै जाने, अर्कातिर पहाडबाट जनसंख्याको ठूलो हिस्सा, सहर हुँदै बिदेसिँदै जाने चुनौती आजको अर्थ राजनीतिकको सार्वधिक जटिल प्रश्न भएको एमालेको निष्कर्ष छ। null

अधिकांश जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ। कतिपय गाउँबस्ती खाली हुँदै गएका छन्। अध्यक्ष ओलीले मध्यपहाडको सबभन्दा ठूलो चुनौती युवा देशमा नबस्ने र बसाइँसराइ रहेको बताए। ‘सबभन्दा ठूलो चुनौती युवा देशमा नबस्ने, जनसंख्या नै बसाइँ सर्ने हो, जसले कतिपय गाउँबस्ती रित्तिदै गएका छन्,’ उनले भने, ‘विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्, खेती योग्य जमिन बाँझो बन्दैछन्।’ उनले गाउँमा श्रमका लागि युवाको अभाव भइसकेको बताए। कतिपय ठाउँमा त वृद्धवृद्धाहरूको हेरचाह गर्ने र मलामी जाने युवाको समेत अभाव देखिएको छ। 

प्लास्टिकमुनि जनता 

जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट घरबार गुमाएका पीडितहरू प्लास्टिकमुनि बस्न बाध्य रहेको एमालेले जनाएको छ। संकल्प यात्राका क्रम त्यहाँ पुग्दा भूकम्पपीडितको अवस्था दयनीय पाइएको अध्यक्ष ओलीले नै बताए। उनका अनुसार एमालेका तर्फबाट खटिएका ११ सय स्वयंसेवकले १ हजार बढी अस्थायी आवास र १ सय बढी विद्यालयका कक्षा कोठा निर्माण गरेका छन्। 

उनले भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापना भने अत्यन्त सुस्त र निराशाजनक रहेको बताए। ‘अस्थायी आवसा नपाएका कारण चिसोले २० भन्दा बढीको ज्यान जानु सरकारको निकम्मापनाको उदाहरण मात्र होइन, लज्जास्पद स्थितिसमेत हो,’ उनले भने। उनले अविलम्ब अस्थायी अवासाका लागि राहत उपलब्ध गराएर र पीडितका लागि अस्थायी आवास सुनिश्चित गरेर नागरिक जीवन रक्षा गर्न जोडदार माग गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मध्यपहाडको १ हजार ८ सय ७९ किलोमिटरको संकल्प यात्रा केही दिनअघि सकेको थियो। झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नाम दिएको यो यात्रमा अध्यक्ष केपी शर्मा ओली पूरै १८ दिन रहे। यो नेपाली राजनीतिक दलले गरिएको पछिल्लो सबैभन्दा लामो यात्रा पनि हो। 

मंसिर १४ गतेबाट पश्चिमको बैतडीको झुलाघाट हुँदै सुरुवात भएको यो यात्रा मध्यपहाडका ३० वटा जिल्ला पार गर्दै पुस १ मा पूर्व पाँचथरको चिवाभन्ज्याङमा पुगेर सकिएको थियो। यो समयमा एमालेले ४२ वटा जनतासभा, सय बढी संक्षिप्तसभा, भेला र भेटघाट गरेको जनाएको छ।  दुइटामिर्गौला फेरेका अध्यक्ष ओलीको आँट र जोसले यो यात्रामा थप ऊर्जा र महत्त्व बढाएको छ। 

आफ्नो स्वास्थ्यको ख्याल नराखी ओली यो यात्रामा अविराम खटिरहे। यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको एमालेको निश्कर्ष छ। राजनीतिक, सामाजिक तथा विकास र समृद्धिको दृष्टिकोणमा यो यात्रा महत्त्वपूर्ण रहेको देखिन्छ। यो एमालेले सञ्चालन गरेको भए पनि यथार्थमा राष्ट्रिय अभियान जस्तो बन्न पुगेको यसलाई नजिकबाट नियालेकाहरू बताउँछन्। 


 

Post a Comment

0 Comments