https://www.annapurnapost.com/story/455893/
१२ प्रकारका अपांगता, शिक्षा र सम्पत्तिमा महिला पछि
काठमाडौं : मुलुकको जनसंख्या हो– २ करोड ९१ लाख ६४ हजार ५ सय ७८। त्यसमध्ये ६६ लाख ६० हजार ८ सय ४१ जना अपांगता भएका व्यक्ति छन्। अर्थात् जनसंख्याको २ दशमलव २ प्रतिशत अपांगता भएका व्यक्ति छन्। अपांगताका प्रकार बढ्दै गए पनि साक्षरतादर निकै कम छ। राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार अपांगता भएका व्यक्तिमा सबैभन्दा बढी ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता छ। त्यस्तै, १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टियुक्त अपांगता, ८.९ प्रतिशतमा बहुअपांगता, ८ प्रतिशतमा सुस्तश्रवण, ७ दशमलव ९ प्रतिशत बहिरा, ६ दशमलव ४ प्रतिशतमा स्वर र बोलाइसम्बन्धी, ५ दशमलव ४ प्रतिशतमा पूर्ण दृष्टिविहीन, ४ दशमलव ३ प्रतिशतमा मानसिक वा मनोसामाजिक, १ दशमलव ८ प्रतिशतमा बौद्धिक अपांगता, १ दशमलव ६ प्रतिशतमा श्रवण दृष्टिविहीन, शून्य दशमलव ८ प्रतिशतमा अनुवंशीय रक्तश्राव (हेमोफेलिया) र शून्य दशमलव ८ प्रतिशतमा अटिजमसम्बन्धी अपांगता छ।
अपांगता महिलाको अवस्था निकै कमजोर
सामान्य अवस्थाको महिलाको भन्दा अपांगता भएका महिलाको अवस्था निकै कमजोर देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपतथ्यांक अधिकारी डा. हेमराज रेग्मी बताउँछन्। कार्यालयका प्रवक्ता रेग्मीका अनुसार ११.७ प्रतिशत महिलाको नाममा मात्रै घर र जग्गा दुवै देखिएको छ। ९.६ प्रतिशत अपांगता भएका महिलाको नाममा जग्गा मात्र देखिएको छ। २३.४ प्रतिशत अपांगता भएका महिलाको नाममा घर र जग्गा दुवै रहेको डा. रेग्मीले बताए।
२८ प्रतिशत अपांग अविवाहित जनगणना २०७८ ले अपांगता भएका २७ दशमलव ८ प्रतिशत व्यक्ति अविवाहित रहेको देखाएको छ। ५७ दशमलव ६ प्रतिशत विवाहित रहेको देखिएको छ। यसैगरी १३ प्रतिशत विदुर, शून्य दशमलव ४ प्रतिशत एकल महिला र १ दशमलव २ प्रतिशतको सम्बन्ध विच्छेद रहेको देखाएको छ। १० वर्ष वा सोभन्दा बढी उमेरका अपांगता भएका व्यक्तिमा पुरुषको संख्या २९ दशमलव ४ प्रतिशत र महिलाको जनसंख्या २५ दशमलव ९ प्रतिशत रहेको देखिन्छ।
प्रदेशअनुसार कोशी प्रदेशमा ३० प्रतिशत अविवाहित छन्। यसैगरी मधेस प्रदेशमा २६ प्रतिशत अपांगता भएका व्यक्तिको विवाह भएको छैन। बागमती प्रदेशमा २८ दशमलव ४ प्रतिशत, गण्डकी प्रदेशमा २७ प्रतिशत, लुम्बिनी प्रदेशमा २७ दशमलव ९, कर्णाली प्रदेशमा २८ दशमलव ५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २५ दशमलव १ प्रतिशत अपांगता भएका व्यक्ति अविवाहित रहेको जनगणनाको तथ्यांकले औंल्याएको छ।
मुलुकमा १० वर्ष बढी उमेरको जनसंख्या २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ छ। तीमध्ये ३३.१ प्रतिशत अविवाहित छन्। पुरुष ३८ दशमलव २ प्रतिशत र महिला २८ दशमलव ४ प्रतिशत अविवाहित रहेको तथ्यांकले देखाएको छ। १० वर्षमाथिका ६१.८ प्रतिशत विवाहित छन्। विवाहित पुरुष ५९ दशमलव १ प्रतिशत र महिला ६४ दशमलव ३ प्रतिशत छन्।
बौद्धिक अपांगतालाई विवाहमा समस्या
सबैभन्दा बढी (६७.१ प्रतिशत) प्रतिशत बौद्धिक अपांगता भएका व्यक्तिहरू अविवाहित छन्। सबैभन्दा कम (१३.१ प्रतिशत) प्रतिशत न्यून दृष्टियुक्त अपांगता भएका व्यक्ति अविवाहित छन्। सबैभन्दा बढी (७२.५ प्रतिशत) प्रतिशत अनुवंशिक रक्तश्राव (हेमोफेलिया) भएका व्यक्ति विवाहित छन्। सबैभन्दा कम (२३.५४) प्रतिशत बौद्धिक अपांगता भएका व्यक्तिको विवाह भएको छ।
३८ प्रतिशत मात्रै अपांगता भएका महिला साक्षर
जनगणनाअनुसार अपांगता भएका ६, लाख २१ हजार ४ सय २३ जना छन्। तीमध्ये ३ लाख ११ हजार ६ सय ३० जना पढ्न र लेख्न दुवै जान्ने पाइएको छ। अर्थात्, अपांगता भएकाहरूको समग्र साक्षरतादर ५० दशमलव १ प्रतिशत छ। जसमा पुरुषको साक्षरतादर ६० प्रतिशत छ। तर, महिलाको साक्षरतादर ३८ दशमलव ५ प्रतिशत मात्रै छ।
मुलुकमा ५ वर्षभन्दा बढी उमेरको २ करोड ६७ लाख २५ हजार २ सय ९५ जनसंख्या छ। समग्र साक्षरतादर ७६ दशमलव २ प्रतिशत छ। जसमा पुरुषको साक्षरतादर ८३ दशमलव ६ प्रतिशत छ। महिलाको साक्षरतादर ६५ दशमलव ९ प्रतिशत छ। मुलुकको कुल साक्षरतादरभन्दा अपांगता भएका व्यक्तिको साक्षरतादर निकै कम रहेको देखिएको छ।
अपांगता भएकामध्ये सबैभन्दा बढी साक्षरतादर (६६.१ प्रतिशत) अनुवंशीय रक्तश्राव (हेमोफेलिया) भएकाहरूको छ। सबैभन्दा कम साक्षरतादर (२०.४४) बौद्धिक अपांगता भएका व्यक्तिको छ। अपांगता भएका व्यक्तिको साक्षरतादर हेर्दा पुरुषमा सबैभन्दा बढी ( ७६.७ प्रतिशत) अनुवंशीय रक्तश्राव (हेमोफेलिया) रहेको छ भने सबैभन्दा कम (२२.८ प्रतिशत) बौद्धिक अपांगता भएका व्यक्तिको रहेको छ।
यसैगरी महिलाहरूमा पनि अनुवंशीय रक्तश्राव (हेमोफेलिया) भएका महिलाहरूको साक्षरतादर बढी रहेको छ। जसको साक्षरतादर ५६.४ प्रतिशत र सबैभन्दा कम साक्षरतादर ( १७.८ प्रतिशत) बौद्धिक अपांगता भएका महिलाको रहेको छ।
२७ प्रतिशत अशक्त र बिरामी
मुलुकमा २७ प्रतिशत अपांगता भएका व्यक्ति अशक्त र बिरामी छन्। तथ्यांकअनुसार त्यसैकारण उनीहरू कुनै पनि काम गर्न सक्ने अवस्थामा छैनन्। श्रवण दृष्टिविहीन भएका व्यक्तिहरू ९६.४ प्रतिशत अक्सर रोजगारी गर्छन्। अक्सर सक्रियमध्ये सबैभन्दा बढी बेरोजगार मानसिक वा मनोसामाजिक अपांगता भएका व्यक्तिहरू छन्। यस्ता अपांगता भएका १७ प्रतिशत बेरोजगार छन्।
श्रवण दृष्टिविहीन भएका ९७ प्रतिशत पुरुष अक्सर रोजगारमा रहेको देखाइएको छ। सबैभन्दा बढी बेरोजगार मानसिक वा मनोसामाजिक अपांगता भएका व्यक्तिहरू १७.८ प्रतिशत छन्। अपांगता भएका महिलामा सबैभन्दा बढी श्रवण दृष्टिविहीन भएका ९५ दशमलव ४ प्रतिशत अक्सर रोजगारमा देखिन्छन्। सबैभन्दा बढी बेरोजगार बौद्धिक अपांगता भएका १७ प्रतिशत महिला छन्।
दश वर्षभन्दा बढी उमेरका ४ लाख २१ हजार ४ सय ३ जनाले ६ महिनाभन्दा कम समय वा कुनै पनि बेला आर्थिक काम नगरेको बताएका थिए। सबैभन्दा धेरै २७ प्रतिशत अशक्त /बिरामी भएका कारणले काम नगरेको तथ्यांकमा उल्लेख छ। २१ दशमलव ४ प्रतिशतले रोजगारी नपाएको, वृद्ध अवस्थाका २० दशमलव ७ प्रतिशत, घरधन्दामा सीमित १२ प्रतिशत, विद्यार्थी ११ दशमलव ४ प्रतिशतले काम नगरेको देखिएको छ। यस्तै, जनगणनाको तथ्यांकमा पारिवारिक हेरचाह ४ दशमलव ४ प्रतिशत, पेन्सन/आयस्ता २ दशमलव ५ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा शून्य दशमलव २ प्रतिशतले गरिरहेका पाइएको छ।
६ प्रतिशतसँग कुनै साधन-सुविधा नभएको
जनगणनाका बेला रेडियो, टेलिभिजन, ल्यान्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, कार/जिप/भ्यान, मोटरसाइकल/स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनरलगायत १४ वटा छनोट विकल्प सहितका प्रश्न सोधिएको थिए। अपांगता भएका परिवारमध्ये ५ दशमलव ९ प्रतिशत परिवारले १४ वटै किसिमका कुनै पनि साधन/सुविधा उपलब्ध नभएको जवाफ दिएका थिए।
९४ दशमलव १ प्रतिशत परिवारले कम्तीमा एक किसिमको साधन/सुविधा उपलब्ध भएको तथ्यांकमा देखिएको छ। साधारण मोबाइल फोन हुने वा स्मार्ट मोबाइल फोन हुने परिवारको संख्या ९० दशमलव ५ प्रतिशत देखिएको छ। अपांगता भएको परिवारमध्ये ४३ दशमलव ३ प्रतिशतमा टेलिभिजन, ३६ दशमलव ९ प्रतिशतमा रेडियो सुविधा, ३० दशमलव ९ प्रतिशतमा इन्टरनेट सुविधा र ३२ दशमलव ४ प्रतिशतमा साइकल उपलब्ध रहेको देखिन्छ।
देशभरका ३ दशमलव ९ प्रतिशत परिवारहरूमा उल्लिखित कुनै पनि साधन/सुविधा उपलब्ध नभएको देखिन्छ। ९६ दशमलव १ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको साधन/सुविधा उपलब्ध भएको तथ्यांकले देखाएको छ।
६३ प्रतिशतले काठदाउराको प्रयोग
९२ दशमलव ८ प्रतिशत अपांगहरू आफ्नै स्वामित्वको घरमा बसेका छन्। ६ प्रतिशत अपांगहरू भाडाको घरमा बसेका छन्। शून्य दशमलव ४ प्रतिशत अपांगता भएकाहरू संस्थागत घरमा छन्। शून्य दशमलव ८ प्रतिशत अपांगता भएकाहरू अन्य परिवारसँग बसोबास गरिरहेका छन्। आधाभन्दा बढी अर्थात् ५९ प्रतिशतले धाराको पानी प्रयोग गर्छन्। हाते पम्पको प्रयोग गर्नेहरू २८ दशमलव ६ प्रतिशत छन्। अपांगता भएका अधिकांशले खाना पकाउन इन्धनका रूपमा काठदाउराको प्रयोग गर्ने गरेका छन्। ६३ प्रतिशतले काठदाउराको प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ। खाना पकाउन एलपी ग्यासको प्रयोग गर्नेहरू ३२ दशमलव ४ प्रतिशत मात्रै छन्।
अपांगता भएका परिवारमध्ये २३ प्रतिशत परिवारबाट कोही न कोही सदस्य विदेशमा रहेका छन्। जनगणनामा अनुपस्थित भनेर राखिएको यस वर्गमा अपांगता भएका परिवारको १ लाख ९७ हजार ३ सय २० जना व्यक्तिहरू अनुपस्थित थिए।
मुलुकमा कुल परिवार संख्या ६६ लाख ६६ हजार ९ सय ३७ छ। जसममध्ये ५ लाख ५९ हजार ८ सय ३० परिवारमा कुनै न कुनै प्रकारका अपांगता भएका व्यक्तिको बसोबास रहेको तथ्यांकले देखाएको छ। यो कुल परिवार संख्याको ८.४ प्रतिशत हो। कुल जनसंख्यामा अपांगता भएका २.२ प्रतिशत छन्। पुरुषहरू २ दशमलव ५ र महिला २ प्रतिशत अपांग छन्।
जनगणनाको प्रतिवेदनअनुसार ३ दशमलव १ प्रतिशत अर्थात् २ लाख ५ हजार ५ सय ५५ जना घरपरिवारमुली अपांगता भएका व्यक्ति छन्।
तथ्यांक संकलनमा संयुक्त राष्ट्रसंघको यस्तो थियो सिफारिस्
अपांगता निर्धारण र अन्तर्राष्ट्रिय तुलनाको लागि ६ डोमेनहरू समावेश गर्न सकिने भनी संयुक्त राष्ट्र संघले विश्व जनगणना राउन्ड २०२० मा सिद्धान्त र सुझाव सिफारिस गरेको छ। त्यसअनुसार ०७८ को जनगणना गरिएको थियो।
- दृष्टिमा कठिनाइ (चस्मा लगाउँदा पनि),
- श्रवण कठिनाइ (श्रवणयन्त्र प्रयोग गर्दा पनि ),
- हिँडाइमा कठिनाइ,
- सम्झन वा ध्यान केन्द्रित गर्न कठिनाइ
- व्यक्तिगत हेरचाह गर्न कठिनाइ,
- सञ्चारमा कठिनाइ,
प्रत्येक ६ डोमेनमा समस्याको स्तर मापन गर्न सिफारिस गरेको छ। स्तर मापनअन्तर्गत १. समस्या नभएको, २. थोरै समस्या, ३. धेरै समस्या र ४. पूर्णतः असक्षम पर्छन्।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा शारीरिक अंग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपांगतालाई १० वटा वर्गमा वर्गीकरण गरिएको छ।
१.शारीरिक अपांगता
२.दृष्टिसम्बन्धी अपांगता
क) दृष्टिविहीनता
ख) न्यून दृष्टियुक्त
ग) पूर्ण दृष्टिविहीन
३. सुनाइसम्बन्धी अपांगता
क) बहिरा
ख) सुस्तश्रवण
४.श्रवण दृष्टिविहीन अपांगता
५.स्वर र बोलाइसम्बन्धी अपांगता
६.मानसिक वा मनोसामाजिक अपांगता
७. बौद्धिक अपांगता
८.अनुवंशीय रक्तश्राव (हेमोफिलिया ) सम्बन्धी अपांगता
९.अटिजमसम्बन्धी अपांगता
१०.बहुअपांगता
प्रत्येक १० वर्गको मापनका लागि अशक्तताको गम्भीरताका आधारमा अपांगतालाई चार प्रकारमा वर्गीकरण गरेको छ।
- पूर्णअशक्त अपांगता
- अतिअशक्त अपांगता
- मध्यम अपांगता
- सामान्य अपांगता
कानुनतः मुलुकमा १० प्रकारका अपांगता भएका व्यक्ति छन्। तर, जनगणना प्रयोजनका लागि भने अपांगतालाई १२ प्रकारमा वर्गीकरण गरिएको छ।
१. शारीरिक अपांगता (३७.१ प्रतिशत)
स्नायु, मांसपेशी र जोर्नीहरू तथा हड्डीको बनावट एवं सञ्चालन कार्यहरूमा भएको समस्याको कारणबाट व्यक्तिमा शारीरिक अंगहरूको सञ्चालन, प्रयोग र हिँड्डुलमा आएको समस्या शारीरिक अपांगता हो। अर्थात् शरीरको अंग जस्तैः हात खुट्टा लुलो र साँगुरो भएको, छोटो वा अररो भएको वा पूरा शरीर बांगिएको वा यी कुनै अंगमा सामान्य रूपले काम गर्न नहुने गरी कुनै किसिमको विचलन भएको भए शारीरिक अपांगता भएको मानिन्छ।
- शरीरका अंगहरू चलाउन कठिनाइ
- हिँड्डुल गर्न, सिँडी उक्लन, हातखुट्टा चलाउन कठिनाइ
- ढाड, गर्धन नचल्ने अवस्था, मांशपेशी, नशासम्बन्धी कठिनाइ
- हात, खुट्टा गुमाएको वा नचल्ने, छोटो हुने, कमजोर भई काम नगर्ने अवस्था
- मांशपेशी विचलन, मेरुदण्ड पक्षघात भएको अवस्था,
- होचा पुड्का हुने अवस्था
- वैशाखी, ह्विलचियर, ट्राइसाइकल, लठ्ठी, क्यालिपर, विशेष प्रकारको जुत्ता, कृत्रिम हात वा प्रयोग गरेर दैनिक जीवनका कामहरू गर्नुपर्ने अवस्था
- एउटा आँखा नभएको अवस्था।
२. न्यूनदृष्टियुक्त( १७.१ प्रतिशत)
कुनै व्यक्तिको औषधि, शल्यचिकित्सा तथा चस्मा प्रयोगजस्ता उपचारबाट पनि २० फिटको दूरीबाट छुट्याउन सक्दैन भने त्यस्तो व्यक्तिलाई न्यून दृष्टियुक्त मानिएको छ। यस्ता व्यक्तिका विशेषताहरू
- आँखा एकदमै कम देख्ने र वस्तु, अक्षर वा चिजबिज हेर्दा आँखाको नजिकै लगेर हेर्नुपर्ने
- असाध्य पावरफुल चश्मा लगाएर पनि वस्तुहरू हेर्न आँखा नजिकै लानुपर्ने
- म्याग्निफाइङ ग्लासको प्रयोग गरेर वस्तुहरू वा अक्षरहरू चिन्न सक्ने
- धेरै प्रकाश भएको ठाउँमा वस्तुहरू छुट्याउन वा देख्न सक्ने तर छाँयामा देख्न नसक्ने।
३. पूर्ण दृष्टिविहीन( ५.४प्रतिशत)
सामान्यतया आफ्नो वरिपरिका वस्तु स्पष्ट नदेख्ने, वस्तु धमिलो देख्ने वा पूरै नदेख्ने वा देख्न नसक्ने समस्या भएका अर्थात् दृष्टिसम्बन्धी समस्याका कारणबाट व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रंगको ज्ञान नहुने स्थिति दृष्टिसम्बन्धी अपांगता हो। यसअन्तर्गत पूर्ण रूपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्तिलाई पूर्ण दृष्टिविहीन मानिएको छ।
४. बहिरा (७.९ प्रतिशत)
पूरै कान नसुन्ने, बोल्न नसक्ने र सञ्चारका लागि सांकेतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति बहिरा अपांगता समूहमा पर्छन्। दुर्घटनाको कारणले कान कत्ति पनि सुन्दैनन्, तर बोली प्रष्ट हुन्छ भने पनि उनीहरू ‘बहिरा’ अन्तर्गत नै पर्छन्।
- पूरै कान नसुन्ने र पूरै बोल्न नसक्ने
- श्रवण यन्त्र लगाएर पनि कुनै आवाज सुन्न नसक्ने
- सञ्चारका लागि सांकेतिक भाषा प्रयोग गर्नुपर्ने
- ८० डेसिवेलभन्दा माथिको आवाज पनि सुन्न नसक्ने।
५. सुस्तश्रवण (८ प्रतिशत)
कान कम मात्र सुन्ने, तर कम सुनेर स्पष्टसँग बोल्न सक्ने वा नसक्ने, सुन्नका लागि कानमा श्रवण यन्त्र राख्नुपर्ने व्यक्ति सुस्तश्रवण भएको व्यक्ति हो। स्पष्ट बोल्ने वा नबोल्नेभन्दा पनि कान कम सुन्ने कुरा मुख्य विषय हो। केही मानिसहरू जीवनकालमा पछि कान कम सुन्ने हुन्छन् तर बोली प्रष्ट बुझिने नै हुन्छ। यस्ता व्यक्तिका विशेषताः
- ठूला आवाज सुन्न सक्ने
- श्रवणयन्त्र लगाएर सुन्न सक्ने
- अलि–अलि अस्पष्ट बोल्न र ठूलो आवाज वा श्रवणयन्त्र लगाएर सुन्न सक्ने
- ८० डेसिवेलसम्मको आवाज सुन्न सक्ने।
६.श्रवण दृष्टिविहीन(१.६ प्रतिशत)
सुनाइसम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपांगता भएको वा यी दुवटा इन्द्रियसम्बन्धी अपांगताको संयुक्त अन्तरक्रिया रहेको व्यक्तिलाई श्रवण दृष्टिविहीन अपांगता भएको बुझ्नुपर्छ। उनीहरूका विशेषता ..
- सुन्ने र देख्ने दुवै अंगले गर्ने कार्यमा एकैपटक वा पालैपालो सीमितता वा शून्यता आएको अवस्था,
- यस्तो समस्या जन्मजात पनि देखापर्छ भने विभिन्न कारणले जन्मपश्चात्, युवा, प्रौढ वा जुनसुकै उमेरमा पनि हुन सक्छ।
जन्मपश्चात् यस्तो सीमितता हुनेहरूमा कोही पहिले श्रवणशक्ति गुम्दै पछि दृष्टि गुमेका छन् भने कोही पहिले दृष्टि गुमेर पछि श्रवणशक्ति गुमेकाहरू पनि हुन्छन्, यस्तो प्रकारको समस्या भएको व्यक्तिमा सामान्यदेखि अतिनै गम्भीर प्रकृतिको पनि हुने गर्छ।
७. स्वर र बोलाइसम्बन्धी (६.४ प्रतिशत)
स्वर र बोलाइसम्बन्धी अंगमा उत्पन्न अप्ठेरोका कारण तथा बोल्दा स्वरको उतारचढावमा कठिनाइ भएको, बोली स्पष्ट नभएको, बोल्दा शब्द वा अक्षर दोहोरिने समस्या भएको व्यक्तिलाई स्वर बोलाइसम्बन्धी अपांगता भएको बुझ्नुपर्छ।
- बोल्न, शब्दहरू अभिव्यक्त गर्न, आवाज निकाल्न समस्या हुने,
- बोल्दा स्पष्ट नबुझिने,
- शब्दहरू दोहोरिने वा बोल्दा भकभकाउने, बोल्दा बोल्दै बिचमा लामो समयसम्म अड्किने
- शब्दहरू उच्चारण गर्न कठिनाइ हुने वा बोलि नै नआउने पनि हुने,
- बोल्दा स्वरयन्त्रको आवश्यकता पर्ने।
७. मानसिक वा मनोसामाजिक( ४.३ प्रतिशत)
मस्तिष्क र मानसिक अंगमा आएको समस्या तथा सचेतना, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थितिअनुसार व्यवहार गर्न समस्या हुने अवस्थाका व्यक्ति यसअन्तर्गत पर्छन्। असफलता, खिन्नता वा तनाव आदिको कारणले मानिसको जुनसुकै उमेर वा अवस्थामा मनोसामाजिक अपांगता देखापर्न सक्छ। यस्ता व्यक्तिमा निम्न विशेषता हुन्छन्।
- यो जन्मजात हुँदैन, उपचार गरेको अवस्थामा निको हुन सक्छ।
- मानसिक अस्वस्थता वा विचलन वा विकृतिको कारण दैनिक जीवनयापन गर्न कठिनाइ भएका व्यक्ति,
- यस्तो अपांगता झट्ट हेर्दा बाहिरबाट नदेखिने तर मानिसको सामाजिक व्यवहारमा देखिने।
८. बौद्धिक अपांगता( १.८ प्रतिशत)
उमेर वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरण सापेक्ष क्रियाकलापहरू गर्न समस्या हुने व्यक्तिलाई बौद्धिक अपांगता भनिन्छ। बौद्धिक अपांगता कुनै रोग होइन, यो एउटा अवस्था हो। यो अवस्था जन्मजात पनि हुनसक्छ। सामान्य अर्थमा उमेरअनुसार गर्नुपर्ने दैनिक जीवनयापनका क्रियाकलापहरू जस्तैः खाना खाने, लुगा लगाउने, दिसा पिसाब र आफ्नो स्याहारमा अरूको मद्दत चाहिने वा स्मरण शक्ति कम हुने (जस्तैः अल्जाइमर, डाउन सिन्ड्रोम समेत) वा उमेरअनुसारको कुनै कुरा सिक्न ढिलो हुनुलाई बौद्धिक अपांगता भएको बुझ्नुपर्छ।
- सिकाइमा हुने ढिलाइ वा सुस्तता,
- मस्तिष्कले गर्ने कामहरूमा देखिने सीमितता,
- उमेरअनुसार गर्नुपर्ने व्यवहारहरू सिक्न र गर्न कठिनाइ हुने,
- युवा अवस्थामा प्रवेश गरे पनि व्यवहार भने सानो बच्चाको जस्तो नै रहने,
बौद्धिक अपांगता व्यक्तिहरूमा सामान्य भन्दा सामान्य कुरा वा सामाजिक व्यवहारहरू सिक्न निकै लामो समय लाग्ने र सिकिहाले भने पनि एकदमै चाँडो बिर्सने हुन्छ।
९. अनुवंशीय रक्तश्राव (हिमोफेलिया)(०.८ प्रतिशत)
अनुवंशीय असरका कारण रगतमा हुने तत्वमा बिचलन आई रगत जम्ने कार्यमा समस्या हुने शारीरिक अवस्थाका व्यक्ति यस अन्तर्गत पर्छन्।
सानोतिनो चोटपटक लाग्दा रगतलाई जम्न मद्दत गर्ने क्लटिङ फ्याक्टर वा प्लाज्माको कमी वा अभावको कारणले यस्तो हुने
- कुनै कारणले रक्तश्राव भयो भने रोकिँदैन, यस्तो रक्तश्राव आन्तरिक वा बाह्य हुने,
- व्यक्तिको ज्यानको लागि मस्तिष्कमा हुने रक्तश्राव असाध्य जोखिमपूर्ण हुने,
- आन्तरिक रक्तश्राव भइरहने हुनाले जोर्नीहरूमा असह्य पीडा हुने, हिँड्डुलमा समस्या हुने वा हिँड्डुल गर्न नसक्ने जस्ता सीमितता हुने गर्छ।
१०. अटिजम् (०.८ प्रतिशत)
जन्मजात रूपमा कुनै व्यक्तिको नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्याका कारण उमेरको विकाससँगै सामान्य व्यवहार नदेखिनु, संचारमा समस्या देखिनु, अस्वाभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्याइरहनु, अन्य व्यक्तिसँग घुलमिल नगर्नु, तीव्र क्रियाकलाप वा प्रतिक्रियाहरू देखाउनु, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुनु जस्ता समस्या भएका व्यक्तिलाई अटिजममा राखिएको छ। यस्ता व्यक्तिका विशेषता निम्न प्रकारका हुन्छन्।
- साथी भाइसँग घुलमिल हुन नचाहने, एक्लै बस्ने र आफ्नै तरिकाले गतिविधिहरू गर्ने,
- संचार गर्न नसक्ने, भाषा सिक्न नसक्ने,
- सामाजिक सिपहरू सिक्न वा सिकाउन कठिनाइ हुने,
- एउटै व्यवहार दोहोर्याइ रहने वा शरीरको कुनै अंग चलाइरहने, जस्तैः हात हल्लाइ रहने,
- दैनिक क्रियाकलापहरू गर्न वा पढ्न लेख्न सिकाउन बिल्कुलै फरक विधि र तरिकाहरू अपनाउनुपर्ने,
- आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने।
११. बहुअपांगता (८.९ प्रतिशत)
एउटै व्यक्तिमा कुनै दुई वा दुईभन्दा बढी अपांगताको अवस्था एउटै व्यक्तिमा देखापरेमा त्यो बहुअपांगताअन्तर्गत पर्छ। जस्तैः शारीरिक अपांगता र दृष्टिविहीनता, शारीरिक अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता आदि। श्रवण दृष्टिविहीन मात्र भएमा बहुअपांगताअन्तर्गत पर्दैन तर श्रवण दृष्टिविहीनसँगै अन्य अपांगता भएमा बहुअपांगतामा पर्छ।
- कोशी प्रदेशमा सबैभन्दा बढी शारीरिक अपांगता (३४.५४) छ। न्यून दृष्टियुक्त (१६.४ प्रतिशत) र बहुअपांगता (९.३ प्रतिशत) रहेको छ।
- मधेस प्रदेशमा सबैभन्दा बढी शारीरिक अपांगता (३७.७ प्रतिशत), न्यून दृष्टियुक्त (१७.३ प्रतिशत) र बहुअपांगता ( १०.४ प्रतिशत) छन्।
- बागमती प्रदेशमा शारीरिक अपांगता (३५.१ प्रतिशत), न्यून दृष्टियुक्त (१८.० प्रतिशत) र बहुअपांगता (९.४ प्रतिशत) रहेका छन्।
- यस्तै, गण्डकी प्रदेशमा शारीरिक अपांगता (३३.६ प्रतिशत), न्यून दृष्टियुक्त (१६.८ प्रतिशत) र बहिरा (१०.७ प्रतिशत) छन्।
- लुम्बिनी प्रदेशमा शारीरिक अपांगता (३७.८ प्रतिशत), न्यून दृष्टियुक्त (१७.७ प्रतिशत) र बहुअपांगता (८.५ प्रतिशत) छन्। कर्णाली प्रदेशमा शारीरिक अपांगता ( ४५.४ प्रतिशत), न्यून दृष्टियुक्त (१४.२ प्रतिशत) र बहिरा भएका (९.१ प्रतिशत) व्यक्ति छन्।
- सुदुरपश्चिमा शारीरीक अपागंता ४०.८ प्रतिशत, न्यून दृष्टि १७.७ प्रतिशत र बहु अपांगता ८.३ प्रतिशत व्यक्ति छन्।
सरोकारवाला भन्छन्– तथ्यांक अपूर्ण
जनगणना ०७८ ले अपांगताको सानो तथ्यांक मात्रै संकलन गरेको सरोकारवाला बताउँछन्। तर, जनगणना ०६८ को तुलनामा भने केही प्रश्नावली समेत तयार पारेर गरिएकोले यसलाई सकारात्मक मान्न सकिने उनिहरूको भनाइ छ।
‘जनगणनामा दुई तीनवटा प्रश्न राखेर अपांगताको तथ्यांक संकलन गरिएको थियो। यो तथ्यांकले देशमा अपांगता भएका व्यक्तिको ठूलो संख्या छ भन्ने कुराको संकेत गरेको छ’ राष्ट्रिय अपांगत महासंघका अध्यक्ष देवीदत्त आचार्यले भने ‘अपांगताको वास्तविक जनसंख्या र उनीहरूको विशेषता थाहा पाउनका लागि विस्तृत सर्वेक्षणको आवश्यकता पर्दछ।’ राष्ट्रिय तथ्यांक कार्यालय, महासंघ र यूएनडीपीको सहकार्यमा अपांगताको खण्डिकृत तथ्यांक हालसालै सार्वजनिक गरिएको हो । यो तथ्यांकीय प्रतिवेदन हालसम्म कै अपांगताको विस्तृत प्रतिवेदन भएपनि यसलाई पूर्ण मान्न नसकिने उनको भनाइ छ ।
राष्ट्रिय अपांग महासंघका अध्यक्ष आचार्यका अनुसार पहिलोपटक अपांगताको खण्डीकृत तथ्यांक प्रकाशन गरिए पनि यो पूर्ण छैन। ‘हालसालै सार्वजनिक गरिएको तथ्यांक खण्डीकृत हो तर विस्तृत होइन’ आचार्य भन्छन्, ‘नेपालमा करिब साढे ६ लाख अपांगता भएका व्यक्ति भनिएका आधारमा उनीहरूको डेमोग्राफी ब्रेक डाउन गरिएको छ। यो पर्याप्त हैन।’ वासिंटन ग्रुप अफ क्वेशनेयर(डब्ल्यूजीक्वी) आधारमा नआएको उनको भनाइ छ। यसले अपांगतासम्बन्धी योजना तर्जुमा गर्न र बजेट विनियोजना गर्न सहयोग पुग्ने उनको भनाइ छ।
राष्ट्रिय तथ्यांक कार्यालय यसो भन्छ
राष्ट्रिय अपांग महासंघले जनगणना गर्दा अपांगताको सघनताको आधारमा प्रकार राख्नुपर्ने माग गरेको थियो। करिब ४० हजार गणक र १० हजार सुपरीवेक्षकले गणना गरेका थिए। त्यसैकारण १२ प्रकारका अपांगतासम्बन्धी प्रकार समावेश गरिएको थियो। अपांगता भएका व्यक्तिको आर्थिक, सामाजिक लगायतका विभिन्न सूचकहरू प्राप्त गर्न अपांगतासम्बन्धी राष्ट्रिय सर्वेक्षणको आवश्यकता पर्दछ। आगामी दिनमा गरिने अपांगतासम्बन्धी राष्ट्रिय सर्वेक्षणको तयारीका लागि यस प्रतिवेदन मुख्य आधारको रूपमा रहने छ।
काठमाडौं : मुलुकको जनसंख्या हो– २ करोड ९१ लाख ६४ हजार ५ सय ७८। त्यसमध्ये ६६ लाख ६० हजार ८ सय ४१ जना अपांगता भएका व्यक्ति छन्। अर्थात् जनसंख्याको २ दशमलव २ प्रतिशत अपांगता भएका व्यक्ति छन्। अपांगताका प्रकार बढ्दै गए पनि साक्षरतादर निकै कम छ। राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार अपांगता भएका व्यक्तिमा सबैभन्दा बढी ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता छ। त्यस्तै, १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टियुक्त अपांगता, ८.९ प्रतिशतमा बहुअपांगता, ८ प्रतिशतमा सुस्तश्रवण, ७ दशमलव ९ प्रतिशत बहिरा, ६ दशमलव ४ प्रतिशतमा स्वर र बोलाइसम्बन्धी, ५ दशमलव ४ प्रतिशतमा पूर्ण दृष्टिविहीन, ४ दशमलव ३ प्रतिशतमा मानसिक वा मनोसामाजिक, १ दशमलव ८ प्रतिशतमा बौद्धिक अपांगता, १ दशमलव ६ प्रतिशतमा श्रवण दृष्टिविहीन, शून्य दशमलव ८ प्रतिशतमा अनुवंशीय रक्तश्राव (हेमोफेलिया) र शून्य दशमलव ८ प्रतिशतमा अटिजमसम्बन्धी अपांगता छ।
अपांगता महिलाको अवस्था निकै कमजोर
सामान्य अवस्थाको महिलाको भन्दा अपांगता भएका महिलाको अवस्था निकै कमजोर देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपतथ्यांक अधिकारी डा. हेमराज रेग्मी बताउँछन्। कार्यालयका प्रवक्ता रेग्मीका अनुसार ११.७ प्रतिशत महिलाको नाममा मात्रै घर र जग्गा दुवै देखिएको छ। ९.६ प्रतिशत अपांगता भएका महिलाको नाममा जग्गा मात्र देखिएको छ। २३.४ प्रतिशत अपांगता भएका महिलाको नाममा घर र जग्गा दुवै रहेको डा. रेग्मीले बताए।
जनगणना २०७८ ले अपांगता भएका २७ दशमलव ८ प्रतिशत व्यक्ति अविवाहित रहेको देखाएको छ। ५७ दशमलव ६ प्रतिशत विवाहित रहेको देखिएको छ। यसैगरी १३ प्रतिशत विदुर, शून्य दशमलव ४ प्रतिशत एकल महिला र १ दशमलव २ प्रतिशतको सम्बन्ध विच्छेद रहेको देखाएको छ। १० वर्ष वा सोभन्दा बढी उमेरका अपांगता भएका व्यक्तिमा पुरुषको संख्या २९ दशमलव ४ प्रतिशत र महिलाको जनसंख्या २५ दशमलव ९ प्रतिशत रहेको देखिन्छ।

0 Comments