हरेकजसो मुद्दामा किन पुनरावेदनमा जान्छ अख्तियार ?


हरेकजसो मुद्दामा किन पुनरावेदनमा जान्छ अख्तियार ?

हरेकजसो मुद्दामा किन पुनरावेदनमा जान्छ अख्तियार ?
46Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : सार्वजनिक पदमा बसेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेमा अनुसन्धान गर्ने र कारबाहीका लागि विशेष अदालतमा मुद्दा हाल्ने काम गर्छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग।

आयोगले दैनिकजसो विशेष अदालतमा मुद्दा पनि दर्ता गर्छ। तर, विशेषले अधिकांस मुद्दामा अख्तियारको दाबीअनुसार फैसला गर्दैन। अर्थात, अख्तियार मुद्दा हार्छ, आरोपीले सफाइ पाउँछन। त्यस्तो दर निकै छ।

त्यसैकारण, आयोग फैसला उपर पुनरावेदन/पुनरावलोकनका लागि सर्वोच्च अदालत पुग्ने गरेको छ। अख्तियारले दायर गरेका मुद्दामा विशेषबाट भएका फैसलामा चित्त नबुझेको अवस्थामा पुनरावेदन गर्छ। आर्थिक वर्षको प्रारम्भ (साउन १ देखि हालसम्म) अख्तियारले ४७ वटा मुद्दामा पुनरावेदन गरिसकेको छ। विशेष अदालतका अधिकांश फैसलामा अख्तियारले चित्त बुझाएको छैन।

नयाँ आर्थिक वर्ष लागेपछि अख्तियारले नयाँ मुद्दा दायर गर्नेभन्दा विशेषबाट एका फैसलाविरुद्ध पुनरावेदनलाई प्राथमिकता दिएको छ। साउन १ यता १५ मुद्दा मात्रै विशेष आदलतमा दायर भएका छन्। यो अवधिमा अख्तियारले दुई वटा स्टिङ अपरेसन पनि गरेको छ। अख्तियारले हालसम्म पुनरावेदन, पुनरावलोकनसहित ६५ वटा मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको धेरै जसो मुद्दामा मागदाबी बमोजिमको फैसला नभएपछि पुनरावेदनमा जानु परेको अख्तियारका अधिकारीहरू बताउँछन्। गत आर्थिक वर्षमा विशेषले भ्रष्टाचारसम्बन्धी ५ सय ६ मुद्दाको फैसला गरेको थियो। जसमा २ सय ४३ मुद्दामा सफाइ दिएको थियो। १ सय ५९ मुद्दामा अख्तियारको मागदाबी ठहर भएको थियो।

यस्तै, १ सय ४ मुद्दामा अख्तियारको दाबीलाई विशेष अदालतले आंशिक ठहर गरेको थियो। अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरे आयोगले विशेषका फैसलाविरुद्ध पुनरावेदनमा जोड दिएको बताए। 

पुनरावेदन गरिएका ठूला मुद्दा 
ललितपुरको गोदावरी नगरपालिकाका पाँचवटा मुद्दामा अख्तियारले पुनरावेदन गरेको छ। गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई विशेष अदालतबाट दिइएको सफाइविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको छ।

चार वर्ष नायब सुब्बा पदमा कार्यरत भण्डारीविरुद्ध अख्तियारले ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले ०८० कात्तिक २१ मा भण्डारीलाई सफाइ दिँदै अख्तियारको दाबी नपुग्ने फैसला गरेको थियो।

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहको फैसलाविरुद्ध पनि अख्तियारले पुनरावेदन गरेको छ। उनलाई सजाय कम भएको भन्दै अख्तियार पुनरावेदन गएको हो। ०८० पुस २५ गते प्रहरी कर्मचारीको तलबभत्ता अपचलन गरेको अभियोगमा विशेष अदालतले पूर्वडीआईजी शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरूलाई तीन–तीन वर्ष कैद र दुवैलाई १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा दरले भ्रष्टाचार गरेको ठहर गरेको थियो।

प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा नक्कली नाम बनाएर कर्मचारीको तलब, रासनमा भ्रष्टाचार गरेको अभियोगमा उनीसहित त्यहाँ कार्यरत प्रहरी अधिृकतविरुद्ध ४ देखि ६ वर्ष कैद र ३३ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो। उनीविरुद्ध ०७६ फागुन २० गते भ्रष्टाचारका मुद्दा दायर भएको थियो। छापामारको छोरो, ज्याक्सन हाइट, सिपाहीकी स्वास्नी, काठमान्डुमा कामरेडलगायत उनका कृति प्रकाशित छन्। छापामारको छोरा पुस्तक लेखेबाफत उनले २०६३ सालको मदन पुरस्कारसमेत पाएका थिए।

मधेस सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिद भ्रष्टाचार प्रकरणमा विशेषले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिँचाइ कार्यालय प्रमुख भगवान झासहितलाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद तथा १०–१० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर, यो फैसलामा पनि अख्तियारले चित्त बुझाएन्।

विशेषको फैसला चित्त नबुझाएर पुनरावेदनमा गएको छ। तत्कालीन प्रदेशसचिव भुसालविरुद्ध १० करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा चलाइएको थियो। भुसालसहित भगवान झा, राजाराम मण्डल, रामस्वार्थ महतो, जितमोहनकुमार दास, रेनु अग्रवाल र  श्रीओम सत्यसाई प्राइभेट लिमिटेड रहेको भ्रष्टाचार मुद्दामा विशेषबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ। 

अख्तियारले गत आर्थिक वर्षमा २ सय १ मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी सर्वोच्चमा ९२ वटा मुद्दा पुनरावेदन गरिएको छ।null

कहिले कुन मुद्दामा पुनरावेदन ?

असार १५ गते

  • विशेष अदालतबाट प्रतिवादी तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमसमेत रहेको भ्रष्टाचार मुद्दामा भएको फैसलामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।
  • प्रतिवादी दिलीप कार्की रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
  • प्रतिवादी रामजी जोशी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।

असार १६

विशेष अदालतबाट प्रतिवादी लक्ष्मण रानासमेत रहेको भ्रष्टाचार मुद्दामा भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।

असार १७

विशेष अदालतबाटै प्रतिवादी द्रोणप्रसाद पौडेलसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन।

असार १८

प्रतिवादी सुमित रौनियारसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।

असार २२

  • प्रतिवादी प्रकाश अधिकारीसमेत रहेको सरकारी छाप, दस्तखत किर्ते एवं सरकारी कागजात हेरफेर गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।
  • यस्तै, विशेष अदालतबाट प्रतिवादी खड्कबहादुर रोकायसमेत रहेको भ्रष्टाचार मुद्दामा भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।

असार २३

  • अख्तियारद्वारा दायर भई विशेष अदालतबाट प्रतिवादी रामवचन प्रसादसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन।
  • यस्तै, विशेष अदालतबाट प्रतिवादी शिवनारायण यादव रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं घूस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन।
  • विशेष अदालतबाट प्रतिवादी बेचन यादव मगरदैता रहेको घूस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।
  • यस्तै, प्रतिवादी झपेन पाण्डे रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।

साउन २५

अख्तियारबाट दायर प्रतिवादी कमलप्रसाद खनाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।

साउन २७

  • विशेष अदालतबाट प्रतिवादी गोकुल शर्मा पौडेलसमेत रहेको परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।
  • प्रतिवादी चोलाराज दंगाल रहेको गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।

साउन २८

  • अख्तियारबाट विशेष अदालतमा दायर प्रतिवादी होमेन्द्र गुरमैतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।
  • विशेष अदालतबाट प्रतिवादी सन्दीप केसीसमेत रहेको गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार पुनरावेदन।
  • विशेष अदालतबाट प्रतिवादी रामकाजी लामासमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।
  • यस्तै, प्रतिवादी कल्याणी सुवेदी रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।

साउन २९

प्रतिवादी भरतबहादुर बुढथापा रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।

साउन ३०

  • अख्तियारबाट दायर प्रतिवादी गोपालप्रसाद गैरेसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।
  • प्रतिवादी राजेन्द्रप्रसाद पाण्डेयसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन। प्रतिवादी कृष्णबहादुर केसीसमेत रहेको घूस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन।

भदौ २

प्रतिवादी रामचन्द्र मण्डल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट (नक्कली शैक्षिक प्रमाणपत्र) फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।

भदौ ३

  • प्रतिवादीहरू पाँचु राय, उपसचिव बासुदेव तिमल्सिना र नारायणप्रसाद बराल रहेको (नक्कली लिखत) भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर पुनरावेदन।
  • यस्तै, पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकी, तत्कालीन सबइन्जिनियर ललन मण्डल, खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सबइन्जिनियर दीपेश महतारासहित मानबहादुर रावत, वीरबहादुर बुढा र ज्ञानबहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।

भदौ ६

  • मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीका तत्कालीन कार्यालय प्रमुख महेशविक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरू तथा लेखा सहायक प्र.ह. केशव सिंह ऐरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर पुनरावेदन।
  • प्रतिवादी सिनियर डिभिजनल इन्जिनियर (सीडीई) भगवान झा, दिलीपकुमार प्रधान, सुरेन्द्रकुमार कर्ण र राजाराम मण्डल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट पुनरावेदन।
  • प्रतिवादी जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर पुनरावेदन।
  • प्रतिवादीहरू तत्कालीन मधेस प्रदेशका सचिव यामप्रसाद भुसाल, भगवान झा, राजाराम मण्डल, रामस्वार्थ महतो, जितमोहनकुमार दास, रेनु अग्रवाल र श्रीओम सत्यसाई प्राइभेट लिमिटेड रहेको (मधेस सरकारको साइकल काण्ड) सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन।

भदौ ९

  • कृषि ज्ञान केन्द्र, कालीकोट (हालः कृषि विकास कार्यालय, कालीकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालीकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, कालीकोटका तत्कालीन सबइन्जिनियर गुरुराज सन्ज्यालसमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।
  • महोत्तरी, बलवा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालवीर ठाकुर (स्वर्गीय), हीरालाल मण्डलसमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।
  • हरिबहादुर खत्री, टेकबहादुर केसीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन।
  • महोत्तरी पिपरा गाउँपालिकाका वडाध्यक्ष शम्भुप्रसाद यादव रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर पुनरावेदन।

भदौ १२

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन।

भदौ १३

सिर्जना सामुदायिक वन उपभोक्ता समूह, कोहलपुर–१२, बाँकेका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर पुनरावेदन।

भदौ १४

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, दशरथ भण्डारीसमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।
  • प्रतिवादीहरू निमित्त कार्यालय प्रमुख शिवजीप्रसाद राय, इन्जिनियर रामकिशोर साह र सबइन्जिनियर प्रेमचन्द्र झासमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।
  • प्रतिवादीहरू छोटेलाल चौधरी र जनकराज बोहरासमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।
  • गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, इन्जिनियर पूर्ण कुँवर र सब–इन्जिनियर प्रतिवादी नरेन्द्र शाहीसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा पुनरावेदन।
  • प्रतिवादी गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीसमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।
  • गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज बिष्ट, देवराज जोशी, इन्जिनियर पूर्ण कुँवरसमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।
  • प्रतिवादीहरू खेमराज बिष्ट, देवराज जोशी, पूर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा पुनरावेदन।

भदौ १८

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगन्ज, पर्साका सीडीई मदन मोहन झा, लेखा अधिकृत मुरारीप्रसाद आचार्यसमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदन।

भदौ १९

प्रतिवादीहरू राजकुमार थापा र बुद्धिविलास धितालले शिक्षक छनोटको अन्तर्वार्ताको क्रममा राखेको स्नातकोत्तर (एमएससी) तहको ट्रान्सक्रिप्ट फिर्ता गर्न घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा पुनरावेदन।

तीनवटामा पुनरावलोकन

  • प्रतिवादी फत्तेबहादुर सोडारी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावलोकन।
  • प्रतिवादी रमेशबहादुर बोहरासमेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावलोकन।
  • टेकबहादुर गुरुङ रहेको भ्रष्टाचार मुद्दामा पुनरावलोकन।

पुनरावेदनको विषय विशेषको फैसलामा निर्भर

नरहरि घिमिरे
प्रवक्ता, अख्तियार

गत वर्ष ९२ वटा मुद्दामा पुनरावेदन गरिएको थियो। यो पटक दुई महिना नपुग्दै गत वर्षभन्दा आधामा पुरावेदनमा गइसकेका छौ। अझै अरु मुद्दामा पनि पुनरावेदन जाने तयारी छ। पुनरावेदनमा कति जाने भन्ने विषय विशेष अदालतको फैसलामा निर्भर हुन्छ। आयोगको पक्षमा फैसला आयो भने केही गर्दैनौं। आयोगले दायर गरेको मुद्दामा विशेषबाट आंशिक सफाइ वा पूर्ण सफाइ भएमा पुनरावेदनमा जान्छौं। त्यतिकै होइन, पहिला अध्ययन गरिन्छ। अनि आयोगले निर्णय गर्छ। संसारभर नै एक पटक भएको फैसलामा अपिल गर्ने मौका हुन्छ। हामीले पनि त्यही गरेका हौं। यो आयोगको नियमित काम नै हो।


अख्तियारले मुद्दा हाल्छ, प्रमाण पुर्या‍उँदैन 

खेमराज रेग्मी, पूर्वअध्यक्ष ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका पूर्वअध्यक्ष

अख्तियारमा राम्रोसँग अनुसन्धान हुँदैन। कतिपय मुद्दा इन्ट्रेस्टका विषय पनि हुन्छन्। अदालतलाई एकएक तथ्य प्रमाण पुर्‍याउनुपर्छ। अख्तियारले मुद्दा त हाल्छ, तर एक/एक तथ्य, प्रमाण पुर्‍याउन सक्दैन। अनि असफल हुन्छ। कतिपय त रिसइबी र बदलाको भावले पनि मुद्दा दायर भएका हुन्छन्। त्यस्ता मुद्दा जित्ने कुरै भएन।

पछिल्लो समय स्थानीय तह र प्रदेशमा धेरै बजेट गएको छ। यसले गर्दा त्यहाँका उजुरी आयोगमा धेरै पर्छन्। मुद्दा पनि पर्छन्। अर्को कुरा अख्तियारले पैसा दिएर गरिने स्टिङ अपरेसन खारेज भइसक्यो। आफैं पैसा दिएर गरिने स्टिङ अपरेसनले पनि मुद्दाको सफलता दर बढाएको थियो। त्यो अहिले छैन। अख्तियार सफल हुने भनेको नक्कली प्रमाणपत्रका मुद्दा हो। त्यो पछिल्लो समय कम हुँदै गएको छ।


पुनरावेदन गर्नु स्वाभाविक प्रक्रिया 

भरत थापा - पूर्वसचिव, सुशासनविद्

अदालतका फैसलामा अख्तियारले चित्त बुझाएन भने पुनरावेदनमा जान्छ। यो स्वाभाविक र निरन्तर प्रक्रिया हो। अख्तियार हारेपछि पुनरावेदनमा नगएको भए प्रश्न गर्ने ठाउँ हुन्थ्यो। तर आफूले दायर गरेको मुद्दा र गरेको अनुसन्धान विषयमा अख्तियार जिम्मेवार नै रहेछ, अदालतको फैसलाप्रति सन्तुष्ट छैन भन्ने यसले देखाएको छ। पुनरावेदन एका मुद्दालाई सर्वोच्चले समयमा फैसला गरेर न्यायिक निरूपण गर्नुपर्छ। मुद्दा लामोसम्म राखेर नटुंग्याई बस्नुचाहिँ भएन।


 

Post a Comment

0 Comments