९ वर्षपछि भेटियो हराएको विश्व शान्ति मण्डला -समाचार प्रभाव













https://www.annapurnapost.com/story/477644/
 
 काठमाडौं : विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’ ९ वर्षपछि भेटिएको छ । काठमाडौं गोंगबुस्थित डेराबाट बरामद गरिएको उक्त मण्डला प्रहरीले लुम्बिनी विकास कोषको जिम्मा लगाउन तयारी गरिरहेको छ । काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर    थकालीको कोठाबाट ८१ थान    थाङ्का बरामद गरिएको हो । सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं–२६ बसोबास गरिरहेका ६४ वर्षीय थकालीबाट बरामद थाङ्का लुम्बिनी विकास कोषमा हस्तान्तरणको लागि प्रहरी परिसरमा राखिएको छ ।   गायब भएको इतिहास विश्व शान्ति मण्डला सन् २०१६ मा जापान–नेपाल कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा नेपाल ल्याइएको थियो । काठमाडौं, पोखरा र लुम्बिनीमा भव्य प्रदर्शनपछि मण्डला ‘हराएको’ थियो । यो हराइले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल बनाएको भन्दै लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो ।    कसरी हरायो मण्डला ?  मण्डला नेपाल ल्याउने जिम्मा थकालीलाई दिइएको थियो । तर, प्रदर्शनपछि उनले सम्बन्धित निकायलाई नफिर्ता गरी आफ्नै नियन्त्रणमा राखे । थकालीले यो मण्डला भन्सार प्रक्रिया पूरा गरी नेपाल ल्याएको दाबी गर्दै लुकाएर राखेका थिए ।  अर्कोतर्फ, जापानी नागरिक कातागिरी याचुतादाले मण्डला आफ्नो भएको भन्दै पटक–पटक फिर्ता माग गर्दै आएका थिए । कातागिरीले नेपाल सरकार, संस्कृति मन्त्रालय, प्रहरी प्रशासन र नेपाली दूतावासमार्फत अनेक प्रयास गर्दा पनि मण्डला फिर्ता हुन सकेको थिएन । अन्ततः ९ वर्षपछि प्रहरीको सक्रियतामा मण्डला बरामद गरिएको हो ।  अदालत र प्रशासनको संलग्नता २०७६ मा जापानी नागरिक कातागिरीको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । त्यसपछि उच्च अदालत पाटनमा थकालीले अन्तरिम आदेश माग्दै निवेदन दिएका थिए । अदालतले दुवै पक्षलाई पर्यटन मन्त्रालयमा उपस्थित भएर छलफल गर्न निर्देशन दिएको थियो ।  त्यसयता पटक–पटकको पत्राचार र प्रशासनिक प्रयासपछि २०८१ असार १० मा लुम्बिनी विकास कोषलाई थांका हस्तान्तरण गर्ने सहमति भएको थियो । तर थकालीले ढिलाइ गर्दा प्रहरीको हस्तक्षेप आवश्यक बन्यो ।  मण्डलाको अद्भुत कथा सन् १९९४ मा जापानी नागरिक कितामुराको सोचबाट सुरु भएको मण्डला योजनामा सूर्य थकालीसमेत सुरुदेखि संलग्न थिए । ‘घरजत्रो मण्डला’ बनाउने कल्पनाबाट सुरु भएको अभियान जापानमा धार्मिक आतंकवादका कारण रोकिएको थियो ।  तर जापानी नागरिक कातागिरी याचुतादाले योजना पुनः ब्यूँताउँदै एम–२१ नेटवर्क टोकियो नामक संस्था स्थापना गरे । उनले १६ देशका १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी लगातार तीन वर्ष लगाएर ८१ टुक्रामा मण्डला तयार गरे । यो मण्डलाको आकार ७०×५० मिटर र तौल करिब २ टन छ ।   मण्डलाका दुई टुक्रा नेपालमा निर्माण भएका थिए । बाँकी ७५ प्रतिशत जापानमा र अन्य १५ देशमा बनाइएको थियो । मण्डला प्रदर्शनबाट उठ्ने रकम एसियाली बालबालिकाको शिक्षामा खर्च गर्ने लक्ष्य लिइएको थियो ।  प्रदर्शन र विवाद २०१२ मा थकालीकै नेतृत्वमा नेपालमा मण्डलाको भव्य प्रदर्शन गरिएको थियो । त्यसको प्रभावले २०१६ मा कातागिरीले मण्डला पुनः नेपाल पठाएका थिए । तर प्रदर्शनपछि थकालीले मण्डला फिर्ता गरेनन् । त्यसैले टोकियो ओलम्पिक २०२० मा गर्ने भनिएको प्रदर्शनी पनि हुन सकेन । कातागिरीले जापान, श्रीलंका, म्यानमार लगायतका देशबाट माग आएपनि मण्डला फिर्ता नपाएपछि प्रदर्शन रोकिएको बताए ।

९ वर्षपछि भेटियो हराएको विश्व शान्ति मण्डला

९ वर्षपछि भेटियो हराएको विश्व शान्ति मण्डला
सुन्नुहोस्
1.7kShares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’ ९ वर्षपछि भेटिएको छ । काठमाडौं गोंगबुस्थित डेराबाट बरामद गरिएको उक्त मण्डला प्रहरीले लुम्बिनी विकास कोषको जिम्मा लगाउन तयारी गरिरहेको छ । काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर

थकालीको कोठाबाट ८१ थान 

थाङ्का बरामद गरिएको हो । सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं–२६ बसोबास गरिरहेका ६४ वर्षीय थकालीबाट बरामद थाङ्का लुम्बिनी विकास कोषमा हस्तान्तरणको लागि प्रहरी परिसरमा राखिएको छ ।

गायब भएको इतिहास
विश्व शान्ति मण्डला सन् २०१६ मा जापान–नेपाल कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा नेपाल ल्याइएको थियो । काठमाडौं, पोखरा र लुम्बिनीमा भव्य प्रदर्शनपछि मण्डला ‘हराएको’ थियो । यो हराइले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल बनाएको भन्दै लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो ।  

कसरी हरायो मण्डला ? 
मण्डला नेपाल ल्याउने जिम्मा थकालीलाई दिइएको थियो । तर, प्रदर्शनपछि उनले सम्बन्धित निकायलाई नफिर्ता गरी आफ्नै नियन्त्रणमा राखे । थकालीले यो मण्डला भन्सार प्रक्रिया पूरा गरी नेपाल ल्याएको दाबी गर्दै लुकाएर राखेका थिए ।

अर्कोतर्फ, जापानी नागरिक कातागिरी याचुतादाले मण्डला आफ्नो भएको भन्दै पटक–पटक फिर्ता माग गर्दै आएका थिए । कातागिरीले नेपाल सरकार, संस्कृति मन्त्रालय, प्रहरी प्रशासन र नेपाली दूतावासमार्फत अनेक प्रयास गर्दा पनि मण्डला फिर्ता हुन सकेको थिएन । अन्ततः ९ वर्षपछि प्रहरीको सक्रियतामा मण्डला बरामद गरिएको हो ।

अदालत र प्रशासनको संलग्नता
२०७६ मा जापानी नागरिक कातागिरीको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । त्यसपछि उच्च अदालत पाटनमा थकालीले अन्तरिम आदेश माग्दै निवेदन दिएका थिए । अदालतले दुवै पक्षलाई पर्यटन मन्त्रालयमा उपस्थित भएर छलफल गर्न निर्देशन दिएको थियो ।

त्यसयता पटक–पटकको पत्राचार र प्रशासनिक प्रयासपछि २०८१ असार १० मा लुम्बिनी विकास कोषलाई थांका हस्तान्तरण गर्ने सहमति भएको थियो । तर थकालीले ढिलाइ गर्दा प्रहरीको हस्तक्षेप आवश्यक बन्यो ।

मण्डलाको अद्भुत कथा
सन् १९९४ मा जापानी नागरिक कितामुराको सोचबाट सुरु भएको मण्डला योजनामा सूर्य थकालीसमेत सुरुदेखि संलग्न थिए । ‘घरजत्रो मण्डला’ बनाउने कल्पनाबाट सुरु भएको अभियान जापानमा धार्मिक आतंकवादका कारण रोकिएको थियो ।

तर जापानी नागरिक कातागिरी याचुतादाले योजना पुनः ब्यूँताउँदै एम–२१ नेटवर्क टोकियो नामक संस्था स्थापना गरे । उनले १६ देशका १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी लगातार तीन वर्ष लगाएर ८१ टुक्रामा मण्डला तयार गरे । यो मण्डलाको आकार ७०×५० मिटर र तौल करिब २ टन छ । 
 मण्डलाका दुई टुक्रा नेपालमा निर्माण भएका थिए । बाँकी ७५ प्रतिशत जापानमा र अन्य १५ देशमा बनाइएको थियो । मण्डला प्रदर्शनबाट उठ्ने रकम एसियाली बालबालिकाको शिक्षामा खर्च गर्ने लक्ष्य लिइएको थियो ।

प्रदर्शन र विवाद
२०१२ मा थकालीकै नेतृत्वमा नेपालमा मण्डलाको भव्य प्रदर्शन गरिएको थियो । त्यसको प्रभावले २०१६ मा कातागिरीले मण्डला पुनः नेपाल पठाएका थिए । तर प्रदर्शनपछि थकालीले मण्डला फिर्ता गरेनन् । त्यसैले टोकियो ओलम्पिक २०२० मा गर्ने भनिएको प्रदर्शनी पनि हुन सकेन । कातागिरीले जापान, श्रीलंका, म्यानमार लगायतका देशबाट माग आएपनि मण्डला फिर्ता नपाएपछि प्रदर्शन रोकिएको बताए ।

Post a Comment

0 Comments