अल्पकालीन राहतमा ९ अर्ब, दीर्घकालीन पुनर्निर्माणमा ७ खर्ब



 

अल्पकालीन राहतमा ९ अर्ब, दीर्घकालीन पुनर्निर्माणमा ७ खर्ब

अल्पकालीन राहतमा ९ अर्ब, दीर्घकालीन पुनर्निर्माणमा ७ खर्ब
33Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं : रसुवास्थित भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब बढी लाग्ने सरकारी अनुमान छ।  राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। सबैभन्दा धेरै पूर्वाधार क्षेत्रमा ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

१९२ किलोमिटर क्षेत्र प्रभावित, धेरै क्षति रसुवामा 

भदौ १० गते भोटेकोशी नदीमा आएको जलप्रलयबाट ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको छ। ऐतिहासिक बेत्रावती बजारदेखि देवीघाटमा अकल्पनीय क्षति भएको छ।  रसुवा नुवाकोट हुँदै चितवनसम्मको १९२ किलोमिटर क्षेत्र बाढीबाट प्रभावित भएको छ। सबैभन्दा ठूलो क्षति रसुवामा भएको छ, त्यसपछि नुवाकोटमा जलप्रलयले  धेरै क्षति पु¥याएको छ। धादिङको मलेखु बजारमा पनि बाढीले क्षति पु¥याएको छ। रसुवाको रसुवागढी, घट्टे खोला, टिमुरे, स्याप्रुबेंसी, हाकुबेंसी, मैलुङ, बेत्रावती,  खाल्टे उजाड बनाएको छ। यो प्रलयले नुवाकोटको बेत्रावती, त्रिशूली बजार, टुप्चे, ढुंगेबजार, देवीघाटमा अकल्पनीय क्षति भएको छ। 

मानवीय क्षति उस्तै 

यो समाचार तयार पार्दासम्म बाढीमा मृत्यु भएका १ सय ३ सय ८५ जनाको शव प्राप्त भएको छ। जसमा ५ सय ९ वटा शवका आंशिक अंग मात्रै भेटिएका छन्। हालसम्म १ सय ३ वटा शव परिवारका सदस्यलाई हस्तान्तरण गरिएका छन्।   अझै ५ हजार १ सय ३०  जना बेपत्ता छन्। जसमध्ये रसुवाका मात्रै ३ हजार ९ सय १५ जना बेपत्ता छन्। घाइते र उद्धारको संख्या  ९ हजार २ सय ८७  छ।  जलप्रलयबाट  १ लाख ८३ हजार मानिस प्रभावित भएको सरकारी अनुमान छ। 

७,५७० निजी घरमा क्षति 

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी ७ हजार ५ सय ७० वटा निजी घर क्षतिग्रस्त भएका छन्। बागमती र गण्डकी प्रदेशका १५ स्थानीय तह प्रभावित भएका छन्।   भन्सार कार्यालय, अध्यागमन कार्यालय, गाउँपालिका भवनलगायत ४८ वटा सार्वजनिक भवनको नामोनिसान छैन। जलप्रलयबाट १८ वटा विद्यालय ध्वस्त भएका छन्। ६ सयभन्दा बढी विद्यार्थी बेपत्ता छन्।  हजारौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।७ वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदालाई बाढीले बगाएको छ।  यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बजेट आवश्यक रहने भएको छ।   मानव सभ्यता नै संकट पार्ने गरी आएको जलप्रलयको पुनर्निर्माणमा मात्रै सवा ७ खर्ब बराबरको रकम लाग्ने अनुमान गरिएको छ। 

पूर्वाधार पुनर्निर्माणमा धेरै लाग्ने 

विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिएकी छन् । यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो। उनले प्राधिकरण प्रारम्भिक विवरण छिट्टै सार्वजनिक गर्ने  जानकारी  दिएकी छन्।

जलविद्युत् क्षेत्रका लागि ४ खर्ब चाहिने 

ऊर्जा क्षेत्रमा पुनरुत्थानको लागि झन्डै ४ खर्ब लाग्ने सरकारी अनुमान छ। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा क्षेत्रमा व्यापक क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका ५ वटा सोलार प्लान्टमा क्षति भएको छ। प्राधिकरणले  यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको जनाएको छ। 

६९ किमी सडक क्षतिग्रस्त 

बाढीले नुवाकोटको ढुंगेबजारदेखि चीनको सिमाना रसुवागढीसम्मका सबै सडक पूरै ध्वस्त पारेको छ। रसुवामा त सडक सम्पर्क नै विच्छेद छ। कुल ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको प्राधिकरणले जनाएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ।  यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुगेको  छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने देखिएको प्राधिकरणले जनाएको छ।  

व्यापार, व्यवसाय तहसनहस 

बाढीका कारण रसुवाको व्यापार व्यवसाय पूरै तहसनहस भएको छ।  रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले भोटेकोशी बाढीका कारण रसुवाको जलविद्युत्, पर्यटन र रसुवागढी व्यापारिक नाका पूर्णरूपमा ध्वस्त भएको  बताएका छन्। प्रतिनिधिसभामा बोल्दै  उनले रसुवाको अवस्था निकै दयनीय भएको र ‘रसुवा रोइरहेको’  बताएका छन्।   व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ लाग्ने सरकारी आकलन गरिएको छ। उत्पादन क्षेत्रअन्तर्गत १ हजार ८ सय ६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र ४ हजार ८ सय व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्। ५ जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको छ। 

विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदनले पुनर्निर्माणलाई दुई चरणमा विभाजन गरेको छ। जसअनुसार, आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनर्निर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। भूगोलविद् डा. नरेन्द्रराज खनाल यो क्षतिलाई पैसाको हिसावले गणना गर्न नसकिने अवस्था रहेको बताउँछन्।  

सहायक नदी संगममा धेरै क्षति 

भोटेकोशी र लामटाङ खोला मिसिएका स्थान, भोटेकोशी र बेत्रावती मिसिएको स्थान तथा तादीसँग भोटेकोशी मिसिएको स्थानमा बढी क्षति भएको छ।  घुमेका स्थानमा पनि माथिसम्म बाढी पुगेको छ। यो बाढी ५० मिटर प्रतिसेकेन्ड रहेको थियो। भूगोविद् खनालका अनुसार  उद्मस्थलदेखि बेत्रावतीसम्म  ७ मिटर प्रतिसेकेन्डसम्म भेलोसिटी (ढाल) रहेको थियो। बेत्रावतीदेखि अलि घट्दै गएको हो।  यस्तो ३ सय वर्ष अगाडि बाढी आएको  स्थानीयले बताउने गरेको भूगोलविद् खनाल बताउँछन्।

यो रियर घटना भएको उनले बताए।  सांस्कृतिक, ऐतिहासिकमात्रै सांस्कृतिक  सम्पदामा ध्वस्त  पारेको उनले बताए। उत्तरगयामा गएर श्राद्ध जाने गरिन्छन्। गोसाइँकुण्ड र मानसरोवर जाने बाटोसमेत यही नै हो।  गत भदौ १० गते नेपाल–चीन सीमाबाट बग्ने लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवादेखि चितवनसम्म कल्पनीय क्षति पु¥याएको छ।


बगर बन्यो ऐतिहासिक बेत्रावती

देवचन्द्र भट्ट 

नुवाकोट : धार्मिक तथा ऐतिहासिक केन्द्र नुवाकोटको बेत्रावती बजारलाई विनाशकारी बाढीले उजाड बगरमा परिणत गरिदिएको छ। नुवाकोटको मात्र नभई देश–विदेशमै धार्मिक स्थलका रूपमा परिचित बेत्रावतीलाई भदौ १० गते बुधबार आएको बाढीले हेर्दाहेर्दै १० मिनेटभित्रै बढारेको हो।

कतिपय खाना खाँदै गर्दा, कतिपय जनैपूर्णिमाको व्यापारमा व्यस्त रहँदा त कतिपय बालबालिका विद्यालयको पोसाक लगाउँदै गर्दा बाढी पसेर वितण्डा मच्चाएको थियो। स्थानीय बाढीपीडित अष्टमान डंगोलले भने, ‘बाढीले हाम्रा सबै घर बगाएको छ, अन्य भौतिक सम्पत्तिको त के लेखाजोखा गर्नु ! नेपाल–चीनबीच सन्धि भएको ऐतिहासिक पहिचान बोकेको बेत्रावती बजारको अस्तित्व नै अहिले नामेट भएको छ। हामी त भागेर मात्र ज्यान बचाउन सफल भयौं।’

नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीमा जनैपूर्णिमा, हरिबोधनी एकादशी र उत्तरगया औंसीमा ठूलो मेला लाग्ने गर्दथ्यो। विदुर नपा–१० का वडाध्यक्ष गणेशकुमार नेपालले भने, ‘सुनामीझैं आएको बाढीले बेत्रावती बजार तहसनहस बनाएको छ। आंगिटार, सातबिसे, कैदलीटार, नौबिसेलगायतका क्षेत्रमा कल्पना नै गर्न नसकिने गरी ठूलो धनजनको क्षति भएको छ। मानिसहरू बाढीको भेलमा हराएका छन् भने सयौँ रोपनी जग्गा बगर बनेको छ।’वडाध्यक्ष नेपालका अनुसार विदुर–१० स्थित बेत्रावती, आंगिटार, भैंसे र गेर्खु समेटेर कुल २५६ घर बाढीले निलेको छ। उनले थपे, ‘१५६ जना महिलासहित कुल २ सय ४७ जना मानिस बाढीमा परी बेपत्ता भएका छन्। अझै पनि वास्तविक तथ्यांक संकलन र खोजतलासको कार्य जारी छ।’ आफ्नो सर्वस्व गुमाएका र आफन्त गुमाउन पुगेका बेत्रावतीका स्थानीयबासीले यतिबेला बेपत्ता भएकाहरूकै स्मृतिमा काजकिरियासमेत सुरु गरेका छन्।


प्रधानमन्त्री कोषमा १२ अर्ब

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १२ अर्ब ६३ करोड ९२ लाख ५ सय ७९ रुपैयाँ मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २ सय ३५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार  अमेरिकी डलर मौज्दात रहेको छ। 

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो।


विपद्पछि उत्पन्न यस कठिन परिस्थितिमा उद्धार, राहत र पुनस्र्थापनाका लागि केन्द्र सरकारबाट कुनै पनि प्रकारको आर्थिक तथा भौतिक स्रोतको अभाव हुन दिइने छैन। आर्थिक स्रोतको कमी होला कि भनेर चिन्ता नगरी सबै जना एकजुट भएर जनताको सेवामा लागौं । सरकारले हराएकाहरूको खोजी, पीडितको उपचार र स्थायी पुनस्र्थापनामा कुनै कसर बाँकी राख्ने छैन।null

स्वर्णिम वाग्ले,अर्थमन्त्री

Post a Comment

0 Comments