आदेश पालक मात्रै भए कर्मचारी :साना–साना कर्मचारीलाई मात्रै कारबाही गरेर हुन्छ ? ललिता निवास प्रकरण


साना–साना कर्मचारीलाई मात्रै कारबाही गरेर हुन्छ ?

साना–साना कर्मचारीलाई मात्रै कारबाही गरेर हुन्छ ?
सुन्नुहोस्
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

साना–साना कर्मचारीलाई पक्राउ गरेर यो प्रकरणलाई ढाकछोप गरिने त होइन भन्ने आशंका गरिँदैछ । किनभने, ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा निर्णयकर्तालाई कारबाहीको दायरामा ल्याइएको छैन ।

केही वर्षदेखि मुलुकमा शासन व्यवस्थाको स्तर ज्यादै खस्कँदै गएको छ। भ्रष्टाचार र अनियमितताका विभिन्न प्रकरणमा राजनीतिकर्मी र कर्मचारीहरू मुछिएका घटना सार्वजनिक भइरहेका छन्। यिनै कारण पनि सरकारप्रति जनताको विश्वास घट्दै गएको छ। 

शासन व्यवस्था र कर्मचारीप्रति जनतामा वितृष्णा पैदा हुँदै गएको छ। जनतामा निराशा पनि छाउँदै गएको छ। एकातिर जनता निराश छन्, अर्कोतिर सरकारले आफू सच्चिने र जनतालाई सेवा सुविधा प्रवाह गर्दा उनीहरूको पहुँच पुर्‍याउनेतिर सोेच्दै नसोचेको देखिन्छ। जनतालाई नयाँ ढंगले सेवा सुविधा दिनेतिर सरकार लागेकै छैन। अर्थात्, सुशासन नारामा मात्रै सीमित छ। अर्थात्, मुखमा सुशासन प्राथमिक एजेन्डामा छ। तर, काममा चाहिँ पुछारको एजेन्डामा छ। 

ललिता निवास जग्गा हिनामिना र नक्कली भुटानी शरणार्थी प्रकरणका घटना बाहिर आउँदा जनमानसमा व्यापक निराशा थियो। यसमा पनि केही हुने होइन, सत्तामा बस्नेले जे गरे हुन्छ भन्ने बुझाइ थियो। तर, मान्छे पक्राउ गरेर मुद्दा चल्न थालेपछि सरकारले केही गर्दैछ भन्ने उत्साह जागेको छ। सँगसँगै संशय पनि पैदा भएको छ। यी प्रकरणलाई तार्किक निश्कर्षमा पुर्‍याइँदैन कि भन्ने संशय जनतामा छ। साना–साना कर्मचारीलाई पक्राउ गरेर यो प्रकरणलाई ढाकछोप गरिने त होइन भन्ने आशंका गरिँदैछ। किनभने, ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा निर्णयकर्तालाई कारबाहीको दायरामा ल्याइएको छैन। तल्लो तहका कर्मचारीलाई धरपकड गर्ने र उनीहरूलाई कारबाहीको दायरामा ल्याउने काम भएको छ। सरकारका यी गतिविधिले माथिल्लो तहमा रहेकालाई ‘केही नहुँदो रहेछ’ भन्ने परिस्थिति सिर्जना भएको छ। 

तल्लो तहका कर्मचारीको कसुर छ भने कसुरको मात्राअनुसार कारबाही हुनुपर्छ, हुन्छ पनि। यी प्रकरणमा निर्णयकर्तासँगै तल्लो तहका कर्मचारीलाई पनि संलग्नताको आधारमा सोधपुछका लागि समातेको भए यत्रो बिघ्न संशय र निराशा हँुदैन थियो। तर, सानो कर्मचारीलाई मात्रै पक्रेर सबै समस्याको समाधान गर्न खोजियो। सरकारले राम्रो र पुनित उद्देश्यले काम गरेको होला, तर जनताले सरकारलाई पत्याउने अवस्था बनिरहेको छैन। 

भ्रष्टाचार र शासन व्यवस्था फितलोपन एकअर्काका परिपूरक हुन्। गाँसिएका विषय हुन्। शासन व्यवस्था फितलो हुँदा भ्रष्टाचार मौलाउँछ। भ्रष्टाचार मौलाउँदा शासन व्यवस्था कमजोर र फितलो  हुँदै जान्छ । हामीकहाँ भ्रष्टाचार पनि छ। शासन व्यवस्था पनि उस्तै कमजोर छ। 

अर्कोतिर, निजामती सेवामा अत्यन्त राजनीतीकरण भएको छ। राजनीतिक दलको आधारमा निजामती प्रशासनलाई कित्ताकाट गरिँदै ल्याइएको छ। यसले गर्दा निजामती कर्मचारीमा ठूलो विभाजन छ। जबसम्म राजनीतिक रूपमा तटस्थ कायम गरेर प्राज्ञिक, कार्य र योग्यताको आधारमा प्रशासनका पदाधिकारी छनोट गरिँदैन, तबसम्म निर्णयकर्ता कर्मचारीहरू कुनै न कुनै दलको झोला बोकेर जानुपर्ने हुन्छ। त्यो झोला बिसाउनै सक्दैन। यो निरिहताबाट प्रशासनलाई मुक्त गर्नुपर्ने खाँचो छ। हाम्रो निजामती कर्मचारी आदेशपालक र आज्ञाकारीभन्दा पनि ऐन कानुन र मर्यादामा चल्ने बनाउनुपर्ने अहिलेको खाँचो हो। यसका लागि शासन व्यवस्था र राज्य व्यवस्था दह्रो बनाउनुको विकल्प छैन।

(कोइराला, सरकारका पूर्वमुख्यसचिव हुन्) 


https://annapurnapost.com/story/438138/

ललिता निवास प्रकरणमा कर्मचारीलाई मात्रै निशाना बनाएको भन्दै असन्तुष्टि निर्णय पालना गर्न गाह्रो पर्ने सचिवहरूको चेतावनी निर्णय पालना गर्न गाह्रो पर्ने सचिवहरूको चेतावनी अन्नपूर्ण साउन २, २०८० मंगलबार ६:४२:११ निर्णय पालना गर्न गाह्रो पर्ने सचिवहरूको चेतावनी सांकेतिक तस्बिर। सुन्नुहोस् Powered by ONE 2.5k Shares facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्री, ५ मन्त्री, २ मुख्यसचिवलगायतको पनि संलग्नता छ। तर, उनीहरू कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। काठमाडौं : ललिता निवास प्रकरणमा कर्मचारीलाई मात्रै निशाना बनाएको भन्दै नेपाल सरकारका सचिवहरूले असन्तुष्टि जनाएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वहालवाला सूचना तथा सञ्चार प्रविधि सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। सचिव राउतलाई पक्राउ गरेदेखि सचिवहरू असन्तुष्ठ छन्। यो प्रकरणमा दुई पूर्वप्रधानमन्त्री, ५ मन्त्री, २ मुख्यसचिवलगायतको पनि संलग्नता छ। तर, उनीहरू कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। मुख्यसचिवसँग भएको बैठकमा सचिवहरूले राउतलाई पक्राउ गरेको विषयमा चासो प्रकट गरेका थिए। उनीहरूले दोष नै स्पष्ट नभएको अवस्थामा नेपाल सरकारका सचिवलाई पक्राउ गर्दा कर्मचारीतन्त्रमाथि असर पर्ने, मनोवल घट्ने, विश्वसनीयतामा प्रश्न चिन्ह लग्नेसम्म कुरा गरेका थिए। उनीहरूले निर्णय गर्नेलाई कारबाही नगर्ने र कार्यान्वयन गर्ने माथि मात्रै निशाना बनाइएको गुनासो गरेका थिए। प्रधानमन्त्रीलगायत विशिष्ट श्रेणीको निवासविस्तार गर्दा जग्गा सट्टापट्टा गर्नका लागि मन्त्रिपरिषद्बाट भएको निर्णयको तत्कालीन शाखा अधिकृत राउतले टिप्पणी उठाएका थिए। एक सचिवले राउतको विषयमा सामान्य चासोसम्म प्रकट भएको बताए। ‘वहालवाल सचिवलाई के दोष हो भन्ने पनि निर्योल्ल नगरी पब्लिसिटीका लागि पक्राउ परेपछि चासो त भइहाल्छ नि !,’ उनले भने। अर्का सचिवले भने यस्तो केही नभएको बाहिर बढी हल्ला भएको प्रतिक्रिया दिए। भने, ‘खासै केही यस्तो भएजस्तो मलाई लाग्दैन। बाहिर अनुमानका भरमा धेरै कुरा आएका छन्।’ सचिवको पक्राउसँगै प्रहरी प्रशासन र कर्मचारी प्रशासनकाबीचमा टकराव पनि बढेको छ। यो प्रकरणमा संलग्न राजनीतिक नेतृत्वलाई पन्छाएर कर्मचारीलाई मात्रै भटाभट पक्राउ गरेपछि कर्मचारीवृत्तमा विरोधको स्वर देखिने थालेको हो। विभिन्न कर्मचारी संगठनले यसको विरोधमा विज्ञप्तिसमेत निकालेर खुलेर नै विरोध जनाएका छन्। ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाउनका लागि तीन पटकका सरकारले निर्णय गरेको विभिन्न तथ्यांकले देखाउँछ। पहिलो २०४७ सालमा कृष्णप्रसाद भट्टराई सरकारले राजनीतिक रूपमा हरणको भएको सम्पत्ति फिर्ता गर्ने नीतिगत निर्णय गरेका थिए। जसलाई टेकेर २०४९ सालमा मात्रै ११२ रोपनी ४ आना जग्गा व्यक्तिको नाम भयो। त्यस्तै २०६६/६७ सालमा माधवकुमार नेपालको सरकारको पालामा प्रधानमन्त्री लगायतका निवासको विस्तारका नाम नक्कली मोही खडा गरेर २५ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाम दर्ता गर्ने, सट्टापट्टा गर्ने काम भएको थियो। त्यस्तै २०६९ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा झन्डै ५ रोपनी जग्गाको नक्कली टिकिन्छा पशुपति गुठी खडा गरेर ललिता निवासको जग्गा अतिक्रमण गरिएको थियो। पछिल्लो समयमा ललिता निवास प्रकरण सचिव राउत, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनीका सञ्चालकसहित डेढ दर्जनलाई प्रहरी पक्राउ गरेर ठगी र किर्तेमा अनुसन्धान गरिरहेको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई भ्रष्टाचारमा मुद्दा हालेको छ। यो मुद्दा विशेष अदालतमा विचराधीन छ।


 

Post a Comment

0 Comments