स्थिरताका लागि बलिया शक्ति(कांग्रेस र एमाले)बीच सहकार्य आवश्यक : एमाले महासचिव पोखरेल /कांग्रेस-एमाले समीकरण बन्ने सम्भावना छैन >अध्यक्ष ओली

https://annapurnapost.com/story/437469/

कांग्रेस र एमालेबीच सहकार्य हुनैपर्छ

कांग्रेस र एमालेबीच सहकार्य हुनैपर्छ
72Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


यो सरकार पूर्णरूपमा असफल भइसकेको छ। प्रधानमन्त्रीले नैतिक धरालत गुमाइसक्नु भएको छ। सर्वोच्चको फैसला परमादेशपछि राज्यका तीनै अंग कमजोर बनेको छ। अदालत विवादमा छ।

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति निकै विवादमा छ। उहाँले किन यस्तो अभिव्यक्ति दिनुभयो होला ? 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको राजनीतिलाई विवादास्पद बनाउने र अस्थिरता सिर्जना गराउने मुख्य पात्र बन्न पुग्नुभएको छ। सत्ता र शक्तिका लागि जे गर्दा पनि हुन्छ भन्ने मान्यता उहाँले जनयुद्धकालबाटै स्थापित गराउँदै आउनुभयो। एउटाका विरुद्ध अर्कोलाई उपयोग गर्ने माओवादी आन्दोलन देखिकै उहाँको नीति हो। यो माओवादी आन्दोलनको मुख्य चरित्र जस्तो बन्यो। 

शान्तिप्रक्रिया आएपछि पृथक हुनु होला भन्ने अपेक्षा थियो तर त्यो देखिएन। सुरुदेखिका शृंखला र उहाँका अभिव्यक्ति त्यही किसिमका छन्। लडाकु समायोजन, शिविर व्यवस्थापन, द्वन्द्वकालमा मारिएकाहरूको बारेका उहाँका अभिव्यक्तिबाट उहाँको चरित्र देखिन्छ। 

यो त नैतिक प्रश्न होइन र ? 

उहाँको अभिव्यक्तिबाट नैतिक धरालत स्खलित भएको देखिन्छ। मुलुकको लोकतन्त्र, लोकतान्त्रिक संस्थाहरू तथा राष्ट्रको गरिमाको पनि अबमूल्यन गर्ने तरिका अबलम्ब गर्नुभयो। पछिल्लोपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहजी पटक–पटक दिल्ली पुग्नु भएको भन्ने चर्चा गर्नुभयो।

प्रधानमन्त्रीलाई कसैले विवादमा पार्न खोजेको होइन, उहाँ आफैं विवादमा पर्नु भएको हो। मुलुकको प्रधानमन्त्री र मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रहितको नेतृत्व गर्ने व्यक्तिले यसप्रकारको अभिव्यक्ति दिनु लज्जास्पद र आपत्तिजनक हो। 

नैतिकताका आधारमा राजीनामा दिनुहोला त ? 

नैतिक रूपमा उहाँले अब प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाउनुभयो। नैतिकताको प्रश्न सत्ता गठबन्धनसँग पनि जोडिन्छ। नैतिकताको प्रश्न स्वयं प्रधानमन्त्रीसँग जोडिन्छ। उहाँ कसरी प्रस्तुत हुनुहुन्छ, त्यही आधारमा हाम्रो रणनीति तय हुन्छ। null

प्रधानमन्त्रीले राजीनामा दिनुहुँदैन भनेर र सत्तागठबन्धन ढाल बनेर प्रस्तुत भइरहेको छ नि ? 
हामी हाम्रा कुरा राख्छौ, उहाँ (प्रधानमन्त्री) कुन रूपमा अगाडि बढ्नुहुन्छ, त्यही रूपमा हामी अगाडि बढछौं। त्यहीअनुसार हाम्रो रणनीति हुन्छ। 

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियताविपरीत भन्नुभयो नि ? 
उहाँले नैतिक धरातल गुमाइ नै सक्नुभएको छ। राज्यको प्रतिनिधित्व गर्ने कार्यकारी प्रमुख, राष्ट्रका नेतृत्व गर्नुपर्ने व्यक्ति जसले नैतिक धरालत गुमाइसकेको छ, उ प्रधानमन्त्री रहन्छ रहँदैन भन्ने तपशीलको विषय हो। रहे पनि उहाँले राष्ट्रको गरिमा राख्न सक्नु हुन्न।

राष्ट्रलाई कमजोर बनाइ राख्ने हो भने त प्रधानमन्त्री राखी राख्दा फरक पर्दैन। लोकतन्त्रको मूल्यमान्यतालाई स्थापित गर्ने हो, देशमा स्वाधीनता, राष्ट्रहित, स्थायित्व कायम गर्ने, संवैधानिक प्रबन्धप्रति जनविश्वास कायम गर्ने  हो भने उहाँको नेतृत्वमा त्यो कुरा सम्भव छैन। 

भ्रष्टाचारीलाई कारबाही सुरु गरेपछि एमालेले नियोजित रूपमा राजीनामा माग्यो भन्ने प्रधानमन्त्रीको भनाइ छ नि ? 
भ्रष्टाचारका हरेक मुद्दाको निष्पक्ष छानबिन होस् भन्ने हाम्रो मान्यता हो। कतिपय भ्रष्टाचारका मुद्दाको छानबिन र अनुसन्धान हामीले थालेका थियौं। हाम्राविरुद्ध हल्ला हुन्छन्, तर प्रमाणहरू फेला पर्दैनन्, भेटिदैनन्। किनभने हामीले गल्ती गरेका छैनौं। हाम्रो पार्टीका कसैले गल्ती गरेका रहेछन् भने उनीहरूले दण्डित हुनुपर्छ। उनीहरूलाई बचाउन हामी लाग्दैनौं। बचाउन पर्छ भन्ने मान्यता पनि हाम्रो छैन। 

यो गठबन्धन असफल, असान्दर्भिक, गलत छ भन्ने विवाद नै छैन तर जबसम्म गठबन्धनभित्रका शक्ति गठबन्धन बाहिर आउँदैनन् तब सरकार परिवर्तन सम्भव छैन। कांग्रेसका दुई विकल्प छन्। देशको दीर्घकालीन भविष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने कि पाँच दलीय गठबन्धनलाई लिएर मुलुक अझ संकटतिर लैजाने। कांग्रेसको हातमा छ।

जसरी पशुपति जलहरीको विषय चर्चामा ल्याइयो। अनुसन्धानले गलत सावित गर्‍यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा जसरी चर्चा गरियो। पार्टीको नेतृत्वका सरकार हुँदाको तयार भएको प्रतिवेदन पनि अनुचित रहेनछ। त्यतिबेला अनुचित क्रियाकलाप पनि भएका रहेनछन्। हामी सरकारबाट बाहिरिएपछिको क्रियाकलापको जिम्मेवारी, भारी हामीलाई बोकाउने काम भयो। त्योे सह्य कुरा होइन। जुनसुकै घटनाक्रमको अनुसन्धान प्रक्रियामा गयो भने एमाले सुरक्षित हुनेछ भन्ने म ठान्छु। 

अनुसन्धानबाट तपाईंहरू आत्तिनुभयो भन्ने आरोप छ नि ?
अनुसन्धानबाट आत्तिनु पर्ने विषय केही छैन। तर, गलत मान्छेले अनुसन्धानको नेतृत्व गर्दा विश्वसनीयता माथि प्रश्न उठ्छ नै। नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडक र पीडितबीच भएका संवाद सार्वजनिक भएका छन्। त्यो विषयमा अनुसन्धान केन्द्रित भयो कि भएन ? प्रायोजित विषय बढी चर्चामा आए। तथ्यहरूमा प्रवेश गर्ने काममा कम ध्यान गएको भन्ने देखिन्छ। अनुसन्धानलाई फितलो पार्ने काम भएको छ।

वास्तवमा सत्ता शक्तिको दुरुपयोग गर्नेलाई जोगाउने काम भयो भन्ने गतिविधिबाट स्पष्ट देखिएको छ। हाम्रो पार्टी सुशासनको पक्षमा छ। भ्रष्टाचारविरुद्धमा निष्पक्ष छानबिन अनुसन्धान हुनुपर्छ। कोही पनि दोषीले उन्मुक्ति पाउनु हुँदैन। कोही निर्दोष फस्नु हँुदैन। नयाँ–नयाँ घटनाक्रमको अनुसन्धान भयो भने त्यसको लाभ एमालेलाई हुन्छ भन्ने म ठान्छु। 

यही बेला एमाले र कांग्रेसबीच नयाँ सत्तासमीकरणको चर्चा छ नि ?  
हामीले चुनावको समयमा नै राजनीतिलाई अस्थिर बनाउन साना दलको भूमिका बढी भयो, भनेर भनेका थियौ। त्यस अर्थमा साना दललाई बोकेर चुनावमा जाने कुरा उचित भएन, यसका आधारमा एक्लाएक्लै चुनावमा जाने नीति बनाऔं भन्ने प्रस्ताव कांग्रेसलाई गरेका थियौं। कांग्रेसको नेतृत्व तयार भएन। कांग्रेस नेतृत्व तयार नभएपछि प्रमुख पार्टी एक्लैएक्लै चुनावमा जाने स्थिति पनि बनेन। जनताको रोजाइमा एमाले पहिलो र कांग्रेस दोस्रो शक्ति रह्यो। त्यसपछि पनि हामीले मुलुकलाई स्थायित्वतर्फ लाने हो भने प्रमुख शक्तिको सहकार्य आवश्यक छ भनेका थियौं। चुनावपछि नै हामी पाँचदलीय गठबन्धनबाट बाहिर आउने हो भने कांग्रेसको नेतृत्वमा सरकारमा जान तयार भएका थियौं। तर, कांग्रेस तयार भएन।

माओवादी अध्यक्ष प्रचण्ड तयार हुनुभयो। अनि हामीले उहाँलाई साथ दिएका हौं। प्रधानमन्त्री त बन्नुभयो, तर प्रचण्ड सहमतिप्रति प्रतिबद्ध, र इमान्दार देखिनु भएन। पुरानै गठबन्धनलाई ब्युँताउन लाग्नुभयो। मुलुक संकटमा फस्नुको र अस्थिरता हुनुमा सर्वोच्च फैसला (परमादेश) मूल कारण हो। त्यो बेला बनेको सत्तासमीकरणबाट नै मुलुकमा अस्थिरता, अराजकताको सुरुवात भएको हो। सर्वोच्चको त्यो फैसला (परमादेश) नै मुलुकका लागि दुर्भाग्य बन्यो। कांग्रेस पनि त्यो भित्रबाट बाहिर आएन भने कांग्रेसको भविष्य पनि संकटमा पर्न सक्छ र कमजोर भएर जान्छ। यो कुरा कांग्रेस आफैंले ख्याल गर्नुपर्छ।  

सत्ताका लागि एमालेले मरिहत्ते गर्‍यो भन्ने आरोप छ नि ? 

अहिलेको अवस्थामा सत्ता हाम्रो प्राथमिकताको विषय होइन। मुलुकलाई राजनीतिक स्थायित्व दिने र त्यसका लागि राजनीतिक धु्रवीकरणतर्फ डोर्‍याउने तथा बलियो राष्ट्रिय शक्ति बनाउने कुरामा आफूलाई केन्द्रित गरेका छौं। 

  • कांग्रेससँग प्रतिस्पर्धाका लागि तयार छौं। सहकार्यका लागि पनि तयार छौं।
  • फराकिलो भविष्य एमालेको उज्यालो पक्ष हो। नागरिकको चाहना एमालेले मात्रै पूरा गर्छ।
  • जतिबेला एमाले सरकारमा गएको छ। जनचाहना र राष्ट्रहितकै पक्षमा काम गरेको छ।

चुनाव सकिए लगत्तै एमाले ग्रासरुट अभियानमा किन लाग्यो भनेर मानिसले आश्चर्य पनि प्रकट गरे। तर, हामी समाजलाई बदल्ने कुरा तथा राष्ट्रको विकास र समृद्ध बनाउने कुरा चुनावको विषय मात्रै होइन। मुलुकको भविष्यसँग जोडिएको विषय हो भनेर अभियानमा लाग्यौं। मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ लानका लागि प्रमुख दल बलियो हुनुपर्छ भनेर हामीले अभियान थालेका थियौं।

माधव नेपालले राष्ट्रिय राजनीतिलाई गलत बाटो लान जुन भूमिका निर्वाह गर्नुभयो, त्यो क्षमायोग्य कदम होइन। तर, पनि एउटा समयमा मुलुकलाई सही बाटो लानका लागि माधव नेपाललाई राष्ट्रपति बनाएर पार्टी एक बनाउने प्रयास नगरेको होइन तर उहाँ गलत बाटो पुगिसक्नु भएको रहेछ। 

अहिले पनि हामी पार्टी निर्माणलाई केन्द्रबिन्दुमा राखेर अघि बढेका छौं। यो गठबन्धन असफल, असान्दर्भिक, गलत छ भन्ने विवाद नै छैन तर जबसम्म गठबन्धनभित्रका शक्ति गठबन्धन बाहिर आउँदैनन् तब सरकार परिवर्तन सम्भव छैन। कांग्रेसका दुई विकल्प छन्। देशको दीर्घकालीन भविष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने कि पाँच दलीय गठबन्धनलाई लिएर मुलुक अझ संकटतिर लैजाने। कांग्रेसको हातमा छ। अब मुलुकमा स्थायित्वको लागि राजनीतिक धु्रवीकरणतिर जानुपर्छ। बलिया राजनीति पार्टीबीच प्रतिस्पर्धा र सहकार्य दुवै रणनीति आत्मसात गर्नुपर्छ। कांग्रेससँग प्रतिस्पर्धाका लागि तयार छौं, सँगसँगै सहकार्यका लागि पनि तयार छौं। 

कांग्रेससँग सत्तासमीकरणको लागि गृहकार्य पनि अघि बढेको हो ? 
औपचारिक रूपमा हामीले छलफल गरेका छैनौं। मुलुकको संकट समाधानको एजेन्डामा छलफल गर्न हामी तयार छौं। सत्ता हाम्रो प्राथमिकता होइन। मुलुकको संकटको समाधान गर्ने कुरा मुख्य प्रश्न हो। अहिले मुलुक तीन प्रकारको चुनौतीबाट गुज्रिरहेको छ। हाम्रो मुलुकलाई चुनौतीबाट बाहिर ल्याउनु प्रमुख दायित्व हो।

राजनीतिक स्थायित्व किन हुन नसकेको होला ?

मुलुकका लागि राजनीतिक स्थायित्व अपरिहार्य छ। ३२/३३ वर्षमा २८ वटा प्रधानमन्त्री बेहोर्नु पर्‍यो। एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न पाएनन्। यो दुखद् कुरा हो। त्यसलाई अन्त्य गर्नुपर्छ। सोसिएल एनार्किजमले मुलुकलाई कमजोर बनाउँछ। नागरिक अधिकार सम्पन्न हुनुपर्छ। सगँसगै नागरिकले मुलुक निर्माणको दायित्व पूरा गर्नुपर्छ। 

दोस्रो चुनौती मौलिक सांस्कृतिक मूल्यको विघटन भइरहेछ। औपनिवेशकालमा स्वतन्त्र रूपमा किन रह्यो भने नेपाल आफ्नो मौलिक संस्कृतिकको जगमा खडा भएको थियो। तर, पछिल्लो समयमा दुई कारण नेपालका संस्कृतिक मूल्यमा तीव्र बिचलन आइरहेको छ। धार्मिक अतिवाद, सांस्कृतिक अतिवादका कारण मौलिक संस्कृतिमा बिचलन आएको छ। धर्मान्तरले नेपाली समाजलाई सांस्कृतिक बिघटनतर्फ अगाडि बढाइरहेको छ। यी दुई चुनौतीलाई सामना गर्न बलियो राजनीतिक शक्तिबाट मात्रै सम्भव छ। null

तेस्रो चुनौती पाचदलीय गठबन्धन आइसकेपछि राज्यको औपचारिक सामथ्र्य कमजोर हँुदै गयो। औपचारिक अर्थ व्यवस्था कमजोर भयो। अनौपचारिक र गैरकानुनी क्रियाकालप बढ्दै गयो। राज्य तल जाने र कुनै निश्चित व्यापारिक घरानाको सम्पत्ति वर्षमा ४० अर्ब बृद्धि हुने अस्वाभाविक क्रियाकलाप मुलुकमा देखा परेका छन्। सत्तालाई गलत ढंगले प्रयोग गर्ने अहिले सरकारको गलत नीति नै प्रमुख कारण हो। 

माधव नेपालको पार्टीसँग एकीकरणका लागि संवाद भयो भनिन्छ नि ? 

माधव नेपालले राष्ट्रिय राजनीतिलाई गलत बाटो लान जुन भूमिका निर्वाह गर्नुभयो, त्यो क्षमायोग्य कदम होइन। तर, पनि एउटा समयमा मुलुकलाई सही बाटो लानका लागि माधव नेपाललाई राष्ट्रपति बनाएर पार्टी एक बनाउने प्रयास नगरेको होइन तर उहाँ गलत बाटो पुगिसक्नु भएको रहेछ।

राष्ट्रपतिको प्रस्तावलाई अस्वीकार गर्नुभयो। उहाँ गलत तत्वको प्रभावमा परिसक्नु भएको हामी अनुभूति गरिसकेपछि उहाँसँग फेरि संवाद, सहकार्य र एकता भनेको असम्भव कुरा हो। 

त्यो पार्टीमा रहेका इमान्दार नेता, कार्याकर्तालाई आफ्नो पुराना घर फर्कन आह्वान गरेका छौैं। धेरै फर्किरहनु भएको छ। फर्किनेक्रम जारी छ। स्थानीय तहदेखिकै साथीहरूसँग छलफल चलिरहेको छ। उहाँलाई वैधानिक र प्राविधिक रूपमा जोडिन गाहे पनि भएको छ। मनोवैज्ञानिक रूपमा समाजवादी पार्टी चल्न सक्दैन भन्नेमा धेरै साथीहरू पुग्नु भएको छ। 

एमाले पनि त सातै प्रदेशको सत्ताबाट बाहिर त भयो नि ? 

यो गणितीय रूपमा स्वाभाविक हो। हामी ५/१० वटा दलसँग टक्कर गर्ने हैसियत पुगेपछि हाम्रो सामर्थ्य बढाइदिन्छ। प्रतिपक्षीय जनमततर्फ जनताको आकर्षित हुन्छ। अहिलेका नोक्सान देखिएको छ। फराकिलो भविष्य एमालेको उज्यालो पक्ष हो भन्ने लाग्छ। 

नयाँ शक्ति आएका छन् ? यसमा तपाईंको के धारणा छ ? 
नेपाली राजनीतिको सोसियल एनार्किजम चरित्र देखापरेको छ। पपुलिस्टले स्थापित हुन खोजिरहेका छन्। सोसियल मिडियामा लोकप्रिय भएर राजनीतिमा स्थापित र सफल भइन्छ भन्ने होइन। त्यो अस्थायी चिज हो। कुनै विधामा स्थापित हुनु राजनीतिमा स्थापित हुनु होइन। 

संसदीय प्रणाली भएका मुलुकमा पपुलिस्टहरूको भविष्य लामो हुँदैन। यो विश्व राजनीतिबाट सिकेको कुरा हो। पपुलिस्टहरू राजनीतिमा आउने वित्तिकै जनतामा केही न केही असर पर्‍यो मुलुकको भविष्य उनीहरूबाट सुरक्षित हुन्छ भन्ने होइन। मुलुकको समस्या समाधानको नीतिगत नेतृत्व, बलियो संगठनात्मक आधार र योजनाबद्ध काम गर्ने सक्ने सामर्थको आवश्यकता पर्छ। यो पपुलिस्टबाट सम्भव छैन्। 

नयाँ शक्तिको क्रेज त बढेको छ नि ! उपनिर्वाचनको नतिजाले देखाएन र ? 

हामीले स्वाभाविक रूपमा काम गर्ने हिसाबले उहाँहरूलाई प्रोत्साहित नै गरेका छौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई उपप्रधानमन्त्री, गृहमन्त्री र मागेका मन्त्रालय दिने कुरामा सहजीकरण गरेका थियौं। उहाँले केही गर्न खोज्नु भएको छ गर्न दिनुपर्छ। तर, जुन तरिकाबाट आउनु भएको छ त्यो धेरै दिन टिक्दैन। 

उहाँसँग आत्तिनुपर्ने अवस्था छैन। हामी उहाँहरूसँग सहकार्यमा छौं। राम्रो गर्नुभयो मिलेर गरौंला। नीति, एजेन्डा र लक्ष्यबिना सफल हुन सकिँदैन भन्ने् उहाँ पुग्नु भएपछि हामीसँग जोडिन पनि सक्नुहुन्छ। असल मानिसहरू पपुलिजमबाट सम्भव रहनेछ भन्ने मूलधार राजनीतिबाटै अगाडि बढ्न सकिने रहेनछ भन्ने लागेर एमालेसँग जोडिन पनि सक्नुहुन्छ।

विदेशीको सहयोगबिना प्रधानमन्त्री बन्नै सकिँदैन भन्ने नेताहरूको मनोविज्ञान त छ नि ? 

त्यो होइन। जतिबेला एमाले सरकारामा गएको छ। जनचाहना र राष्ट्रहितकै पक्षमा काम गर्‍यौं। पहिलोपटक मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा नेपाल–भारतको असमान सन्धिसम्झौताको पुनरावलोकन एजेन्डा बोकेर भारतसँग प्रस्ताव प्रस्तुत गरेर ऐतिहासिक काम गर्नुभयो।

  •     प्रधानमन्त्रीले सत्ता र शक्तिका लागि जे गर्दा पनि हुन्छ भन्ने मान्यता त्याग्नुपर्छ।
  •     माधव नेपालले राष्ट्रिय राजनीतिलाई गलत बाटो लान जुन भूमिका निर्वाह गर्नुभयो, त्यो क्षमायोग्य कदम होइन।
  •     भ्रष्टाचारका हरेक मुद्दाको निष्पक्ष छानबिन होस् भन्ने हाम्रो मान्यता हो। कतिपय भ्रष्टाचारका मुद्दाको छानबिन र अनुसन्धान हामीले थालेका थियौं।
  •     नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडक र पीडितबीच भएका संवाद सार्वजनिक भए त्यो विषयमा अनुसन्धान केन्द्रित भयो कि भएन, यो मुख्य कुरा हो।
  •     मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ लानका लागि प्रमुख दल बलियो हुनुपर्छ भनेर हामीले अभियान थालेका छौं।
  •     अहिले मुलुक तीन प्रकारको चुनौतीबाट गुज्रिरहेको छ। मुलुकलाई चुनौतीबाट बाहिर ल्याउनु हाम्रो प्रमुख दायित्व हो।
  •     नागरिक अधिकार सम्पन्न हुनुपर्छ। सँगसँगै नागरिकले पनि मुलुक निर्माणको दायित्व पूरा गर्नुपर्छ।

प्रचण्डले भन्ने गरेको कम्फरटेबल र शक्तिकेन्द्रको आशीर्वादबाट हामी पृथक हुँदै आएका छौं। हाम्रा अध्यक्ष केपी शर्मा ओली नाकाबन्दीको परिस्थितिबीच प्रधानमन्त्री हुनुभयो। नाकाबन्दीको समाधान गर्नुभयो। नाकाबन्दीलाई असफल बनाउनुभयो। उहाँ नेतृत्वमा दुई ठूला पार्टीका बीचमा चुनाव तालमेल गरयौ। पार्टी एकता गयौं। सरकार बनायौं। राष्ट्रहितको पक्षमा धेरै महत्वपूर्ण काम गयौं। null

भविष्यमा नाकाबन्दी नलाग्ने गरी उत्तरी छिमेकी चीनसँग व्यापार पारवाहन सम्झौता गरेका थियौं। दक्षिणको छिमेकी भारतसँग नसुल्झिएका धेरै समस्या समाधान गर्‍यौं। नेपाल–भारत सम्बन्धलाई नयाँ सिराबाट अगाडि बढाउनका लागि विज्ञ समूह गठन गर्‍यौं। साझा प्रतिवेदन तयार गयौं। तर, जब हामीलाई षड्यन्त्रपूवर्क हटाउने काम भयो। ती सकारात्मक प्रयास ओझेलमा परे। बाह्य चलखेल बढ्न थाले। एमाले रहदा मुलुक स्वाधीनता, स्वामिभान र राष्ट्रहित उच्च हुँदा रहेछ भन्ने जनताले बुझेका छन। 

यतिखेर भू–राजनीतिक चपेटामा नेपाल परेको हो ? 

हो नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा छ। यो सन्दर्भमा राष्ट्रको हितको नेतृत्व गर्ने कुरामा एमालेले जुन प्रकार अडान लियो। यसले घेराबन्दी हुनु स्वाभाविक पनि हो। 

अमेरिका र नेपालबीच गुप्त रूपमा विप्पा सम्झौता गर्ने कोसिस असफल बनाएपछि, नयाँ नक्सा पारित भएपछि, विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न लिएका अडानका कारण एमाले प्रतिघेराबन्दी भएको हुनुपर्छ। यति सबै घटनाक्रमको नेतृत्व एमालेले नै गरेको थियो। यो नचाहनेहरू एमालेविरुद्धको मोर्चाबन्दी आउने कुरा स्वाभाविक हो। नेपालमा राष्ट्रशक्ति बलिया भए भने छिमेकी पनि सहकार्य गर्न बाध्य नै हुन्छन् भन्ने स्पष्ट छौं। 

एमाले अब कसरी अगाडि बढ्छ ?

जनतामा भएको निराशाहरूलाई जनअपेक्षा बुझने काम गरिरहेको छ। एमाले सरकारमा हुँदा जे काम भएका थिए यो जनताका बीचमा पुग्न सकेका रहन भन्ने कुरा मिसन ग्रास रुटका बेला गर्न तयार भएको छौं। जनताको अपेक्षा बुझ्ने काम गरिरहेका छौं।

एमाले सरकारमा रहँदा युवाको विदेश जानेको संख्या घटेको थियो। नागरिकको भरोसा बढेको थियो। देश बनाउनुपर्छ, देशभित्रै बस्नुपर्छ भन्ने भावना बढेको थियो। हामी बाहिरिपछि फेरि बिदेसिने क्रम बढेको छ। अहिले त अस्वाभाविक रूपमा बढेको छ। युवाको पलायनता रोक्नलाई एमाले पुनः सरकार आउनु जरुरी भन्ने कुरा स्पष्ट भएको छ। युवालाई राजनीतिमा जोड्ने योजना र उनीहरूको नेतृत्वमा अगाडि बढ्न तयार छ। 

कम्युनिस्टबीच एकताको कुरा जहिल्यै चर्चा मात्रै हुन्छ नि ? 
हामीले पटक–पटक एकता गर्ने, भंग गर्ने नेतालाई जोड्ने कुरालाई एकता मानेका छैनौं, यसको अर्थ छैन। अब राजनीतिक धु्रवीकरण अपरिहार्य छ। समान विचार बोलेकहाँ एउटा केन्द्रमा आउन जरुरी छ। नेताका टाउको जोड्नेभन्दा कार्याकर्ताको मन जोड्ने हो।

अब राजनीतिक धु्रवीकरणको चरित्र भनेका कार्यकताको मन जित्ने हो। एकीकृत समाजवादी र माओवादी रहेका वा अन्य वामपन्थीमा जोडिएमा एमालेमा जोडिन आह्वान गरेका छौं। प्रक्रिया जारी छ।

राजनीतिक धु्रवीकरण र बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा एमाले सबैभन्दा सबल र समक्ष छ। अहिले पनि ७७ मध्ये ४४ जिल्ला पहिलो पार्टीका रूपमा छौं। सात प्रदेशमध्ये ६ वटा प्रदेशमा लोकप्रिय मतको आधारमा पहिलो शक्तिको रूपमा छौं। जनताको रोजाइको रूपमा रहेको पहिलो शक्तिका रूपमा रहेको एमालेलाई मुलुकको विकास र समृद्धिको नेतृत्व बहुमत प्राप्त पार्टीको रूपमा स्थापित गर्ने अभियानमा छौं। यसलाई मिसन २०८४ को रूपमा बुझिरहेका छौं। अब हुने निर्वाचनमा मुलुक स्थायित्व प्राप्त गर्ने राजनीतिक अभियान रूपमा अगाडि बढाउनुपर्छ। त्यो सम्भव छ। 

७० वर्षे उमेरहद हट्यो किन ? एमाले ज्येष्ठ नागरिकको पार्टी हुन लाग्यो भन्ने छ नि ? 

एमाले नै नेतृत्व परिवर्तन गरेर देखाउन सफल भएको पार्टी हो। नेपालका प्रमुख राजनीतिक दलको कुरा गर्ने हो। माओवादी केन्द्रमा ४५ वर्ष एउटै व्यक्ति नेतृत्वमा हुनुहुन्छ। २०४६ यता कांग्रेसले ४ वटा मात्रै नेतृत्व परिवर्तन गरेको छ। एमालेले ५ वटा नेतृत्व परिवर्तन भइसकेको छ। मदनभण्डरी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली।

२०४६ सालपछि पाँचवटा नेतृत्व निर्माण गरिसकेका छौं। नेतृत्व गतिशीलतामा नेपालका प्रमुख राजनीतिक दलमा एमाले नै अगाडि छ। लोकान्त्रिक अभ्यासमा नेतृत्व निर्माणको विशेषता छ , यसमा बिचलित हुने कुरै हुँदैन। हामी त्यसमा सधैं अगाडि छौं अगाडि रहेका छौं। 

सरकार काम कारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

यो सरकार पूर्णरूपमा असफल भइसकेको छ। प्रधानमन्त्रीले नैतिक धरालत गुमाइसक्नु भएको छ। सर्वोच्चको फैसला परमादेशपछि राज्यका तीनै अंग कमजोर बनेको छ। अदालत विवादमा छ। संसद हंग पार्लियामेन्टको अवस्थामा छ, उसले प्रभावकारी नेतृत्व गर्न नसक्ने आवस्थामा छ। सरकारम विवादमा छ। सरकारले राष्ट्रहित, जनभावना, विकास र समृद्धिका कुनै काम गर्न सकेको छैन्। 

मुलुक एक प्रकारले आर्थिक संकट र मन्दीमा प्रवेश गरिसकेको छ। यो सरकारको कामको मूल्यांकन गर्नुपर्ने अवस्था नै छैन, सरकार पूर्णत असफल भइसकेको छ। जति बेलासम्म यो सरकार रहन्छ त्यो समय बर्बादी हो। 

नेपाली समाजमा निराशाका कुरा छन्। राज्य र राष्ट्रिय शक्तिलाई कमजोर गराउने काम उचित बाटो होइन। नेपाली राजनीतिमा लामो समय जनतालाई राज्यकाविरुद्ध उभिन सिकाएयौं। अब यो परिस्थिति बदलिएको छ। अब नागरिकहरू राज्यकाविरुद्ध होइन राज्य निर्माताका रूपमा, राष्ट्र निर्माणको रूपमा उभ्याउन आवश्यक छ। राजनीतक दलले राष्ट्रको शक्तिको रूपमा उभ्याउन जरुरी छ।  

प्रस्तुति : सुरेन्द्र काफ्ले,

चिढ्याउने बढ्दै गए भने मैले १०२ वर्षसम्म नेतृत्व गर्नैपर्छ’

‘चिढ्याउने बढ्दै गए भने मैले १०२ वर्षसम्म नेतृत्व गर्नैपर्छ’
तस्बिर : अभिषेक महर्जन
402Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button


तत्काल सम्भव छैन। वैकल्पिक सरकारको आवश्यकता भने छ। तर, एमाले सरकारमा जान हतारिएको छैन। अर्को गठबन्धन पनि एमालेले बनाउँदैन। हामी २०८४ को आमनिर्वाचनको प्रतिक्षामा छौं। त्यसबाट बहुमतको सरकार बनाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्य पूरा गर्न एमाले आतुर छ।

गत संसदीय चुनावपछि केही समय सत्तारुढ भएर एमाले प्रमुख प्रतिपक्षी बनेको छ। प्रतिपक्षी भूमिकामा आफ्नो दललाई कत्तिको सशक्त पाउनुभएको छ ?

सशक्त केलाई भन्ने ? विचारलाई सशक्त भन्नुहुन्छ भने नेपालमा नेकपा एमाले मात्रै देश साँच्चै अगाडि बढाउने सोच भएको पार्टी हो। पर्याप्त चर्चा हुने गरेको छ, समृद्ध नेपाल, सुखी नेपाली भनेर। त्यो नै नेपालको गन्तव्य हो। एमालेसँग त्यो गन्तव्य छ। यस सम्बन्धमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक प्रश्न छन्। आन्तरिक राज्य सञ्चालनका सन्दर्भहरू वा बाह्य सम्बन्ध सञ्चालनका सबालहरू छन्।

यी सबै प्रश्नमा एमाले विनाहरेश, बिनाउत्तेजक, अन्त्यन्तै संवेदनशील र जिम्मेवार छ। यी कुरा सरकारमा हुँदा कार्यान्वयन गर्छौं। बाहिर हुँदा दृष्टिकोण राख्ने गर्छौं। यी सबै कोणबाट हेर्दा जुनसुकै अवस्थामा देश र लोकतन्त्रको पक्षपोषणको सन्दर्भमा एमालेको अडान अनवरत छ। यी भूमिकामा एमाले प्रभावकारी छ। सशक्त छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई उक्त पदमा पुर्‍याउन प्रितम सिंह दिल्लीसमेत जानुभयो भन्नुभयो। यसमा एमालेले उहाँको राजीनामा माग्यो। कडा अडान राख्यो। अन्त्यमा स्पष्टीकरणमा चित्त बुझायो। त्यो सम्झौताको स्थिति कसरी आयो ?

सामान्य ढंगले पनि बुझ्न के पर्छ भने, उचित के हो ? त्यो कुराको माग गरिन्छ। पुष्पकमल दाहालले त्यस कार्यक्रममा जे बोल्नुभयो, त्यसको प्रभाव एमालेका लागि नभएर देशका लागि हो। देशको स्वाभिमान, सार्वभौमसत्ताका लागि हो। स्वाभिमानी जनताका लागि हो। बहुतै आपत्तिजनक कुरा हो त्यो। सार्वभौमसत्तामा खलल पुर्‍याउने, जनताको सार्वभौम अधिकारलाई अपमान गर्ने र संसद्को मानहानि गर्ने कुरा हुँदा राजीनामा गर्नु पर्दैन भन्नुपर्छ र ?

होइन, अन्तिममा गएर किन त्यत्तिकै सकियो भन्न खोजिएको...?

माग जे गर्नुपथ्र्यो, हामीले त्यही गर्‍यौं। प्रधानमन्त्रीले यसमा त्रुटि भयो, गल्ती भयो। प्रधानमन्त्री भएर बोल्नु पर्ने छोरीको बाउ भएर बोलेछु। अब उप्रान्त त्यस्तो गल्ती दोहोर्‍याउँदिनँ, तपाईंहरूले उठाउनुभएका सुझावलाई ध्यान दिन्छु भनेर प्रधानमन्त्रीको तहबाट क्षमायाचना गरिसकेपछि राजीनामै चाहिन्छ...चाहिन्छ भनेर बसिरहन राम्रो हुँदैनथ्यो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूलाई पुर्जी काटेपछि शीर्ष नेताहरूको भेटघाट एकदमै बाक्लिएको थियो। पछि फेरि त्यस्ता भेटघाट देखिएनन्। खास के हो, त्यो ?

प्रधानन्यायाधीशको नियुक्ति गर्नु थियो। संसद्मा समितिहरूको गठन गर्नुपर्ने थियो। संसद् सञ्चालन गर्नु थियो। यी सबै कुरालाई लिएर प्रधानमन्त्रीले छलफलमा बोलाउनुभयो। म गएँ। शेरबहादुरजीलाई पनि बोलाएपछि उहाँ पनि जानुभयो। छलफल भयो। कहिलेकाहीँ शेरबहादुरजीले आउन सकिएन भनेको बेला प्रधानमन्त्री र मबीच पनि छलफल भए होलान्। यस्तो छलफललाई अरू कुरासँग जोडेर हेर्नु निरर्थक हो।null

त्यो भेटमा नक्कली भुटानी प्रकरणमा पनि कुराकानी भयो। प्रधानमन्त्रीले यो–यो देखिँदै छ भन्नुभयो। मैलेदोषी न उम्कियोस, निर्दोष नफसोस् भन्ने किसिमले कारबाही अगाडि बढाउनुहोस् भनेँ। प्रधानमन्त्रीले पनि दोषी उम्किँदैन, निर्दोष फस्दैन भन्नुभयो। त्यही कुरा मैले र प्रधानमन्त्रीले सञ्चारमाध्यममा भनेका हौं। 

अध्यक्षज्यू, अहिले पनि संवैधानिक परिषद्को बैठक बस्नुपर्ने आवश्यकता छ। प्रधानन्यायाधीशको नियुक्तिका लागि एक महिनाअघि नै सिफारिस गर्नुपर्ने संविधानले भन्छ। सर्वोच्चलगायत मातहतका अदालतमा पनि न्यायाधीश खाली छन्। अहिले चाहिँ किन बैठक बस्न सकिरहेको छैन ?

उहाँहरूको दाउपेच हो। असंवैधानिक, अलोकतान्त्रिक, बलमिच्याइँ काम गर्ने हो। यसअघि प्रधानन्यायाधीशमाथि झुटा कुराहरू उचालेर आरोप लगाउनुभयो। ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाइनुपर्छ भन्ने रिटलाई भोलिपल्ट पेसी चढाउन चाहेपछि उहाँमाथि महाभियोग लगाइयो। त्यस्ता असंवैधानिक, अलोकतान्त्रिक क्रियाकलाप गर्नु हुँदैनथ्यो।

अदालत, प्रहरी, प्रशासनमाथि आतंकको तरबार झुन्ड्याएर शासन गर्ने तरिका गलत हो। त्यही उहाँहरूले अहिले पनि गरिरहनुभएको छ। अहिले प्रधानमन्त्रीले किन बैठक बोलाउनुभएको छैन, थाहा छैन। 

प्रसंग बदलौं। सरकारले भ्रष्टाचारका फाइलहरू खोलेको छ। जस्तो : नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण। यसलाई कसरी हेर्नुभएको छ ?

 यी सबै पोलिटिकल स्टन्ट हुन्। कारबाही गर्न होइन मान्छे तर्साउन, विरोधी हच्काउन गरिएको हो। यसमा राम्रो के हुन्छ भने जनचेतना बढ्दै जान्छ। जनदबाब बढ्दै जान्छ। सबै भ्रष्टहरूलाई कारबाही गर भन्ने आवाज बढ्दै जान्छ। र, उहाँहरू फस्दै जाने अवस्था हुने हो।

तपाईं क्यान्टोन्मेन्टको चर्चा बेलाबखत गरिरहनुहुन्छ। तपाईंले बुझेको यस विषयको गडबडी प्रस्ट्याइदिनुहोस् न ! 

त्यसबेला ३४ हजार युवायुवती भेला गरियो। सोरसार पारेर क्याम्पसबाट विद्यार्थीलाई समेत छेकेर ल्याएरभित्र हुलियो। भोलि–पर्सिपल्ट अभिभावकहरू रुँदै आए। छोराछोरी लैजान्छौं। पढ्दै गरेका छोराछोरी कहाँ लैजान पाइन्छ ? भन्दै प्रश्न गरे। अभिभावकले लडाइँ गरेर ३ हजार छोराछोरी फिर्ता गरे। बाँकी ३१ हजार रहे। त्यसबाट गणना गर्ने काम भयो। छेकथुन गरेर, लाइन लगाएर ३१ हजार पुर्‍याइयो।

३१ हजारले सुबिधा पाउन थाले। बीचमा कतिपय भाग्दै जान थाले। तर, ३१ हजारको तनखा, रासन सुबिधा लिँदै गए। भाग्दै जानेहरू बढ्दै गएपछि १०/१२ हजार मात्र बाँकी रहे। तर, सुबिधा ३१ हजारकै लिइयो। त्यति मान्छे छैनन् भन्ने भएपछि अनमिनले पुनः गणना गर्ने भयो। फेरि देशभरिबाट बसका बस मान्छे जम्मा गरियो। २४ हजार पुर्‍याइयो। अनमिनको खाता बन्द भयो। मान्छेहरू घर–घर गए। सकियो। फेरि उही १०/१२ हजार रहे। फेरि मान्छे भेला गर्दा १९ हजार मात्र पुगे। त्योभन्दा बढ्न सकेन। १९ हजारको सदर भयो। क्यान्टोन्मेन्टमा ५/७ हजार मात्र थिए। तर, १९ हजारको पारिश्रमिक, तनखा, सेवा सुबिधा लिइराखे। पछि समायोजनको कुरा आउँदा थाहा भयो– मान्छे त ५/७ हजार मात्र पो छन्। सेना समायोजनको कुरा चलेको बेला खुबै काउन्सिलिङ गर्दा पनि लगभग १३ सय मात्र गए। साँच्चैका लडाकु त्यति मात्र रहेछन्, जो सेनामा समायोजन हुन गए। नभएका मान्छे छन् भनेर १९ हजारको जुन रकम लिइयो। नभए पनि २४ हजार छन् भनेर रकम लिइयो। नभए पनि ३१ हजार छन् भनेर रकम लिइयो।

भोका जनताले तिरेको करबाट लुट गरियो। माओवादीले यसरी लुट्न पाउँछ भन्ने हो भने मेरो केही छैन। तर, यस्तो गर्नु उचित हो ? नैतिक हो ? स्वच्छ र लोकतान्त्रिक तरिका हो ? जनता र देशप्रति उत्तरदायी तरिका हो ? मैले कुरा उठाएको हुँ। यसमा छानबिन हुनु पर्दैन ? ठूला गफ गरेर हिँड्ने ?

तपाईंको नेतृत्वमा रहेको सरकारले ललिता निवास प्रकरणमा समिति बनायो। यति ठूलो क्यान्टोन्मेन्टको विषयमा किन बनाउनुभएन ?

क्याबिनेटमा मैले निर्णय गर्न सक्ने अवस्था नै थिएन। पार्टीमै निर्णय गर्न सक्ने अवस्था थिएन। प्रधानमन्त्री म थिएँ। पार्टीचाहिँ क्यान्टोन्मेन्टवालाको जस्तो थियो।

जे होस् हामी यो कुरामा ढुक्क हुन सक्छौं कि, भविष्यमा क्यान्टोन्मेन्टको विषय राष्ट्रको ठूलो छानबिनको एजेन्डा बन्छ ?

हेरौं, राष्ट्रले के भन्छ ! जनमतले के भन्छ ? जनमत कस्तो हुन्छ ? अहिलेसम्म माओवादीले जेसुकै गर्दा पनि राम्रो भइराखेको छ। अचम्मको कुरो के हो भने, अहिले नेपालमा माओवादीको परिभाषामा अरूले पनि लगभग मौन सहमति गर्दै गएका छन्। सबैभन्दा राम्रो पार्टी माओवादी हो, किनभने उसले उपद्रो मच्चायो। खुलेआम लुटपाट गर्‍यो। ८८ वटा त बैंक नै डकैती गरेको हो। सुई लगाएर रगत तानेजसरी मान्छेको सम्पत्ति तान्ने काम गरेकै हो माओवादीले।

  •  प्रधानमन्त्रीको तहबाट क्षमायाचना गरिसकेपछि राजीनामै चाहिन्छ. . . चाहिन्छ भनेर बसिरहन राम्रो हुँदैनथ्यो। 
  • अदालत, प्रहरी, प्रशासनमाथि आतंकको तरबार झुन्ड्याएर शासन गर्ने तरिका गलत हो। त्यही उहाँहरूले अहिले पनि गरिरहनुभएको छ।
  • खुलस्त। (अग्नि सापकोटाले) खुलस्त काम गर्नुभएको हो। उहाँ सभामुख हुनुभएन। माओवादी कार्यकर्ता बन्नुभयो। 
  • भ्रष्टाचारका फाइलहरू खोल्नु पोलिटिकल स्टन्ट हुन्। कारबाही गर्न होइन, मान्छे तर्साउन, विरोधी हच्काउन गरिएको हो। 
  • क्यान्टोन्मेन्टमा ५–७ हजार थिए। लडाकु करिब १३ सय, जो समायोजन भए। तर, ३१ हजार जनासम्मका नाममा सुविधा लिइयो, खाइयो। भोका जनताले तिरेको करबाट लुट गरियो। यसमा छानबिन हुनु पर्दैन ?
  • मैले क्यान्टोन्मेन्टको छानबिन गराउन सक्ने अवस्थै थिएन। पार्टीमै निर्णय गर्न सक्ने अवस्था थिएन। प्रधानमन्त्री म थिएँ, पार्टीचाहिँ क्यान्टोन्मेन्टवालाको जस्तो थियो। 

हरेकका नसामा निडल, पाखुरामा पाइप लगाएर रगत तानेकै हो। त्यो माओवादीको सबैभन्दा परमभक्त हनुमान अहिले नेपाली कांग्रेस हो। शेरबहादुर देउवाजी हो। कांग्रेसले माओवादीको प्रसंशामा जुन काम गरिरहेको छ, एक्लैले गर्ने कुरा हुँदैन। तर, सबै भ्रष्टाचारको छानबिन हुनुपर्छ। देशमा स्वच्छता कायम हुनुपर्छ। null

त्यही माओवादीलाई तपाईंले पनि प्रधानमन्त्री बनाउनुभयो, त्योचाहिँ के हो ?

राजनीतिको कोर्स करेक्सन गरेको मात्रै हो। तर, अरूले वामपन्थी ठाने पनि माओवादीले म के हुँ भन्ने बुझेको छ। अरूले यहीँको राजनीतिक शक्ति हो है भने पनि कहाँ जन्मेको ? कहाँबाट चलेको ? के भएको ? यसको स्वीच कहाँ छ ? कहाँबाट अन र अफ हुन्छ उसलाई थाहा छ। त्यसैले हामीसँग सहकार्य गर्न उसलाई सहज छँदै थिएन। त्यसकारण भोलिपल्टैबाट उसले आफ्नो बाटो तताउन थाल्यो।

तपाईंले नै पहिला एमालेमा ७० वर्षे हद बनाउनुभयो। अहिले यो हद हटेको छ, त्यसको कारण के हुनसक्छ ?
उपयुक्त देखिएन, हटाइयो। सिद्धिएन ? थप छलफल गर्नुपर्छ र ? दुनियाँमा कहीँ नभएको यसो उपयोगी हुन्छ कि भनेर राखेका थियौं, उपयुक्त देखिएन हटायौं। सिद्धियो। फिनिस।

यसलाई लिएर बाहिरतिर तपाईंले नेतृत्वमा बसिरहने इच्छा गरेको भनिन्छ, के यो सत्य होइन ?

एमाले बिनाको नेपाल र केपी ओलीबिनाको एमाले भन्नेहरू त छँदैछन्। यसै भनेर चिढ्याउने बढ्दै गए भने मैले १०२ वर्षको उमेरसम्म नेतृत्व गर्नै पर्छ।

नचिढ्याउने हो भने म पहिलैदेखि प्रमुख नेतृत्वबाट बाहिर निस्कन खोजिरहेको मान्छे हुँ। कसैलाई एमालेमा केपी ओलीको नेतृत्व नभए हामीलाई सजिलो हुन्थ्यो भन्ने लागिरहेको भए, त्यो अलग कुरा हो। त्यो ७० वर्ष मैले नै ल्याएको हो। अनि हटाएको पनि मैले नै हो। त्यो कुन परिस्थितिमा कसरी हट्यो भन्ने पनि थाहा छ। 

अर्को प्रसंग। पछिल्लो चुनावी परिणाम हेर्दा रास्वपाको प्रभाव र आकार बढ्दै गएको देखिएको छ। स्थापित दलहरूलाई नयाँ दल वा व्यक्तिबाट चुनौती देख्नुभएको छैन ?

हामीलाई चुनौती के हुन्छ र ?

सिट तानिदिन्छन् नि !

अलिअलि सिट तान्लान्। उनीहरू नयाँ हुन्। अहिले प्रदेशमा उनीहरूको पार्टी नै छैन। प्रदेश कमिटी बनाउलान्। बिस्तार भयो भन्ने देखिन्छ। यसर्थ, धेरै ठूलो कुराका रूपमा यसलाई लिनुहुँदैन। अर्को कुरा उनीहरूले क्षेत्रीय, जातीय कुरा गरेका छैनन्। साम्प्रदायीकता भड्काउने कुरा गरेका छैनन्।

जानीनजानी राजनीतिक कुरै गरेका छन्। विद्वेष भड्काउने कुरा गरेका छैनन्। बरु उनीहरूले पुराना नेतालाई गाली गरेका छन्। उनीहरूसँग केही कुरै त छैन। के गरून् ? केही गरेको भए पो यो गर्‍यौं भन्नु। देखाउने इतिहास केही छैन। आर्टिफिसियल इन्टेलिजेन्सको सहयोग लिएर बनाएको प्रस्तावनाबाट देशविकास कत्तिको सम्भव होला र ?

एमालेले मिसन ग्रास रुट चलायो। नेताहरू गाउँ–गाउँ खटाइए। तर, सदस्यता नवीकरण खुम्चिएको रिपोर्ट आयो, कसरी ?

२०८४ को चुनावको परिणाममा विश्लेषण गरेर कुरा गरौंला। नेकपा एमालेको कम्तीमा नवीकृत भएको छ। अरूको न पुरानीकृत भएको छ, न नवीकृत।

भित्रभित्रै वैकल्पिक सरकारको गृहकार्य भइरहेको चर्चा छ। एमाले र कांग्रेसको सत्तासमीकरण सम्भव छ ?

तत्काल सम्भव छैन। वैकल्पिक सरकारको आवश्यकता भने छ। तर, एमाले सरकारमा जान हतारिएको छैन। अर्को गठबन्धन पनि एमालेले बनाउँदैन। हामी २०८४ को आमनिर्वाचनको प्रतिक्षामा छौं। त्यसबाट बहुमतको सरकार बनाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्य पूरा गर्न एमाले आतुर छ।

तपाईंहरू शीर्ष ३ नेता बैठकमा बस्नुहुन्छ। ती बसाइमा जनतामा सेवा प्रवाहका विषयमा कुरा हुन्छ कि हुँदैन ? जस्तो किसानले मल नपाएको विषय, पासपोर्ट बनाउने सकस, सडकको दुर्दशा आदि। 

अवश्य। मैले उठाउने कुरै त्यही हो। मैले देश, जनता र राष्ट्रियताका कुरा उठाउँछु। सुशासनका कुरा उठाउँछु। जताले भोगिरहेका समस्या र तिनका समाधानका विषय उठाउँछु। सरकारले लिनुपर्ने नीति र चाल्नुपर्ने कदमबारे कुरा उठाउँछु। तर, मैले यसो–यसो भनें भनेर दिनैपिच्छे बाहिर आएर भन्ने कुरा हुँदैन। 

तपाईंले उठाएपछि कार्यान्वयन पनि जोड दिनु पर्‍यो नि !

पर्‍यो नि ! नगरेपछि के गर्ने ! हामीलाई जनताले भोट दिएर गठबन्धन बनाएर सरकार चलाऊ भनेको छ भन्छन्। विकास गर्ने भनेको छैन अरे जनताले, के गर्ने ?

पछिल्लो समय अखण्ड अनि ग्रेटर नेपाल, ग्रेटर भारतजस्ता विषय प्रतिस्पर्धाका रूपमा उठिरहेका छन्। काठमाडौंका मेयर बालेन्द्र साहले त कार्यकक्षमै त्यस्तो नक्सा राखेका छन्। यो विषयलाई कसरी हेर्नुभएको छ ?

अखण्ड भारत थियो कहिले ? कुन युगमा ? बरु अहिले भारत जो छ, त्यो अखण्ड रहनुपर्छ भन्ने जायज कुरा हो। त्यस्तै, नेपालको भूभाग केलाई मान्ने ? राष्ट्र बढ्ने, खुम्चिने क्रमबाट निश्चित समयमा पुगेको बिन्दुमा हामी छौं। संयुक्त राष्ट्रसंघ बनेपछि त्यहाँ प्रस्तुत गरिएका नक्सा, ती नक्सा बन्ने आधारले राज्यहरूका सीमालाई निश्चित गरेका छन्। 

null

भारतका हकमा सुगौली सन्धि र त्यसलाई संशोधन गर्न भएका सम्झौताहरू र चीनका सबालमा १६ सालतिरका सम्झौताले नै नेपालको वर्तमान सीमा तय गर्छन्। अरू सेन्टिमेन्टका कुरा गरेर, तनाव बढाएर, असम्भव कुरा गरेर हुँदैन। कहिले तिब्बतसम्म पुगेका थियौं होला, कहिले तल गंगासम्म पुगेका थियौं होला। त्यसो भन्नु अलि उचित हुँदैन। बनाउन त दक्षिण एसियालाई नै नेपाल बनाउन पाए राम्रो हुन्थ्यो नि !

वर्तमान सरकारले परराष्ट्र सम्बन्ध कत्तिको सन्तुलित राख्न सकेको छ भन्ने लाग्छ ?

बिलकुल सकेको छैन। असन्तुलित छ। यो ‘कम्फरटेबल’ छ। 

यो सरकार बन्दा–भत्किँदा बाहिरको हात हुन्छ भनिन्छ, खास के हो ?
प्रचण्डले भन्नुभयो भर्खरै। मलाई सरकार बनाउन फलाना धेरैपल्ट दिल्ली जानुभयो, कोसिस गर्नुभयो भन्नुभएको थियो। उहाँको अनुभव सुनाउनुभयो। हाम्रो अनुभव केही छैन।

 

Post a Comment

0 Comments