चर्चा हराएको स्ववियु निर्वाचन

काठमाडौं : आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हँुदै छ। लामो समयपछि देशभरका ४ सय क्याम्पसमा एकैचोटि स्ववियु निर्वाचन हुन लागेको हो। नेतृत्व उत्पादन गर्ने थलोमा रूपमा लिइने स्ववियु निर्वाचनको पछिल्लो समय आकर्षण घट्दै गएको छ। धेरैजसो क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुँदै छ। दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियुको निर्वाचन विगतमा मिनि आम निर्वाचनका रूपमा हेरिने गरेको थियो। राजनीतिक दलले स्ववियु निर्वाचनमा त्यसरी शक्ति लगाउने गरेका थिए। तर, यसपटक भने स्ववियु निर्वाचनमा पार्टीका भ्रातृसंगठनहरू मात्रै लागेका छन् । तर, आमरूपमा यसको खासै चार्म र आकर्षण देखिएको छैन।
स्ववियु निर्वाचनमा विशेषत नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, एमालेको निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बीच तीव्र प्रतिस्पर्धा देखिएको छ। स्ववियु निर्वाचनमा एकीकृत समाजवादी निकट अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, सुधारवादी विद्यार्थी संघ, अनेरास्ववियु (छैटांै), स्वतन्त्र विद्यार्थी (त्रिवि), अखिल (क्रान्तिकारी) बहुमत, मधेसवादी विद्यार्थी संगठन पनि चुनावी मैदानमा छन्।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तत्कालीन स्ववियु सभापति गुरुराज घिमिरे विद्यार्थी आन्दोलन नै दिशाविहीन भएको बेला स्ववियु निर्वाचन हुन भइरहेको टिप्पणी गर्छन्। ‘विद्यार्थी आन्दोलन के लागि ? यसको मूलभूत चरित्र कस्तो हुनपर्छ, के भइरहेको छ, यसको सुरुवात कसरी भएको थियो तर अहिले कुन बाटो हिँड्दै छ, प्रश्न उठेको विषय नै यो हो,’ उनले टिप्पणी गरे ।

विशेष राजनीतिक परिस्थितिमा जनाधिकारका लागि र सामुदायिक हितका लागि यो विद्यार्थी आन्दोलनको सुरुवात र उत्पति भएको उनको भनाइ छ। यसले राजनीतिक परिवर्तन र विद्यार्थीका हकहितलाई स्थापित गराउनेदेखि शैक्षिक मुद्दामा ठूलो योगदान गरेको उनको तर्क छ।
‘पछिल्लो समय राजनीतिक परिस्थिति पनि विषम हुँदै गयो, यसको असरचाहिँ सिधै विद्यार्थी आन्दोलनमा प¥यो,’ उनले भने। विद्यार्थी आन्दोलनका नेताहरूले यसको अस्मिता, प्रतिष्ठा, उद्देश्य र लक्ष्य तथा कर्तव्य र दायित्व केन्द्रमा राखेर काम गर्न नसकेको उनको ठहर छ। विद्यार्थी आन्दोलनको गरिमालाई पनि विद्यार्थी नेतृत्वले जोगाउन नसकेको उनी बताउँछन्। ‘यो आफ्नो मार्गबाट डिरेल, च्युत हुँदै गयो, स्वतन्त्र विद्यार्थी युनियन र नेपालको विद्यार्थी आन्दोलन महत्व एकदमै कमजोर भएर गयो’, उनले भने। स्ववियु निर्वाचनको ‘चार्म’ बढ्ने सम्भावना पनि नभएको उनले बताए। ‘स्ववियु निर्वाचनको आकर्षण नै छैन, यो हाँसोन्मुख छ, यो बडा चिन्ताजनक अवस्थामा छ। यो आन्दोलन अघि बढ्ने कि विसर्जन हुने दोसाँधमा छ। यो ऐतिहासिक मोडमा उभिएको छ।’
उनले विद्यार्थी आन्दोलन भनेको विद्यार्थीको हकहितमा केन्द्रित हुनुपर्ने बताए। ‘जनअधिकारमा प्रश्न उठ्यो, कसैले अपहरण गर्न खोज्यो भने, मुलुकको समसामयिक राजनीतिले गलत बाटो समात्यो भने त्यतातिर ध्यानदिने हो, किनभने विद्यार्थी भनेको सचेत वर्ग हो,’ घिमिरेले भने, ‘यसको मुल दायित्व र धर्म भनेको विद्यार्थीको नेतृत्व विकास, उसको शैक्षिक उननयन, शिक्षण संस्थाको प्रतिष्ठा र मुलुकका लागि आवश्यक र अन्तर्राष्ट्रिय जगतको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने यसको भूमिका हुनुपर्छ।’
उनले पछिल्लो समयमा प्रतिस्पर्धा नै स्वार्थ केन्द्रित रहेको बताए। ‘प्राथमिकता नै बदलियो, स्ववियु किन जित्नेभन्दा, यस्तो स्वार्थ केन्द्रित छ कि मैले सार्वजनिक चर्चासमेत गर्न सक्दिन’, उनले भने, ‘लक्ष्य त छँदै छैन, तत्कालको प्राप्तमा केन्द्रित भयो। एउटा त चुनाव जित्नु प्रतिष्ठा भयो, प्रतिष्ठा तुष्टि गर्ने, प्रतिष्ठा आर्जन गर्ने, तपशिलका विषयलाई प्राथमिकतामा राख्यौं।’
विद्यार्थी आन्दोलनको कोर्स नै करेक्सन गर्ने बेला भएको उनको ठहर छ। ‘पूरै कोर्स नै करेक्सन गरिएन भने, विद्यार्थी आन्दोलन औचित्वमा नै समाप्त हुँदै जान्छ,’ उनले भने।
रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका पूर्व स्ववियु सभापति दामोदर अर्यालले विद्यार्थी आन्दोलन विगत जस्तो नरहेको बताए। विगतमा राजनीतिक दलहरूले क्याम्पसलाई राजनीतिक थलो बनाउने गरेको स्मरण पनि उनले गरे। ‘पहिलो राजीतिक दलहरूको खेल्ने स्थाननै क्याम्पस हुन्थ्यो। बाहिर उनीहरूले गतिविधि नै गर्न पाउँदैन थिए, अहिले स्थानीय तह, संसद् जताततै खेल्ने ठाउँ छन्, त्यसैले पनि महत्व घटेको हो,’ उनले भने। पार्टीहरूको तागतदेखि नेता उत्पादन थलो नै क्याम्पस भएकोले विगतमा स्ववियु निर्वाचनको महत्व धेरै रहेको उनको ठम्याइ छ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसका पूर्वसभापति रश्मी आचार्य स्ववियुको नियमित निर्वाचन नहुनु पनि आजको अराजकता कारण भएको टिप्पणी गर्छन्। ‘पोखराको पीएनमा क्याम्पस लगायतका धेरै क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुँदैछ, निर्वाचन नहुँदा स्ववियुको महत्व नै थाहा पाएनन्, जसले गर्दा उनीहरूका राजनीतिक सचेतनाको कमी भयो र साइड इफेक्टका रूपमा अराजनीतिक प्रवृत्ति हाबी भयो,’ उनले भने, ‘त्यसको परिणाम नै युवा विद्यार्थीमा राजनीति प्रतिवितृष्णा भएको हो।’ स्ववियु निर्वाचन नहुँदा लोकतन्त्रप्रतिको आवाज नै कमजोर भएको उनको तर्क छ। ‘स्ववियुले विद्यार्थीमा लोकतन्त्रिक संस्कारको विकास गरेको थियो, राजनीतिक सचेतना जगाएको थियो, लिडरसिप उत्पादन गरेको थियो,’ उनले भने। यो बीचमा क्याम्पस प्रशासन, त्रिवि प्रशासन लगायतको कमजोरीका साथै प्रणालीमा विमति राखेर र हारिन्छ भन्ने मानसिकताका कारण समयमा निर्वाचन हुन नसकेको उनको भनाइ छ।
विद्यार्थी आन्दोलनका सकारात्मक पक्षलाई भन्दा नकारात्मक पक्ष बढी प्रचार गर्दा पनि समस्या भएको उनको टिप्पणी छ। ‘स्ववियुको राम्रो कुरालाई भन्दा नराम्रो कुरालाई बढी प्रचार गरियो र राम्रो कुरा ओझेल प¥यो,’ उनले भने।
ठूला क्याम्पसमा तीव्र प्रतिस्पर्धा
विवादका कारण हुन नसकेका बाहेकमा ठूला आंगिक क्याम्पसमा विद्यार्थी संगठनका बीचमा प्रतिस्पर्धा रहेको छ। विशेषत नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिक्रारी) बीच नै प्रतिस्पर्धा हुने देखिएको छ। नेपालकै ठूलो क्याम्पसका रूपमा रहेको पोखराको पृथ्वीनारायण क्याम्पस, काठमाडौं अमृत साइन्स क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पुलचोकमा चुनाव हँुदै छ। त्यस्तै थापाथली इन्जिनियरिङ क्याम्पस, त्रिभुवन शिक्षण अस्पताल (आईओएम) महाराजगन्ज, महेन्द्र बहुमुखी क्याम्पस इलाम, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङ, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, जनप्रशासन क्याम्पस काठमाडौं, मिनभवन क्याम्पस लगायतका क्याम्पसमा निर्वाचन हुनेछ।
नेविसंघ कै दुई गुटको विवादले धेरै क्याम्पसमा स्थगन
कांग्रेसमा संस्थापन पक्ष र डा. शेखर कोइराला पक्ष छ। दुई पक्षको प्रभाव स्ववियु निर्वाचनमा पनि देखिएको छ। त्रिभुवन विश्वविद्यालय र महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस लगायतका दुई समूहबीचको विवादले निर्वाचन नै प्रभावित भएको छ। विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहको उम्मेदवारीका कारण विवाद भएको समिति सदस्यहरूको दाबी छ।
नेविसंघबाट अनोज कार्की र दीपकराज जोशीले अध्यक्षका लागि उम्मेदवारी दिएका थिए। २७ फागुनमा उम्मेदवारी दर्ता गरेका दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेका छन्। त्रिविका स्ववियु सभापति श्यामराज ओझा पनि कार्कीको पक्षमा छन्। नेविसंघले पनि आधिकारिक उम्मेदवार जोशी नै रहेको स्पष्ट पारेको छ।
महेन्द्र मोरङमा नेविसंघकै कारण पनि लफडा भएको छ। संस्थापन पक्षबाट प्रज्वल विष्ट र डा. शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका छन्। जसमा एक समूहलाई निर्वाचन कार्यालयले संस्थापन पक्षका विष्ट आधिकारिकता दिएको कोइराला पक्षका दाहाल समूहले निर्वाचन कार्यालयमा नै तोडफोड र आगजनी गरेका थिए । निर्वाचन अधिकृतको कार्यकक्ष तोडफोड गर्ने क्रममा स्ववियु सभापति जशवन्त पौडेलसहित ६ जना पक्राउ पनि परे। देशभरकै धेरै क्याम्पसमा निर्वाचन रोकिएका छन्। ती सबैमा नेविसंघका दुई गुटबीचको लफडाको कारणले हो।
पद्म कन्या क्याम्पसमा नेविसंघमा दुई पक्षबाट उम्मेदवारी परेको छ। नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार बनेकी छन् भने भूपी एैरले स्वतन्त्र प्यानल बनाएकी छन्। परियारलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षको समर्थन छ भने स्वतन्त्र उम्मेदवारी दिएकी एैरलाई महामन्त्री गगन थापा पक्षकी हुन्।
नेविसंघका दुजाङ शेर्पाले भने भूपीलाई उम्मेदवारी बनाउने पत्र दिएका थिए। तर, दाबी विरोधको समय सकिएको कारण गर्दा परियार नै आधिकारिक उम्मेदवार भएकी छन्। यहाँ पनि आज निर्वाचन नहुने भएको छ। त्रिवि अन्तर्गतका डेढ दर्जन आंगिक क्याम्पसमा भने तोकिएको मितिमा स्ववियु निर्वाचन नहुने भएको छ। मूलतः नेविसंघको गुटगत लडाइका कारण धेरै आंगिक क्यापसमा निर्वाचन रोकिएको हो।
देशभर ६२ वटा आंगिक क्याम्पस छन्। जसमा उपत्यकाभित्रका ८ र उपत्यका बाहिरका ९ वटा आंगिक क्याम्पसमा आज निर्वाचन हुने छैन। त्रिभुवन विश्वविद्यालयअन्तर्गत क्याम्पस कीर्तिपुर, पद्मकन्या क्याम्पस बागबजार, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस बागबजार, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस घण्टाघर र सरस्वती क्याम्पस ठमेलमा आज निर्वाचन नहुने भएको छ।
नेपाल ल र विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारी तथा अन्य क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको त्रिविले जनाएको छ। त्यस्तै उपत्यका बाहिरका सिद्धनाथ क्याम्पस कैलाली, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा पनि निर्वाचन रोकिएको छ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले निर्वाचन हुन नदिएर स्ववियुको इतिहासलाई कमजोर बनाउन नेविसंघ लागेको बताए । नेविसंघको तालाबन्दीका कारण धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको उनको आरोप छ। उनले नेविसंघले आफ्नो संगठनलाई एकढिक्का बनाउन नसक्नु कमजोरी रहेको उनले बताए। ‘विद्यार्थी आन्दोलनलाई नयाँ इराबाट लानुपर्ने यो बेला हो तर नेविसंघभित्र विवादले स्ववियुको इतिहास र अस्तिस्वमा प्रश्न खडा गरिदिएको छ,’ उनले भने।
नेविसंघका प्रवक्ता सुरज सेजवालले संगठनले कुनै पनि क्याम्पस तालाबन्दी गर्न निर्देशन नदिएको स्पष्ट पारे। उनले तालबन्दी गर्न आचारसंहिताले नदिने बताए। स्थानीय स्तरबाट उब्जिएका समस्याका कारण कतिपय क्याम्पसमा तालाबन्दी भएको उनको भनाइ छ।
नेविसंघले पूर्वअध्यक्ष किशोरसिंह राठौरको नेतृत्वमा समस्या समाधानका लागि बाधा अड्काउ फुकाउने सम्मको जिम्मेवारी दिएको छ। प्रवक्ता सेजवालका अनुसार विवाद समाधानका केन्द्रीय कार्यसमिति पनि लागेको छ। पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा विद्यार्थी निर्वाचनका लागि सक्रिय छन्। तर, नेविसंघ भित्रको गुटउपगुट र नेताको स्वार्थका कारणले कतिपय स्थानमा समस्या आएको छ।
उम्मेदवार छनौटमा जटिलता, आन्तरिक ढिलासुस्त, संगठनमा आबद्ध विद्यार्थीलाई प्रशिक्षित गर्न नसक्नुदेखि क्याम्पस प्रशासन अन्तर्गतका निर्वाचन समितिको निष्पक्षता लगायतका कारण पनि कतिपय क्याम्पसमा समस्या आएको उनको जिकिर छ। उनका अनुसार देशभर हेर्दा नेविसंघले मात्रै नभएर अखिल (क्रान्तिकारी), विप्लब, स्वतन्त्र समूह लगायतले क्याम्पसमा तालाबन्दी गरेका कारण निर्वाचन प्रभावित भएको छ। उनले नेविसंघको स्ववियु निर्वाचन रोक्ने कुनै मनसाय नभएको र योजना पनि नभएको स्पष्ट पारे।
नेविसंघका पूर्वसभापति पनि रहेका घिमिरेले समृद्ध मुलुकमा गुट उपगुट हुने कुरालाई भने स्वाभाविक रहेको बताए। ‘सिद्धान्त एउटै भए पनि विचार, कार्यशैली, यो नीति कि त्यो नीति लिने भन्ने विषयमा मतभेद हुन्छ, त्योचाहिँ स्वाभाविक नै हो। कहिलेकाहीँ कार्य विधिमा विवाद हुन्छ, काम गर्ने तौरतरिकामा विवाद हुन्छ, कतिपय कुरामा आधारभूत कुरामा विवाद नभए पनि उद्देश्य केन्द्रित भएर अगाडि बढाउने क्रममा मत मतान्तर हुन्छ। जसजसको मतमतै मिल्छ उनीहरूले समूह निर्माण गर्छन्।
कोही यथास्थितिमा रमाउन खोज्छ, कोही सुधार गर्नुपर्छ भन्छ, कोही रेडिकल चेन्ज चाहिन्छ भन्छ, बुझाइमा मतभेद हुन्छ, यही आधारमा गुटउपगुट बन्छन्, गुटबन्नुलाई अन्यथा मान्नु हँुदैन। तर, यी गुटबीच सम्बन्ध कस्तो हुन्छ, प्रतिस्पर्धा स्वस्थ र मैत्रीपूर्ण हुन्छ कि हुँदैन भन्ने कुराचाहिँ मुख्य कुरा हो’, उनले भने।
स्ववियु निर्वाचनमा गठनबन्धनका विभिन्न स्वरूप देखिएका छन्। सत्तारुढ कांग्रेस निकट नेविसंघ र एमाले निकट अखिलमात्रै होइन एमाले र माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी निकटमा विद्यार्थी संगठनका बीचमा पनि गठबन्धन गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको पानी बाराबारको अवस्था छ। एकअर्का देखे भने उनीहरू फाँफाँ र फूँफूँ गर्छन् तर स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियु पनि कतिपय क्याम्पसमा मिलेर लडेका छन्। संघीय राजधानीको प्रमुख क्याम्पस रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववीयु मिलेर लडेका छन्।
नेतृत्व उत्पादन थलो
नेपालको राजनीतिको शीर्षस्थानमा स्ववियु सभापति भइसकेका व्यक्तिको उपस्थिति उल्लेख्य छ। बौद्धिक व्यक्तित्वको उत्पादन पनि स्ववियुले गरेका छ। विगतमा स्ववियु नेतृत्व उत्पादन थलो नै थियो। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नै पूर्वस्ववियुको नेतृत्वमा पुगेका व्यक्ति हुन्।
एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, एमाले सचिव योगेश भट्टराई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमन्त्री पदम गिरी, लेखक झलक सुवेदी, मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान, पोखराका मेयर धनराज आचार्य, पूर्वउपकुलपति नवीनराज जोशी लगायतका धेरै नेताले स्ववियुको नेतृत्व गरिसकेका छन्।
पीएनका पूर्वसभापति आचार्य विगतमा नेतृत्व उत्पादन गर्ने, शैक्षिक मुद्दा स्थापित गर्नेदेखि लोकतन्त्रको जग बलियो बनाउने लगायत महत्वपूर्ण थलो नै स्ववियु रहेको बताउँछन्।
करिब १०० क्याम्पसमा निर्विरोध
देशभरका करिब १ सय क्याम्पसमा निर्विरोध भएको छ। जस एमाले निकट अनेरास्विवियुले सबैभन्दा धेरै ४० स्थानमा निर्विरोध भएको छ। त्यसपछि नेविसंघ ३१, अखिल क्रान्तिकारी २४ स्थानमा निर्विरोध भएको छ।
निर्वाचन: प्रत्यक्ष र समानुपातिक दुवैबाट
स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र तीन सदस्यका लागि प्रत्यक्ष निर्वाचन हुन्छ। पाँच जना समानुपातिक सदस्य मध्येबाट एक उपाध्यक्ष, एक सहायक सचिव र ३ सदस्य चुनिने छन्।
पहिला
१. विद्यार्थी संख्या धेरै थियो।
२. विद्यार्थीमा स्ववियुप्रतिको आकर्षण थियो।
३. नियमित २÷२ वर्षमा निर्वाचन हुन्थ्यो।
४. नियमित निर्वाचन हुँदा विद्यार्थीमा त्यही किसिमको ऊर्जा पनि थियो।
५. नेतृत्व उत्पादन थलो पनि थियो ः जस्तै वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ स्ववियुकै उत्पादन
६. सघर्षको अग्रमोर्चामा विद्यार्थी ः पञ्चायतविरुद्ध संघर्ष, लोकतन्त्र, गणतन्त्रको पक्षमा जनआन्दोलनदेखि नमुना गणतन्त्रको निर्वाचन।
७. विद्यार्थीको नेतृत्व विकास, शैक्षिक मुद्दामा उत्तिाकै केन्द्रित
८. शैक्षिक उननयन, शिक्षण संस्थाको प्रतिष्ठा र मुलुकको लागि आवश्यक र अन्तर्राष्ट्रिय जगतको आवश्यकताको आधारमा जनशत्तिाm उत्पादन गर्न महत्वपूर्ण योगदान।
९. राजनीतिक सचेतना
१०. लोकतन्त्र प्रतिआवाज सशक्त
अहिले
१. विद्यार्थीको संख्या नै कम
२. स्ववियुप्रतिको आकर्षणमा कमी
३. निर्वाचन अनियमित
(धेरै क्याम्पसमा १६ वर्षपछि हुँदैछ स्ववियु निर्वाचन)
४. स्वार्थ केन्द्रित
५. उद्देश्य, लक्ष्यविहीन
६. राजनीतिक सचेतनामा कमी
७. अराजनीतिक प्रवृत्तिा हाबी
८. राजनीतिकप्रति नै विकृत पैदा
९. युवामा लोकतन्त्रप्रति निराशा
१०. विद्यार्थी आन्दोलनको औचित्वमाथि नै प्रश्न

१०. विद्यार्थी आन्दोलनको औचित्वमाथि नै प्रश्नhttps://www.annapurnapost.com/story/475114/
0 Comments